घाँटीमा सिक्रि बाँधेर दास बनाउनेको मानव अधिकार
आजकाल पश्चिमेलीहरु मानव अधिकारको पाठ बोकेर एशिया, अफ्रिका र दक्षिण अमेरिका पसेका छन् । खान नपाएर मर्न लागेको परिवारको वालकले बाख्रा चराएको देख्दापनि ठूला फोटा खिच्छन् । तिनलाई उचालेर मानव अधिकारको हननको कुरो गर्छन् । तर यिनै पश्चिमेलीहरुले कसरि अफ्रिका देखि अष्ट्रेलिया र अमेरिकाको अलास्कासम्म ठगे । कसरि बँधुवा बनाए । घाँटीमा सिक्रि बाँधेर बन्दूकले तर्साउँदै राखे । कसरि कमारा, दास राखे भन्ने यो जिउँदो उदाहरण हो ।
हो, साँच्चै पहिले यि बाईबल लिएर जान्थे । बाईबल देखाएर लुट्थे । तर्साउँथे । हातमा बन्दूक बोकेर उनीहरुले भनेको नमानेमा ज्यान लिन्थे, ज्यान लिने धम्की दिएर दास बनाउँथे । यसो गरिगरि यिनले सोझा, गरिवक मुलुकमा राज्य गरे । धन लुटे । स्रोत लुटे । इज्जत, इमान, आदर र सममान लुटे । जन्तुलाई भन्दा अझ बढि अत्याचार गरे । यिनैको मुलुकको प्राक्रितिक स्रोत, साधन र सम्पत्ती लुटेर, कब्जा गरेर ति सम्पन्नशाली बने । आज फेरि मानव अधिकारको झोला बोकेर यिनैमाथि राज्य गर्न खोज्दै छन् ।
युद्द अपराधीलाई सजायँ दिएनरेनन् । अत्याचार भोगेकाले न्याय पाउनुपर्ने र तिनमाथि भएको अत्याचारको क्षतीपूर्ती हुनुपर्ने हो । तर आजसम्म भएको छैन । तर मानव अधिकारका राग अलाप्न चाहिँ छोडेका छैनन् ।
(फोटो स्रोत- शिवलाल पन्थेओे फेसबूक)







