युरोपमा अन्तर्क्रिया: सहभागि भन्दा पत्रकार धेरै

beljiyama-1

हिजो नेपाल पत्रकार महासंघ युरोप च्याप्टरले अन्तर्क्रिया कार्यक्रम आयोजना गर्यो, बेल्जियममा । युरोपका बिभिन्न देशबाट एन आर एनको केन्द्रिय निर्वाचनमा उमेदवारी दिएका उमेदवारहरुसित खुल्ला अन्तर्क्रिया भन्दै एफ एनजे युरोपले पत्रनै काटेको थियो । तर कार्यक्रम लज्जास्पद बन्यो । किनभने त्यहाँ अन्तर्क्रिया भनिएपनि अन्तर्क्रियाका लागि उपस्थितहरुको संख्या न्युन रह्यो । बरु पत्रकारको बिल्ला भिर्ने, अन्तर्क्रियाका लागि भनेर टेबलमा बिल्ला भिरेर बस्नेहरुको संख्या धेरै थियो । अर्थात्, कार्यक्रममा अन्तर्क्रियाकालागि उपस्थित र सुन्नेहरुको सहभागिता न्युन । सुन्ने र सहभागि भन्दा पत्रकारहरुको संख्या बढि भनेर मानिसहरुले लाजले जिब्रो टोके । त्यति मात्रै होइन, नेपाल पत्रकार महासंघ युरोप च्याप्टरको नाममा सदस्य भन्दा परिचय पत्र र कार्डहरुकोपनि ओ इरो देखियो । यो कार्ड कसरि आयो ? कसले बनायो ? यो कार्डका बारेमा बन्द कोठामा बसेर अध्यक्ष भएको निर्णय गरिएका केन्जिङ राईले कतै सल्लाह गरेका थिएनन् । एफ एन जे युरोपमा बहस र छलफलपनि भएको थिएन ।

12047241_10206557701454309_1477893571_n

कार्यक्रममा युरोप भरिका उमेदवारहरुसित अन्तर्क्रिया भनिएपनि अन्य देशका त के बेल्जियमकै उमेदवारहरुपनि आएनन् । एफ एन जे युरोपको अध्यक्ष बन्द कोठाभित्र दुई चार जना बसेर चुनिएदेखि केजिन राईले आफू एक्लै निर्णय गर्दै आएका छन् । उनले यसरि पत्रकारिता पास दिने लगायतका कतिपय निर्णयहरु गोप्य रुपमा गर्दै आएका छन् । एफ एन जेको कतिपय सामुहिक छलफल गर्ने सन्जालमा आफ्नो आलोचना हुनासाथ त्यसरि आलोचना गर्नेलाई हटाउने र बन्देज लगाउने गर्दै आएका छन् ।

beljiyama-2

स्रोतका अनुसार अहिलेको यहि कार्यक्रम गर्नपनि एफ एन जे युरोपले एन आर एन बेल्जियमसित आर्थिक सहयोग लिएको थियो । नेपालमा बिनासकारि भूकम्प गएका बेला सहयोग दिनेहरुले अनियमितता गरेको भन्दै एफ एन जे युरोपले अन्तर्क्रिया गरेको थियो । त्यका बारेमापनि पछि एफ एनजे युरोपले अनियमितताका बारेमा केहि बोलेन । अन्य संस्थाले गरेका कामको बारेमा औंला उठाउन खोज्ने एफ एन जे युरोपले आफ्नै कार्यक्रम कुन स्रोतबाट गरेको भन्ने चाहिँ सार्वजनिक गरेको छैन । यसमापनि केजिन राईको संलग्नता र कमजोरी, नेत्रित्व र चाख रहेको आवाज उठिरहेको छ ।

beljiyama-3

पत्रकार सन्तोस न्यौपानेमाथि एन आर एन बेल्जियममा उमेदवार बनेका रमेश कँडेलले धम्की दिँदा त्यसका बिरुद्द प्रेस बिज्ञप्ती निकाल्नपनि केजिनराईले आनाकानी गरेका थिए । त्यो बिज्ञप्ती निकाल्न केन्द्रमा अनुमति मागिएको थियो । तर अहिले बेल्जियममा किन सल्लाह नगरि यो कार्यक्रम राखियो ? यो कार्यक्रम राख्दा केन्द्रमा अनुमति लिएको हो कि होइन ? केन्जिन राईले जवाफ दिएका छैनन् । आफूलाई मन नपरेका कमेन्टसमेत उनले एफ एन जे युरोपको सामाजिक सन्जालबाट हटाउने, जवाफ नदिने र चुपचाप बस्ने गरेका छन् । उनले प्रेस स्वतन्त्रताका लागि भन्दा बेल्जियममा एन आर एन बेल्जियमका पक्षमा बढि सक्रियता देखाउँदै आएका छन् ।

तपाइँको प्रतिक्रिया