ओलीको काम त राम्रो तर क्यानडा सरकारसित मुख नखोल्ने ?

1126095-proxy-1466437624-246-640x480

काबुलमा एकै थलोमा एक दर्जन नेपालीको ज्यान गयो । यस अघि ईराकमापनि त्यसैगरि नेपाली मारिए । यसरि नेपालीहरु मारिने क्रम निकै पहिलेदेखि चलिरहेको छ । सरकारले श्रम नियमपनि पालना नगरि नेपालीहरुलाई युद्द चलिरहेका मुलुकमा पठाउँथ्यो, जान दिन्थ्यो । कामको खोजिमा भौंतारिने नेपाली मारिन्थे । मारिने नेपालीको नाममा शोक दिएर सरकार पन्छिन्थ्यो । तर प्रधानमन्त्री केपी ओलीले तत्कालै बढि संवेदना देखाएर आफ्नै देशको राष्ट्रिय विमान तिनका लास लिन पठाए । तिनको लास घरघरै लगिदिने ब्यवस्था गरे । २०४६ साल पछि बनेका प्रधानमन्त्री मध्ये ओली सबैभन्दा संवेदनशिल र जिम्मेवार देखिएकै हुन् । तर क्यानडा सरकारले मारिने नेपालीमाथि अत्याचार गरेको छ । सरकारले त्यसै छोड्न मिल्छ ?

अफ्गानिस्तान युद्द चलिरहेको मुलुक हो । धेरै पटक आक्रमण भएका छन् । त्यहाँ लाखौंको ज्यान गैसकेको छ । यस्तो क्षेत्रमा नेपालीलाई कामकालागि सरकारले प्रतिबन्ध गर्नुपर्ने थियो । यदि सरकार संवेदनशिल बन्थ्यो भने । तर छैन । सरकार आफ्ना नागरिकको सुरक्षा भन्दा देशभन्दा बाहिर लखेट्नै उद्दत देखिन्छ । मानव तस्कर र बैदेशिक रोजगारका कमिशन खोरहरुले सोझासाझा नेपालीलाई युद्द भैरहेका देशमा अनेक प्रलोभन दिएर, गलत सूचना दिएरपनि लोभ्याउँछन् । सरकारी शंयन्त्रकै मिलोमतोमापनि ति त्यस्ता मुलुक पुग्छन् । नेपाली दुतावासहरुपनि यसमा रमिते बनेका छन् । काबुलमा मारिने नेपालेका मामिलामापनि सरकार उदाशिन देखिएको छ ।

अफ्गानिस्तानको क्यानडाली दुतावासभित्र बंकरमा हतियार सहित बस्ने ति नेपालीको सुरक्षामा क्यानडाको सरकारले किन चासो दिएन ? आफ्नो दूतावासभित्र चाहिँ बंकरमा हतियारसहित राख्ने । तिनको सुरक्षा नेपालीले गरिदिनुपर्ने । तर बाहिर चाहिँ ति नेपालीको सुरक्षा क्यानडा सरकारले नगर्ने । यो कसरि हुन सक्छ ?

दुतावासको सुरक्षाकालागि अत्याधुनिक हतियार बोकेर ड्युटी गर्ने नेपालीको सुरक्षा क्यानडाको सरकारको जिम्मेवारी हो । तिनलाई सार्वजनिक बसमा चढ्न बाध्य नपारी सुरक्षासहित हिँडाल्नुपर्थ्यो । तर कमजोर मुलुकका नागरिक ठानेर क्यानडा सरकारले सिधा हेल्चेक्र्याई गरेको छ । निर्धा नेपालीले के गर्न सक्छन् भन्ने मनशायले क्यानडा सरकारले नेपालीको सुरक्षामा गम्भिर गल्ति गरेको छ । नेपाल सरकारले यसबारेमा केहि बोलेको छैन अहिलेसम्म । क्यानडा सरकारसित यसबारेमा नेपाल सरकारले चासो राखोस् । त्यसको जिम्मेवारी क्यानडा सरकारलाई लिन लगाओस र त्यसरि असुरक्षित तरिकाले काम गर्न पठाउने एजेन्ट र बैदेशिक रोजगारका अधिकारीहरुमाथि कारवाही गरोस् ।

तपाइँको प्रतिक्रिया