सिर्जनशिल नबन्ने नेता, आत्मनिर्भर बन्न नखोज्ने हामी

  • निलम घिमिरे सापकोटा / बेलजियम

nilam-ghimire-sapkotaम बुझ्ने भएदेखि नेपाल र नेपालीले कहिल्यै शान्ती र तनावविहिन दिनहरु विताएको देखेकी छैन । सुरुका दिनहरुमा बहुदल ल्याउनकोलागि आन्दोलन भयो । केहि परिवर्तन हुन नसकेरै फेरी गृहयुdda भयो । फलस्वरुप हामी हरेक नेपालीले तनाव, डर, त्रासमा दिन विताउन बाध्य भयौ* । फेरी दोस्रो ठुलो जनआन्दोलन भयो । सवैले लामो सास फेरेको अवस्था थियो । हरेकको अनुहारमा आशाका किरण थिए । सुनौलो विहानीको महसुस गरेका थियौ* । तर विडम्वना शंविधान बन्न नसक्दा लामो समय देश अन्यौलमा फस्यो । सवैकाम काज ठप्प भयो । सवै दलका नेताहरु असफल नै देखिए । सवैलाई देशकालागि केही गर्नु भन्दा पनि पार्टी र पद ठुला भए ।

बल्ल तल्ल शंविधान बनेको अवस्थामा फेरी भारतले अनौठो व्यवहार देखाएको छ । जुन नेपाली नेता आत्मसम्मानीत छन् या यीनीहरु दासत्व सोचबाट ग्रसित छन् पुष्टि हुने समय आएको छ ।

वाल्यकालदेखि अहिलेसम्म नेपालमा राजनीतिक असफलता देखिरहेको छु। २०४६ देखि अहिलेसम्मको स्थिती हेर्दा नेपाली कांग्रस अघिकांश समय सत्तामा देखिन्छ । देशको मुख्य पार्टी भनिने यो पार्टीले हालसम्म नेपालका लागि के गर्यो ? सधै घरका भाई मारेर सम्पत्ति हत्याए जस्तै नेपाली कांग्रसलाई परिवार भित्रै सक्ति केन्द्रित गराउँदै सरकारपनि त्यसै अनुरुप आफ्नो् स्वार्थकालागि प्रयोग गर्यो । जसरी नेताहरु आफ्नो् स्थायीत्वको लागि कुर्शीमा टाँसिए, त्यो समयको थोरै हिस्सा मात्र भएपनि देशकालागी खर्चेका भए नकपा माओवादी जन्मनुपर्ने थिएन ।

जसको फलस्वरुप दोस्रो जनआन्दोलन भयो । देश परिवर्तन होला विकास होला भनेर कैयौं हजारौ युवाहरुले आफ्नो रगतको वलि चढाए । कलिला वालवालिकले ज्यन गुमाए । अव त्यसको मूल्य चुकाउने बेला आएको छ, नेपालका हरेक ओहदामा रहेका नेता एवं कार्यकर्ताको । जसरी जनआन्दोनमा तेरो, मेरो नभनेर, परिवर्तनका लागि माओबादीले बन्दुक बोकेर जंगल पस्यो अव त्यसरी नै आर्थिक क्रान्तीमा उत्रनु पर्ने देखिएको छ । अनि छिट्टै नेपाललाई आत्मनिर्भर बनाउनु छ । सधैं नेपाली जनता हरेक कुरामा परजिवी भएर बाज्झ्नाले आज भारतले नेपाललाई यती धेरै हेपेको हो ।

हरेक समय जनताको साथ पाएका नेताले अव जनतालाई आफ्ना वाचाहरु पुरा गर्ने बेला आएको छ । साँच्चिकै मनदेखि नै नेपाललाई आफ्नो घर र नेपाली जनतालाई परिवारका सदस्य सोचेर अघि बढ्नुपर्ने बेला भएको छ ।

जसरी एक जिम्मेवार पुरुषले घरमा साँझ विहानको छाक टार्नका लागि जहाँ जुनसुकै उपायले खाध्यान्न जोहो गर्छ, त्यसरी नै आफ्नो देशका जनताका लागि कर्तव्य पुरा गर्नुपर्ने देखिन्छ । अन्यथा नेपाली जनताप्रती कुनैपनि दल जिम्मेवारी वहन गर्नै नसक्ने ठहर हुन्छ । कुरा मात्र गर्ने, ठुला ठुला सपना देखाएर यर्थातामा सरकारलाई अंशवन्डा गर्ने हो भने नेपाली जनताले पहिले नेतालाई नै गोली ठोक्नुपर्ने हुन्छ ।

