तिन पार्टी हेरेर आफै दिनुस भोट
चुनावको सरगर्मी धपक्कै बल्दा राजनीतिक दल त तिनका उम्मेदवारहरुको मात्रै होइन दरबारीया चुनाव भडुवा र दंगावादीहरुको खेलपनि बढेको छ। हुनत चुनाव अब नहोला भन्ने आशकामात्रै गरेपनि अनेक शब्दका जजालमा घेरिएर राष्ट्र बिरोधी आरोप लाग्छ। त्यसो त, चुनाव अब हुनेनै भयो। तर अब बहुमत कसको आउला त? कुन दल छ त्यस्तो जनताले प्राण ल्यागेर हामीलाई यो पार्टी नभैहुन्न भन्न लायकको ?
हुन त मानिसहरु चीनी धेरै खायो भने तितो हुन्छ भन्छन तर वास्तवमा चीनी जति खाएपनि गुलियोनै हुन्छ। कसैलाई तितो लाग्ला। तर लाग्नु र वास्तबिकता फरक कुरा हुन। अहिले खासगरि नेकपा एमाले, नेकपा माओवादी र नेपाली कांग्रेस तिनै ठुला दलले एकलौटी बहुमत ल्याउने दाबी गरेका छन। तर चीनीको कथाजस्तै वास्तबिकता के हो भने यि कुनैपनि दलले एकमना बहुमत ल्याउन संभव छैन। किन त?
कांग्रेस: देशको सबै भन्दा ठुलो (अघिल्लो ससदिय निर्वाचनका आधारमा)पार्टी हो। र हो पुरानोपनि। तर नेपाली कांग्रेसले कहिल्यैपनि देशलाई सहि बाटोमा डोहोर्याउन सकेन। प्रजातन्त्रकालागि भनेर सत्याग्रह त गर्ने तर अन्तमा उही राजतन्त्रका अगाडी घुँडा टेक्ने काम गरिरह्यो। धनीमानी वर्ग, सामान्त,भूमीपति र थोरै चुसाहा वर्गको पार्टी हो यो। यस्तो पार्टीले गरिवहरुको भलो गर्नै सक्दैन। र यसको स्थापना कालदेखि गरेकोपनि छैन। यो पार्टी आफ्नो नीति, निर्देशन, जनताको आदेश र ईच्छा अनुसार चल्दैन। बरु बिदेशी दलाल पुँजीपतिहरुको निर्देशनमा चल्छ। यो पार्टीका प्रिय भनेका तिनै सामान्त, शोषकवर्ग, तस्कर, बिदेशी दलालहरु हुन।
०४६ सालपछि यो पार्टीले सबै भन्दा धेरै शासन चलायो। तर यसले के गर्यो देशकालागि? महाकाली जस्ता सन्धि सझौता गरेर हाम्रो राष्ट्रिया भारतलाई सुम्पियो। पजेरो कान्ड भित्र्यायो। देश हाक्न भनेर चिनिएका सांसदहरुलाई भेडा बाख्रा झै होटेलमा थुनेर राख्यो सत्ताकालागि। सुरा र सुन्दरी सुम्पिदिएर घ्रिणीत काम गर्यो। रातो पासपोर्ट बेचेर खायो। खुर्सानी बेचेर खाने चीरन्जीवी वाग्ले जस्तालाई करोडौं करोड घुसखान दिएर देशलाई कंगाल बनायो। देश दुब्लो बनायो तर सिमित वाग्ले जस्तालाई अरबपती बनायो। नभएका ठाउँमा रित्तो पद स्रिजना गरेर आफ्ना मानिसहरु भर्ती गर्यो। धमीजा काण्ड जस्ता कान्ड घटायो। कुर्सीकालागि आफ्नै पार्टीको सरकारलाई बिघटन गरेर देशलाई पटक पटक मध्यावधी निर्वाचन धकेल्यो र बहुदलिय व्यवस्थालाई अलोकप्रिय बनायो। देशकालागि भलो चाहने दमननाथ ढुगाना, श्रीभद्र शर्मा जस्ता क्रान्तिकारी छ्वी भएका स्वच्छ व्यक्तिहरुलाईलाई पाखा लगाएर पार्टीमा तस्करहरुलाई प्रश्रय दियो। नरहरी आचार्यजस्ता विचारवानहरुलाई सधै अलोकप्रिय बनाएर किनारा लगाउने कुचेष्टा गरिरह्यो।
पार्टीमा नातावाद, क्रिपावाद, चाकरी वा चाप्लुसीवालाहरुलाई हैकम चलाउन दिइरह्यो। २०४६को जनाअन्दोलनका सर्बोच्च कमान्डर गणेशमान सिं जस्ता त्यागी नेतालाई पार्टीबाट निक्लनुपर्ने बाध्यता बनाएर कोइरालावादको हालीमुहाली चलायो। के नेपाली जनताले यो सबै कर्तुत र नेपाली कांग्रेसको ईतिहास बिर्सेका छन ? अबपनि के नेपाली काग्रेसलाई जिताएर नेपालको उन्नति हुन्छ? नेपाली कांग्रेसको चिन्तन अझैपनि बदलिएको छैन। उसको घोषणापत्र ढुलमुले पाराको छ। बिदेशी दलालहरुसँगको ईशारामा उ नाच्दै छ। आफ्नै पार्टीभित्र प्रजातान्त्रीक सस्कार छैन। देश कस्तो बनाउने भन्ने उसको स्पष्ट नीति छैन। पार्टीभित्र उनै गन्हाएका नेताको वर्चस्व छ। अनी के का आधारमा जिताउने नेपाली जनताले यस्तो पार्टीलाई ?
