युरोपका वालवालिकालाई आतंकवादबाट कसरी बचाउने ?
– डिल्ली राम अंमाई / बेल्जियम
आतङ्ककारीहरूले अक्सर मानिसको सार्वजनिक जीवन पद्धतिलाई डर र त्रासको सिर्जना गरी हिंसा र धम्कीको प्रयोग मार्फत अकल्पनिय रुपमा क्षति पुर्याइ रहेका हुन्छन । तिनीहरूको आक्रमण कतिबेला कुन उद्यस्यको लागि हुन्छ कसैले भन्न सक्दैन । अत:हामी मात्र नभएर हाम्रा बाल बालिकाको उज्वल भविष्यको लागि हाम्रो नेपाली समाजले पनि तुरुन्त बच्चाहरु समेत सार्वजनिक भेला बोलाई आफ्ना बच्चाहरुलाई सजग गराउनु आवश्यक भएको छ । अज्ञानताबस को कहाँ कतिबेला दुर्घटनामा पर्छ थाह हुँदैन । यसको लागि एन आर एन ए वा आस्था लगायतका अगुवाहरुले हाम्रा किशोर किशोरि वा बाल्बच्चाहरुको सम्रक्षण गर्न बिशेष अभिवाभक मिटिङ वा विद्यार्थी प्रसीक्षण कार्यक्रम मार्फत सचेतना अभियानको शुरुवात गर्दा राम्रो हुने थियो।
अहिले आतंकबादी जेहादिहरुको बिग्बिगी बढीरहेको बेला हाम्रा निरपराधी र निर्दोश बच्चा तथा किशोर किशोरिहरुलाई उनिहरुले ललाई फकाइ उपयोग वा आक्रमणबाट सचेत गर्न हरसम्भब प्रयास गर्नु अती आवश्यक छ । मैले अनगिन्ती आवाजहरु सुनिरहेको छु हाम्रा छोराछोरी र भाई भतिजाबाटअत्यन्त आवश्यक आग्रह गरेको पाएँ । उनिहहरुको प्रतिनिधित्वमा एउटा भाईले आफ्नो कुरो यसरी राखे –‘’अंकल पार्टिको बारेमा नि धेरै लेख लेखिन्छ, एन आर एन को बारेमा लेखको लेखा जोखा नै छैन । समाजमा भाईभाइको लडाईंका कथा पनि लेखिएका छन , नाच्ने गाउँने कुरै नगरौँ तर लि लेखले कस्लाई पो के दिए र ? हामीलाई अनुभवको कमी छ जताततै आतंकबादीको आतंक छ, चित्कार छ, धेरै बाँचेर अझ धेरै पढ्न मन छ । के लेख्दै हुनुहुन्छ अंकल ? अचेल हाम्रो लागि नी लेख्नुस् न !अब मिलाउन र रमाउन हैन बाँच्न सिकाउने लेख चाहियो ।‘’ यो आग्रहले मलाई र मेरो कलमलाई गिजाए जस्तै लागिरहेछ अचेल । त्यसैले आजकाल उनिहरुकै भविस्यको बारेमा लेखिरहु जस्तो लाग्छ । त्यही कारण हो यो बिग्रदो बातावरणमा अबिभावकहरुले पनि घरमा बच्चाहरुको सुरक्षाको लागि केही महत्वपूर्ण र सरल कदमहरुलाई आवश्यक ठानी लिपिबद्द गर्ने प्रयास गरेको छु, जुन कुराहरु हाम्रा बच्चाले थाहा पाए भने मेरो कलमलाई धन्य सम्झने छु :
१. बच्चाहरुसग आतंकवाद बारेमा खुलेर कुरा गर्नुहोस्। आफ्नो परिवारसंग समय खर्चेर आतंकबादका सबै संकेतहरु र उनिहरुको संगतबाट हुने बेफाईदा र खतराको बारेमा कुरा गर्नुस् । आतंकबादबाट श्रिजित घटना र आतंकबादबाट हुने परीणाम बताउनुस् । घटनामा पर्न नदिन र परिसकेपछि पनि बचाउने रेड क्रस, शिक्षक, प्रहरी र नागरिक अगुवाहरुको बारेमा जानकारी दिनुस् ।
२. भिन्न भिन्न समयमा फरक फरक बाटोबाट स्कुल या अन्य ठाउको यात्रागर्ने तरिकाहरु बच्चालाई सिकाउने वा आँफैले प्रयोग गर्दा आतंककारीले भेउ पाउदैन र कसैलाई फँसाउने योजना बनाउन सक्दैनन । त्यो अभ्यासले बच्चाहरु चलाख हुन्छन ।
३. हरेक दिनको समाचार सुचना सुनाउने । नियमित रुपमा यस्ता घटनाहरुको सुचना सुन्न बच्चाहरुलाई रेडियो, टेलिभिजन र अन्य सुचना केन्द्रबारे बानी बसाल्नु फाईदाजनक मानिन्छ । हाम्रो समुदायले पनि सार्वजनिक चेतावनी प्रणाली,साइरन र टेलिफोन प्रयोगको जानकारी दिनु पर्दछ । ति सामाग्रीहरु प्रयोग गर्दा के के कुरामा ध्यान दिनु पर्छ र साइरन बजेको अवस्थामा के गर्नु पर्छ सिकाउनु अनिवार्य हुन्छ ।
४. अहिले भैरहेको हाम्रो वरिपरिको सामाजिक बातावरण बारे बच्चाहरुलाई सतर्क गराउने । यदी केही संकास्पद कुराहरु वा कानुन मिचेर गरिएका कार्यहरु भैरहेका छन भने बच्चाहरुलाई हेरेर बस्न नभन्ने र नयाँ र शुरक्षित बाटोबाट घर आउन लगाउने । बाटोमा भएका त्यस्ता कृयाकलापबारे बच्चाहरुलाई अबिभावकले भन्न लगाउने।