देशकै लागि सोच्ने हो भने पहिले यी दलहरुले कुनैपनि पद लिँदा न्युनतम आवस्यकताको जति छ त्यति मात्रै लिनुपर्छ । त्यस्तै, भत्ता कटौती गर्नुपर्ने हुन्छ । उदाहरणकालगि उपप्रममा ५ जना, विना विभागिय मन्त्रिहरु नियुत्त हुनुले फेरी कुर्सीका लोभी देखिएका छन् नेताहरु । त्यस्तै, सभासद, प्रम, राष्ट्रपति, लागायत हरेक ओहदामा रहेका व्यक्तिले अवस्कता भन्दा वढी खर्च कटौति गर्नेहो भने त्यो रकमले कुनै न कुनै सानो उद्योग सन्चालन गर्न सकिन्छ । जसबाट रोजगारीका साथै दशलाई आत्म निर्भर बनाउन टेवा मिल्छ । त्यसैले, संकटका बेला सवै संयम भएर देशको अखण्डतालाई बचाई समझदारीमा अगाडी बढ्नुपर्ने समय आएको छ ।

दिर्घकालिन सोच नबनाउनाले नेपाल सधै समस्यामा पर्ने गरेको विगतका अनुभवले देखाएको छ । आजको नेपालको अवस्था देख्दा मलाई मेरो जन्मेको घरमा काम गर्ने एक धनी भएरपनि गरिव दिदीको याद आउँछ ।

उनी हाम्रो घरमा खानपनि नपुग्ने भएर भाँडा माज्थिन् । तर उनको जमिन त्यतिबेला हाम्रो भन्दा खासै कम थिएन । उनको परिवार सानो थियो र पनि उनलाइ कहिल्यै खान पुगेन । तर हामीलाई ३ परिवार पाल्न पुगेको थियो । हामी अनी कमैयाको परिवार र भाँडा माझ्ने ति दिदीको परिवार कस्तो अन्तर हुने रहेछ । किनभने हाम्रो बुबा स्कुलको शिक्षक । उहाँ उत्पादन कसरी बढि हुन्छ । हाम्रो जग्गाको प्रकृती अनुसार के खेती उचित हुन्छ भन्दै खोजी गर्नु हुन्थो र त्यहि मेहनत अनुसार हामीलाई पैसाले साथ दिएको थियो । तर उनको ३ विधाको बारी सधैं बाँझो भएर खानै पुग्दैन थियो । यो कुराले शिक्षाको खाँचो टड्कारो देखाउँछ ।

हो, हामी नेपाली पनि धनी छौं । नेपालमा सबै चिज छ । तर केही छैन भन्दै मागेर वा आफ्नो भएको चिज खेर फालेर महँगो मूल्यमा बिदेशमा बनेको सामान किन्छौं। बिदेशमा बनेका सामान भित्र्याएर आफ्नो पैसाले बिदेशीलाई धनी बनाउँछौं। तर आफैं आत्मनिर्भर बन्नतिर लाग्दैनौं। जस्तै नेपालमा पानी छ । आफैंले विजुली निकालेर मज्जाले हिटरमा पकाउनुपर्ने हो हामी नेपालीले । तर विदेशको ग्याँस किनेर बाल्छौं । पानी खेर गैरहेको छ । त्यो पानीले खेतबारीमा सिँचाईको व्यवस्था मिलाएर खाध्यान्न उब्जाउनुको साटो भारतको चामल किन्छौं । क्रिषी उब्जनी बढाउन नलागेर भारतबाट प्याज किन्छौं । तर नेपालमा कृर्षि विभागलाई सक्रिय कुनै दलले गराउँदैनौं ।

अहिलेको अवस्थाले नेपालका शिर्ष नेताले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । आन्तिरिक उत्पादन, एवं उत्पादित वस्तुलाई प्रवर्धन गर्ने बेला आएको छ । अन्यथा अब जनताले नेतालाई पनि नेता हुनका लागि बायोडाटा लिने ब्यवस्था गर्नुपर्ने हुन्छ । कति योग्यता, कति अनुभव एवं कति देखि कति उमेर समुह, कुन पदसम्म जान, रहन पाईने भनेर ।

तपाइँको प्रतिक्रिया