एमाले: एमाले वास्तवमा कुनै कम्युनिष्ट पार्टीनै होइन। नाम त उसले नेपालमा कम्युनिष्ट लोकप्रियताका कारणले मात्रै झुण्ड्याईरहेको छ। वास्तवमा यो नेपाली कांग्रेस भन्दा धेरै फरक पार्टी होइन। उसलाई नाम हटाउँ भने जनताले नपत्याउने, नहटाउँ भने बिदेशी दलालहरुले कम्युनिष्ट भनेर हप्काउने पीडा खेपिरहेको छ। नेपाली कांग्रेस भन्दा धेरै फरक किन छैन यो पार्टी ?२०४६ सालपछि यो पार्टीले महाकाली सन्धी (त्यतिखेर जनतालाई ढाँट्न यो सन्धी होइन सम्झौता हो भनेको थियो) गराउन पार्टीमा व्हिपनै जारी गरायो। हाम्रो महाकाली भारतलाई सुम्पियो। त्यसको बदलामा बोराकाबोरा भारतिय पैसा कुम्ल्यायो। यो यस्तो कम्युनिष्ट पार्टी हो जुन् देशका जनता नांगै खुट्टाले हिड्छन त्यस्तो देशका सांसदहरुलाई बिदेशी कंपनीका महँगा पजेरो र प्राडो गाडीहरुको सुबिधा दिनुपर्छ भनेर संसदबाट पास गरायो। पछि तिनै गाडीहरु बेचेर खान छुट दियो। रातो पासपोर्टहरु बेच्न छुट दियो। सुत्केरीले खाने औषधीहरु पुरुष सांसदले खाएको भन्दै बिल भर्पाई बनाएर ससदबाट पैसा लिए। उदाहरणका लागि मकवानपुरबाट एमालेका सांसद बिरोध खतिवडाले त्यसै गरेका थिए। खड्ग ओली, मोदनाथ प्रश्रित, प्रदीप नेपाल, ईश्वर पोख्रेल,झलनाथ खनाल, लगायतका चप्प्ल पड्काउनेहरु रातारात करोडपती भए। फोन र चीनी, पिठो र दाल, दुध र फुल भित्र्याउँदापनि करोडौ करोड घुष लिए। विमानस्थलबाट घुस लिएर वामदेव गौतम जस्ताले ग्रिहमन्त्री हुँदा कालो बजारिया र तस्करलाई बाटो खुलाईदिए।
झिना मसिना कुरामा सधै सडक जाम पार्ने एमालेले आफ्नो सुख सुबिधाका लागि कहिल्यै संसदमा नेपाली काँग्रेससग विपत्ती राखेन। नेपाली जनतालाई सुख सुबिधा दिलाउन उसले कहिल्यै यत्न गरेन। नेपाली कांग्रेस जस्तो पार्टीले बिरोध गर्दा एमाले भने राजाको निरङ्कुश शासन टिकाउन सरकारमा गयो। आफु सरकारमा जान पाउँदा उसले सधै अग्रगमन देखि रह्यो। र राजाको निरंकुश शासनलाईपनि उसले प्रतिगमन आधा सच्चिएको हाकै बतायो।
उसले सत्ता र कुर्सीकालागि राजतन्त्रका भक्त, प्रजातन्त्रका दुष्मन लोकेन्द्र बहादुर चन्द जस्तासँगपनि सरकारमा गयो। उसले नेपाली कांग्रेस र तिनै राजावादीहरुसँग मिलोमतो गरेर जनयुद्द दबाउने नाममा थुप्रै निर्दोष नेपालीको हत्या गर्यो। प्रमुख प्रतिपक्ष दल भएरपनि उसले कहिल्यै सक्षम प्रतिपक्षी भूमिका समेत खेल्न सकेन। अब के का आधारमा जिताउने एमालेलाई?
नेकपा (माओवादी)- यो त अब नयाँ पार्टी भईगयो। यसको वास्तबिक जन्मनै २०५२ सालको जनयुद्दबाट भनेपनि खासै फरक परेन। आफ्ना ४२ सुत्रीय मागहरु तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवासँग राख्दा सुनुवाई नभएपछि बोके बन्दुक। छिरे जंगल र वस्ती। जनयुद्द नेपाली गरिव जनताको लागि त भने तर यिनले तिनै गरिव जनतालाईनै दुख दिए। कतिका घरमा जबर्जस्त बस्ने, लुटेर, धम्क्याएर खाने। बाख्रा, कुखेरा, पाठा पनि भनेनन। बारीको मुला र रुखका सुन्तलासम्म बाँकी राखेनन। साझ र मध्यरात छुट्याएनन। आफुलाई जतिखेर जसकहा मन लाग्छ उही गए। नदिए ध्म्क्याए। गरिबको मुक्ति भनेपनि गरिबकै दोहोलो काटियो। ठुलातस्करहरु टाउको ठड्याएर हिडे तर लम्जुङ दुराका मुक्ति प्रसाद अधिकारी जस्ता सामान्य शिक्षकहरुको घाँटी छिनाले। बिदेशी दलालहरुले नेपाल निल्नकालागि खोलेको अन्नपूर्ण पोष्ट जस्ता पत्रीकालाई छुन सकेनन दर दोलखाका ज्ञानेन्द्र खड्का र विरेन्द्र शाह जस्ता सामान्य पत्रकारको ज्यान लिए। चन्दा पाएपछि तस्करहरु चोखिए तर आफ्ना भाषण सुन्न न आउने गाउँले अनपढ सोझाहरु जनयुद्द बिरोधी देखिए। आकर्षण गराएर र मन जितेर होइन जबर्जस्त माओवादी बन्न बाध्य पारियो। माओवादी बाहेक विश्वमा कहि कतै अर्को बिचारनै छैन झै गरि “कि बन माओवादी कि छोड गाउँ” सम्म गराएर लखेटियो। कुखुरा चोरेको सामान्य अपराधमापनि घाटी छिमोलियो। गोडा भाँचियो। फरक बिचार, फरक मत र भिन्न आदर्श भन्ने उनीहरुले देख्नै सकेनन। ति सबै टाटेपाटे बर्दीमुनी परमधाम भए।
मौका पर्दा भारतियहरुको धुरन्धार बिरोध त गरियो तर बास उतै चाहियो। कार्यालय उतै रोजियो। शान्ति सम्झौता र समझदारीका बुदा बनाउन त्यतै सुरक्षित ठानियो। सुरुङ युद्दकालागि दुइ चार खाल्डा त खनियो तर उनैलाई सिरोपर गर्दै दुतावासमा आफै पुग्ने गरियो।
भन्नलाई एमाले माले सबै प्रतिक्रियावादी भनियो तर एकता फेरी तिनै पाइ रिसाउनुस वा खुसाउनुस, यि तिनै पार्टीको बिगत यहि हो। तर यसो भनेर हामीले कसलाई भोट दिने त ? आखिर देश चलाउन कुनै न कुनै दल त चाहिन्छ नै। हाम्रा प्रमुख दलहरुको बिगत यस्तै भएपनि जनताले मुलत यिनै दलहरुलाई विश्वास गरेका छन। यी दल भित्रका स्वच्छ छवी भएका नेताहरु छदै छैनन भन्ने होइन। कम्तिमा नितान्त दलगत स्वार्थमा नलागी स्वच्छ छवी भएका नेताहरु छान्यौ भनेपनि नेपालको भविष्य केहि सुधार्न सकिन्छ।




