चर्चित फोटोग्राफरलाइ ठग्नेले पटक पटक अर्थमन्त्री हुँदा के सम्म ठगेन होला ?

पूर्व ग्रिहमन्त्री डा रामशरण महतले वरिष्ठ फोटोपत्रकार मिन बज्राचार्यलाई ठगेछन् । जन आन्दोलनका बेला ज्यान बाजी राखेर, जोखिम लिएर उनले खिचेका तस्विर लिए । इन् डिफेन्स अफ डेमोक्रेसी भन्ने किताब लेखे । त्यो पुस्तकको मुखप्रिष्ठ (कभर) मा मिनले खिचेको चर्चित तस्विर राखे । त्योपनि उनले खिचेको तस्विरलाई तोडमरोड गरेर राखे । मौलिक देखाउन वास्तबिक फोटोमा रङ धेरै हलेर पुस्तकमा राखे । ति तस्विरहरुको पैसा त महतले तिरेनन । पुस्तक बिमोचन हुँदा तस्विर उपलब्ध गराउने बज्राचार्यको नामसम्म लिएनन् । मुखै फोरेर डा महतसित उनको हस्ताक्षर सहितको एक प्रती पुस्तक बज्राचार्यले माग्दासमेत उनलाई छली छली हिँडे तर पुस्तकपनि दिन सकेनन् । एक जना वरिष्ठ पत्रकारलाई ढाँटे, छले र केहि तस्विर ठगे । देशको चर्चित पत्रकारलाई त यसरि ठग्नेले पटक पटक अर्थमन्त्री हुँदा कतिलाई ठग्यो होला ? मिलाएर देशको के सम्म खाएन होला ? कतिलाई धोका दियो होला ? पुस्तक छपाएर अर्काको फोटो प्रयोग गरेर पारिश्रमिक समेत ठग्नेले देशको ढुकुटीमा कति ठगी गर्‍यो होला ? मिन बज्राचार्यको दुखेसो सुन्नुस् ।

तपाइँको प्रतिक्रिया