एसेन्टा मेलामा मानव तस्करी काण्ड : पैसा खाएर भिसा दिएकाहरुको नाम यसरि लुकाईयो

12795286_812105335599918_4765361316991768789_n
सन् २०१३ सेप्टेम्बर १४ देखि २२ सम्म बेल्जियमको गेन्ट शहरमा भएको १४५ फ्लेन्डर्स अन्तर्राष्ट्रिय ट्रेड फेयर (एसेन्टा) मा नेपालीहरूसित चर्को रकम लिएर अर्जुन श्रेष्ठले मानव तस्करी गरेको विषय फेरि बल्झियो । त्यसपछि आफू त्यसमा संलग्न नरहेको भन्दै त्यो मेला आयोजकमा मुख्य जिम्मेवारी लिएका  श्रेषठले केहि कागजपत्र सार्वजनिक गरि बच्ने प्रयास गरे, केहिदिन पहिले । तर उनले आफू चोखो बन्न दिएका कागजपत्रहरुनै दुई थरी छन् । बेल्जियमकै मुख्य मेला आयोजकले भिसा कुनकुन ब्यक्तिले लिएका हुन् भन्ने निर्णय गरेको उनले बताउँदै आएका थिए । उनले त्यहि रिपोर्ट पत्रकारहरुलाई दिएका थिए । तर उनैले दिएको अर्को रिपोर्टमा भिसा लिईएका केहि ब्यक्तिहरुको नाम लुकाइएको छ । ति नामहरु उनले लुकाउने प्रयास गरेपनि नेपालप्लसले फेला पारेको छ ।

श्रेष्ठले मेला “ IJV-IFAS ले पठाएको निमन्त्रणा पत्र र हस्ताक्षर सहितको सहभागीहरुको नाम तालिका” लागि भन्दै  पठाएको सूचीमा मूल मेला आयोजकले निमन्त्रणा ककसलाई गरेका हुन् भन्ने निमन्त्रणा पत्र र त्यसमा हस्ताक्षरसमेत छ भन्दै सूची उपलब्ध गराएका छन् । त्यो तालिकामा जुन ब्यक्तिको नाम छ ति बाहेकका ब्यक्तिहरुपनि ल्याइएको थियो भन्ने प्रमाणको गुदी उनैले अर्काथरी पत्रकारलाई दिएको सूचीले प्रस्ट पार्छ । उनैले दिएको दुई थरी रिपोर्टमा ३० जना भन्दा बढि ब्यक्तिलाई भिसा उपलब्ध गराएर बेल्जियम ल्याएको गोप्यता खुल्छ । सूचीमै लुकाएका मध्येपनि एक ब्यक्तिबाट १४ लाख भन्दा बढि लिएर दर्जनौं ब्यक्तिबाट मोटो रकम असुलेपछि उनले यो एउटै मेलाबाट कति रकम कमाए ?
उनले अधिकांश पत्रकारलाई दिएको सूचीमा यि ब्यक्तिहरुको नाम छैन । भिसा उपलब्ध गराएका ब्यक्तिहरुहरुको नामावली किन दुई थरी उपलब्ध गराए ? फ्लेन्डर्स मेला आयोजकले दिएको सूचीमा आयोजकको लेटर प्याड सहितको छाप छ । तर अर्जुन श्रेष्ठ आफैंले केहि पत्रकारलाई अर्को सूची दिएका छन् । जुन सूची उनले उपलब्ध गराएका ति बक्तिको नाम फ्लेन्डर्स मेला आयोजकको भिसा सूचीमा छैन । यसबाट के प्रस्ट हुन्छ भने अर्जुन श्रेष्ठ र नेपाल उध्योग वाणिज्य महासंघले काठमाडौको जर्मन दुत्तावासबाट थप मानिसहरुको भिसा लिए । फ्लेन्डर्स मेला आयोजकले जर्मन दुतावासलाई भिसाकालागि सिफारिस भनेर लेखिदिएपछि उनीहरुले थप ब्यक्तिहरुसित चर्को दाम असुलेर भिसा लिएका हुन् । त्यसैले गर्दा अर्जुन श्रेष्ठ आफैंले दुई थरी सूची दिएर गोप्यता खोलिदिए ।
 
उनले अधिकांश पत्रकारलाई उपलब्ध गराएको सूची हेर्नुस्
1
2
3
श्रेष्ठले केहि पत्रकारलाई उपलब्ध गराएको यो फरक सूची हेर्नुस्
LISTE-1
LISTE-2
LISTE-3
उनले उपलब्ध गराएको सूची मध्ये पहिलोमा नभएका तर दोस्रो सूचीमा सि आर डि ट्रेडिङ, बुद्द, एसियन ट्रेडिङ, लक्की थाङ्का, एस के ट्रेडर्स, सक्सेसफूल स्टिल, फ्यामिली पस्मिना, ग्लोबल फेशनलगायत ३० जनाको नाम लुकाइएको छ । यि नाम सूचीमै छन्  अर्जुन श्रेष्ठलेनै उपलब्ध गराएको दुई फरक खाले सूची हेर्दा प्रस्ट हुन्छ ।
उनले प्रदर्शनीका लागि कोको ब्यक्ति थिए, कुन संस्थाका थिए भन्ने सूची हेर्दापनि हाँसो लाग्छ । अन्तर्राष्ट्रिय मेलामा प्रदर्शनीकालागि भन्ने सूचीमा रेडियो थाह सञ्चार, न्युज मेडिया प्रालीको नामपनि छ । समाचार संकलनका अलगि भनेको भए शंका रहने थिएन । तर प्रदर्शनीकै सूचीमा स्थानिय स्तरका मेडियाले के बिदेशमा आएर बिदेशीका अगाडि के प्रदर्शनी गर्ने हो ? प्रदर्शनीकै लागि भनेर ल्याएपनि त्यहाँ यि मेडियाको प्रदर्शनी थिएन ।
अर्को झुट
मेला आयोजकमा मूली अर्जुन श्रेष्ठले उपलब्ध गराएको सूचीमा भिसा एक्स्टेन्डेट भनेर केहि ब्यक्तिको नाम छ । अन्तर्राष्ट्रिय मेला र पर्यटक भिसामा आएका ब्यक्तिहरुको भिसा बेल्जियममा थपिने गरिन्न । अस्पत्तालमा बिरामी परेर थप उपचारका लागि चिकित्शकको सिफारिस वा कुनै यस्तै विशेष कारणबिना थप्ने गरिन्न भिसा । तर यो मेलामा आएका ब्यक्तिहरुको भिसा थप (भिसा एक्स्टेन्डेट) भन्दै किन ढाँटियो ?
 
‘चुपचाप बस’ भन्दै मध्यरातमा धम्की 
 एसेन्टा मेलामा भएको मानव तस्करी र अनियमितताको विषय उथ्नासाथ बेल्जियममा केहि पत्रकारहरुलाई धम्क्याउन थालिएको छ । एसेन्टा मेलामा भएको अनियमितताको बारेमा बोल्न र लेख्न थालेपछि मध्य रातमा अर्जुन श्रेष्थका मान्छेहरुले पत्रकारहरुलाई धम्क्याउन थालेक अहुन् । नमस्ते युरोप डट कमका सञ्चालक महेश थापाले यसबारे आफ्नो फेसबूक स्टाटसमापनि खोलेका छन् । उनले भनेका छन् “वेल्जियममा केही पत्रकार साथीहरु माथी छदम रुपमा राती फोनवाट गाली गलौज गर्न कोसिस भएको जानकारीमा आएको छ । जो कोही भएता पनि यस्तो हर्कत तुरुन्त रोक्नुहोस । हामी यो विषयलाई अवस्य हल्का रुपमा अवस्य लिने छैनौ ।”
नेपाली व्यवसायी संघ बेल्जियम  दलाली संस्थाकी स्वतन्त्र ब्यवशायीको ? 
नेपाली व्यवसायी संघ बेल्जियम कस्को  ? अर्जुन श्रेष्ठको निजि कम्पनी हो ? कि दाललहरुको संस्था ? उसको एकतर्फी बिज्ञप्ती हेर्दा त दलाललाई बचाउने, सूचना ढाकछोप गर्ने, तस्करीलाई मलजल गर्ने संस्था जस्तो देखिन्छ । होइन भने किन कुनै ब्यक्तिलाई यति धेरै समर्थन गरेर बचाउँछ प्रेस बिज्ञप्ती जारी गर्दै ? के कुनैपनि ब्यक्ति, ब्यवशायी जाँचबुझको दायरामा आउनुपर्दैन ? व्यवशायीहरुको कर्तब्य होइन, आफ्नै संस्थाका ब्यक्तिमाथि सामाजिक आरोप लागेपछि त्यसका विषयमा जाँचबुझ गर्ने ? ब्यवशायी संघले जारी गरेको प्रेस बिज्ञप्तीमा “नेपाली व्यवसायी संघका पुर्व अध्यक्ष तथा बर्तमान संरक्षक तत्कालिन मेला आयोजक समितिका संयोजक श्री अर्जुन कुमार श्रेष्ठको कुनै दोष नदेखिएको नेपाली  व्यवसायी संघ बेल्जियम ठहर गर्दछ साथै भबिस्यमा पिडित भएको प्रमाण सहित कसैले  कानूनी उजुरी दिएमा पिडितलाई सहयोग गर्ने प्रतिवद्दता समेत ब्यक्त गर्दछ इ” उल्लेख छ । अहिले श्रेष्ठमाथि एन आर एन ए केन्द्रमै उजूरी परेको छ । मेलामा भएको अनियमितताका थप प्रमाणहरु बाहिर आइरहेका छन् । के अब यो ब्यवशायी संघ सिंगै आरोपितसित सती जान तयार छ ? उसले श्रेष्ठका तर्फबाट जिम्मेवारी लिन तयार छ ? तर नेपाली व्यवसायी संघ बेल्जियममा सबै उहि खाले अन्ध समर्थक भने छैनन् । संघका उपाध्यक्ष क्रिष्ण प्रसाद रेग्मीले श्रेष्ठमाथि मानव तस्करीको आरोप र उनका बिरुद्द ऊजुरी परेपछि उनलाई संघबाट राजिनामा दिएर जाँचबुझमा सहज बनाइदिन आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया