जहाँ गौतम बुद्द नुहाउने गर्थे
गौतम बुद्दको जन्म थलो रुपन्देहि जिल्लाको लुम्बिनी । मामाघर त्यहाँबाट करिब २० किमीको दूरीमा छ, देवदह भन्ने ठाउँमा । यसलाई मंगलपुस्करिणी दह भनिन्छ । यो दह वुटवलबाट करीव ९ कीं मी पुर्व घोडाहा भन्ने ठाऊँमा पर्छ । लुम्वीनीबाट ५० कीं मी उतर पुर्व र वुद्दको मावली खैरेनीबाट लगभग पाँच कीं मी दक्षीण भवानीपुर भान्ने ठाउँमा पर्छ । यो दहमा पुग्न भैरहवा भुमही खन्डको धकधईबाट ऊतर हुँदै जाँदापनि हुन्छ । गौतम बुद्द आफ्नो मावली जाँदा यहि तालमा नुहाउने र ध्यान बस्ने गर्छन् भन्ने ईतिहासकार, अन्वेषकहरुले दाबी गरेका छन् । स्थानिय समाजसेवी, खोजकर्ताको भनाईपनि यहि छ ।
हाल यो क्षेत्रमा अझ ब्रिहद स्तरको खोजि, अनुसन्धान र पुनर्संरक्षणको प्रयास भैरहेको छ । पर्यटन विकासको प्रचुर संभावना भएपनि उचित योजना, प्रयास, प्रचारप्रसार स्थानियहरुको दह्रो पहल हुन नसक्दा यो क्षेत्र चर्चाको शिखरमा पुग्न सकेको छैन । प्रबर्धन हुन सकेको छैन । फोटो – गोपाल प्रधान