बेल्जियमको कोत्रेकबाट सिरियाको युद्धमा भाग लिएका कट्टरपन्थी स्लामिक स्टेट अभीयानका एक लडाकुले बुधवार फेसबुकमा बेल्जियमको सुरक्षा निकायलाई इङ्गित गर्दै एउटा धम्की युक्त भिडियो बक्तब्य पठाएको छ । ब्रुसेलमा ३२ जनाको ज्यान जाने गरी आतंकबादी हमला भएको छ । जसको बिरुध्द यहाँको प्रशासनले कार्वाही समेत् थालेको छ । जहाँ कही पनि दोहोरो भिडन्त हुने सम्भावनालाई नकार्न सकिदैन । सरकारी कार्वाही र प्रतिसोधको ज्वालाले जो सुकैलाई पनि लपेट्न सक्दछ । ति घटनाहरुले यो संकेत् गर्दछन की अब हाम्रा बच्चाहरु पनि पहिला जस्तो शुरक्षित छैनन ।
५. बच्चाहरुलाई बदलिएको वरीपरिको बातावरण बारे जानकारी गराउने ,कसैले फालेको बस्तु वा झोला छुन नदिने किनकी छोडिएको बस्तु बिस्फोटक पनि हुन सक्छ । यदी केही कुरा संकास्पद लाग्यो भने तुरुन्त अलग्गिएर बाटो लागि हाल्ने । बेलुका वा आवश्यक भएमा त्यस्ता कुराको अबिभावकलाई जानकारी गराउन लगाउने वा पुलिसलाई फोन गर्ने ।
६. बच्चाहरुलाई प्रार्थमिक उपचार् बिधी सानैबाट सिकाउनु राम्रो हुन्छ । जसले किशोर किशोरि वा बच्चाको जीवन दुर्घटना वा आतंककारीको आक्रमणबाट बच्चाउन मद्दत मिल्दछ ।फेसबूकमा आफुले नचिनेका वा चिनेर पनि ढुक्क हुन नसक्ने कसैलाई साथी बनाइएको छ भने हटाउन लगाउने ।
७. बच्चाहरुको सुरक्षाको बारेमा योजना बनाउनु अहिले अनिबार्य हुन लागेको छ ।केही दिन अगाडि बेल्जियममा घटेको घटनालाई नै लिउ । अतिबादी साथीले लेखेको धेरैले लाइक गरे । कतिपएले हेर्दै नहेरी गरे भने कतिपयले साथी हो क्यारे मान्छे राम्रै थियो भनेर गरे । तर त्यो लाइक अहिले धेरै किसोर किशोरिहरुलाई अभिशाप भयो । त्यही लाइकको आधारमा प्रहरीले शंकास्पद स्थानहरुमा छापा मारी शंकास्पद व्यक्तिहरुलाई प्रकाउ गरेको छ। त्यसमा दुई जना घाइते भएका छन । त्यसमा कतिपय लहै लहैमा परे । अत बच्चा वा किशोर किशोरिहरुलाई यस्ता कुरामा सजग गराउनु अनिबार्य हुन्छ ।
८ .आपद्कालिन निकासी मार्गहरु पहिचानको बारेमा बच्चाहरु जानकार हुनु पर्दछ । सोसियल भवनमा होस् वा स्कुल, आकस्मिक बाटो अवस्य हुन्छ । बिस्फोटकको कारणले होस् वा आन्तरिक करणले घरमा आगो लाग्न सक्छ । बच्चा मात्रै भएको बेलामा त्यस्तो दुर्घटना भयो भने बच्चाहरुले भाग्ने बाटो थाहा पाउनु उनिहरुको अधिकार हो । कामको बेफुर्सदिले अबिभावक नहुन सकिन्छ । त्यो बेलाको लागि आपदकालिन बाटो बारे सबै परिवारलाई जानकारी हुनु जरुरी हुन्छ ।
९. अग्रिम योजना: सामान्यतया -बिजुली, टेलिफोन, प्राकृतिक ग्याँस, पेट्रोल पंपों, नगद, एटीएम, र इन्टरनेट आदिको बारेमा घरका सबैले थाहा पाउनु जरुरी हुन्छ । आगो लाग्दा बिजुलिको मेन स्विच अफ गर्न सिकाउने, ग्यासको स्विच अफ गर्न सिकाउने, खनिज तेललाई अलग गर्न सिकाउने, नगद र बैंक कार्ड बचाउन सिकाउने योजना दुर्घतना हुनुभन्दा अगावै बच्चाहरुलाई सिकाइएको छ भने योजना अनुसार महत्वपूर्ण समान्हरु शहीत सबैको ज्यान बाँच्न सक्दछ ।
१०. जोखिमबाट बच्न सिकाउने मिडियाहरु पढ्न बानी पार्ने । पेरिस र बेल्जियममा बुधबार घटेका आतंककारी घटना पछि धेरै किशोर किशोरिहरु इन्टरनेट, टेलिभिजन वा समाचार पत्रमा भएका घटना र भिडियो चित्रहरु देखेर आतंकबादी घटनाहरुबाट बच्न सिकेका छन ।
यहाँका स्थानिय धेरैजसो अबिभावकहरुले आफ्न बाल्बच्चा र किशोर किशोरिहरुलाई घरमा प्रशिक्षण नै दिन्छन । हामीले त्यो कती गरेका छौ वा छैनौ कुन्नी ?
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक





