विदेशमापनि मनाए नेपालीले दशैं (फोटै फोटो)
(जिता कटुवाल र आफन्तको दशैं, फ्रान्स)
हिन्दूहरुको मुख्य चाड बडा दशैं विश्वभरिका नेपालीले आआफ्नो पाराले मनाए । दशैंमा बिदेशका नेपालीले नेपालमा झैं बिदा पाउँदैनन् । संयोगबश जागिर, काम वा पढाइमा बिदा परे मात्रै हो । नत्र सबैले काम गर्नुपर्छ । यता काम गर्ने उता नेपालका परिवार संझिने । यता टिका लगाउन र पिङमा हिउँकिन नपाउने उता परिवारले देखभेट गर्न पाइ एन, सँगै दशैं मनाउन पाइ एन भनेर दुखेसो गर्ने । यता कामको भार उता दशैं मनाएको झझल्लो । यस्तै दुखसुखका बिचमा विश्वभरिका नेपालीले कामबाट साँझ फर्किएरपनि दशैं मनाए । दशैंका दिन नमिल्नेले कतिपयले अघिल्लो दिन वा हप्तामा जुन दिन मिल्छ त्यहि अनुसार मनाए । राती टिका लगाएर खानपिन, गफगाफ गरे । आफन्त र साथीहरु भेट भए । आफ्ना बालबच्चाले आफ्नो पर्व र संस्क्रिति नभुलुन भनेरपनि कतिपय कठिनाई झेलेर, मन खल्लो हुँदापनि धेरै नेपालीले दशैंका बारेमा आफ्ना वालवालिकालाइ सिकाए । दशैं मार्फत आफ्नो संस्क्रितिको महत्व बुझाए, देखाए । मनाउन नपाउने, एक्लै हुनेहरु भक्कानिए, रोए, दुखि भए । मन कुँड्याएर बसे । मनाउनेले मनाए जसरि संभव भयो । बिदेशका केहि नेपालीले कसरि दशैं मनाए त ? तस्विरहरु हेर्नुस् !
(रविन शर्माका परिवारको दशैं, फ्रान्स)
(बाबुराम रिजाल र आफन्तको दशैं, जापान)
(बिजया हमाल र आफन्तको दशैं, बेलायत)
(महेन्द्र भट्टराई र आफन्तको दशैं, बेलायत)
(न्रिपेश उप्रेती र आफन्तको दशैं, बेलायत)
(बिपी सिम्खडाका परिवारको दशैं, रसिया)
(चिन्तामणी सापकोटाका परिवारको दशैं, स्पेन)
(इन्द्र क्षेत्रीका परिवारको दशैं, बेल्जियम)
(प्रकाश ढकालका परिवारको दशैं, डेनमार्क)
(राजेन्द्र भण्डारीको दशैं, जर्मनी)
(सिता सापकोटाका परिवारको दशैं, नेदरल्याण्ड्स)
(टेक गिरीका परिवारको दशैं,नर्वे)
(सबै तस्विर फेसबूकबाट लिएको हो)


















