अफ्रिकी मुलुकमा सयौंको उद्दार गर्ने नेपाली एनआरएनएको केन्द्रिय उमेदवार
अफ्रिकी देश । काला मानिसहरु बस्ने थलो । यो मुलुकतिर बसाई सर्ने, कामकालागि जाने त के घुम्न जानपनि उति मन नगर्ने सोच छ हामी नेपालीमा । किनकिन अफ्रिका भनेपछि हाम्रो मनमा बिदेशको रमाइलो हेर्ने, घुम्ने, सुन्दर मुलुक भन्ने पटक्कै पर्दैन । तर यहि मुलुकमा बसेर एक जना नेपालीले चमत्कार गरेका छन् । अक्किल चाहिन्छ, सिप र मेहनत भयो भने बालुवामा पानी उमार्न सकिन्छ भनेर देखाइदिने एक नेपाली हुन् हिक्मत थापा ।
अफ्रिकी मुलुक नाइजेरिया बसेरै थापाले नेपालीहरु उच्च क्षमताका ब्यबस्थापक बन्न सक्छन् भनेर मात्रै देखाएनन् की त्यहिँका मानिसलाईसमेत ब्यवशायिक क्षमतापनि सिकाइदिए । त्यहिँ बसेर उनले अनेक सपना बुन्दै ट्रान्जिट मार्गका रुपमा मानव तस्करहरुले दुख र सास्ति दिएका धेरै नेपालीको उद्दारपनि गरेका छन् । यिनै हिक्मत थापा अब आउँदो एन आर एनको केन्दिय कोषाध्यक्ष पदमा जितेर अझ धेरै सामाजिक काम गर्ने लक्ष्य बोकेका छन् ।
हिक्मत थापा यतिखेर नाईजेरियाको लागोस शहरमा बस्छन् । उनी नाईजेरिया पुग्दा उनीसित डलरका बोरा थिएनन् । नेपालीको बस्ति थिएन । साथीहरु अन्य गोरा मान्छे बस्ने मुलुकतिर छरालिएका हुँदा हुन् । यहि मुलुकमा थापाले सिपको बिउ रोपे । यहिँ उनले सम्भावना खोजे । यहाँका समस्या र खाँचो केलाए । अनि त्यो खाँचोभित्र आफूले गर्न सकिने नयाँ संभावना खोजे । अक्किल लगाए । दुनियाँ नेपाली भरिएका, सबैले गरेको काम त जसलेपनि गर्न सकिहाल्छ नी । नयाँ, कोहि नभएको, सबैले बेवास्ता गरेको, कसैले संभावनानै नदेखेको थलोमा केहि नयाँ गरेर देखाउनु पो देखाउनु । नभन्दै उनले नाईजेरियास्थित अफ्रिकाको सबैभन्दा ठुलो औधोगिक कम्पनिमा काम र मेहेनतले आफ्नो पहिचान बनाए । त्यहाँ नेपाली प्रबिधि अनुसारका चाउ चाउ कारखानाहरु खोले । त्यसकालागि नेपालबाट नेपाली प्राबिधिकहरु पुग्याए । हजारौ बिघा जमिनमा कम्पनिका लागि उखु रोपे । चिनी कारखाना स्थापना गरिदिए । त्यति मात्रै होइन, त्यहाँको माटोमा फलाएर देखाइदिए, त्यहिँको माटो सुहाउँदो । सिजनिंग र घ्यु, तेल कारखानाहरु चलाइदिए । अहिले हिक्मत थापा भन्ने नाम त्यहाँ तिनै कर्मको फलले स्थापित बनेको हो । उनी यो क्षेत्रमा सफल ब्यबस्थापक मानिन्छन् ।
यति मात्रै कहाँ हो र ? अर्काकै देशमा गरेर मात्र केहि हुँदैन, आफैंले बिदेशमा निकालेको अक्किल र जानेको सिप स्वदेशमा लगानी गर्नु पर्छ भन्ने ठानेर थापाले त्यहि कम्पनिलाइ अहिले नेपालमा शुरु गरेका छन् । अहिले ५५ अरब भन्दा बढिको लगानी गर्न लगाइ हज्जरौलाई नेपाल्मै रोजगारी दिलाउनतिर लागेका छन् । जुन औद्योगिक क्षेत्रकै नेपालमा अहिले सम्मको ठूलो प्रतक्ष बैदेशिक लगानी हो । यसले नेपालमापनि लगानी गर्ने अवसर र बाताबरण छ भन्ने अन्तराष्ट्रिय जगतमा संदेश पुर्याएको छ भन्ने उनको दाबी छ ।
युरोप र अमेरिका, अष्ट्रेलिया लैजाने भनेर नेपालबाट मानव तस्करहरुले सयैं नेपाली लाखौं लिएर उडाउँछन् । तिनले अफ्रिकाका धेरै मुलुकलाई ट्रान्जिट मार्ग बनाउँछन् । नाईजेरिया पनि एक पर्छ त्यस्तो मार्गमा । झन आजकाल त नेपाली चेलीहरुपनि डान्स बारमा नचाउने, धरालो बनाउने भनेर लगिने र अन्तत कि यातना दिने वा यौन शोषण गरेर छोडिदिने घटना हुने गरेका छन् । अलपत्र परेका नेपालीको बथानै हुन्छ कहिलेकाहिँ । ब्यवशायमा खटिएकै बेलापनि थापालाइ खबर आउँछ ‘थापा सर यति नेपालीलाई फलानो ठाउँमा ल्याएर अलपत्र पारिदिएछन् । बिजोग छ रे । ल न सर ।’ थापा दगुर्छन् त्यता । तिनको उद्दारमा खटिन्छन् । यस्ता बिजोगमा परेका धेरै नेपालीको उनले उद्दार गरिदिएका छन् । तिनलाई सकुशल नेपाल फर्काउन, कठिन यातना भोगेका नेपालीलाइ राहत दिन उनले गरेको योगदान धेरै नेपालीले बारम्बार संझिने गर्छन् । मुखका लाटा, काम र उपकारका बाठा भनेरपनि नेपालीहरुबिच चिनिने थापा उति बोल्दैनन् । सुस्त बोल्ने, म्रुदुभाषी थापा गलत कामको भद्र शैलीमा बिरोध गर्छन् । आत्माले नमानेको काम कसैलाई खुशि पार्न र भोली यो मान्छे काम लाग्ला भनेर मौन समर्थन गर्ने बानीपनि छैन । धेरै नेपाली यसै भन्छन् ।
यतिबिघ्न सामाजिक काम गर्ने थापा किन मेडियामा चर्चाका पात्र बनेनन् त ? उनी मेडियामा छाएका छन् । तर जति हुनुपर्ने हो त्यति भने भएको छैन । उनको बुझाई के हो भने हरेक सामाजिक कामको प्रशंसा खोज्दै मेडियाका द्वार चहार्ने गर्दैनन् । त्यसैले उनको कर्म सार्वजनिक रुपमा पत्रिकाका पाना र रेडियोका तारहरुमा उति झन्किएका छैनन् । तर उनको नाम धेरै नेपालीको मनमा नमेटिनेगरि बसेको छ । सामाजिक काम देखाउन होइन मन, भावना र ह्रिदयको भित्रि कुनाबाट आउने ठान्छन् उनी ।
हो यिनै थापा गैह्र आवासिय नेपाली संघको आगामी अक्टोबरमा काठमाडौँमा हुने विश्व सम्मेलनमा सन् २०१५ -२०१७ को अन्तराष्ट्रिय कार्य समितिको लागि कोषाध्यक्ष पदमा उमेदवारि दिएका छन् । गैह्र आवासिय नेपाली संघमा गलत तत्वहरु घुसे, मानव तस्करहरुकोपनि हालीमुहाली भयो भन्ने गुनासो भैरहेका बेला थापाले उमेदवारी दिँदा धेरैले प्रशंसा गरेकापनि छन् । किनभने यि थापाले कर्मशिल, स्वच्छ र कलंकरहित छबी बनाएका छन् । यस्ता मानिस पुगे नेत्रित्वमा भने खराब कामले प्रश्रय पाउने छैन भन्ने विश्वास धेरैको छ ।
त्यसो त, थापाको गैह्र आवासिय नेपाली संघमा आबद्दता नौलो होइन । गैह आवाशिय नेपाली संघको अफ्रिका क्षेत्रका संयोजक बनिसकेका थापालाईनै जस जान्छ, अफ्रिकाका धेरै देशमा गैह्र आवाशिय नेपाली संघ गठनको । नाईजेरियाकालागि संस्थापक संयोजक उनले दुई कार्यकालसम्म अफ्रिकी महादेशकै लगि महादेशिय संयोजक बने । यो कार्यकालमा उनले गरेको राम्रो काम के हो भने यो महादेशमा दुख पाएका धेरै नेपालीको उद्दार भयो । यो महादेशको गैह्र आवाशिय नेपाली संघ झण्डै झण्डै बिवादरहित बन्यो ।
च्वाट्टै भुलिएको यो महादेश, गरिब भनिएको यो समग्र भूमीबाट उनले थुप्रै मानविय सहयोग नेपाल पुर्याएर देखाइदिए । हालैको भूकम्पपछि राहतका लागि लगभग १ करोड रकम गैह्र आबशिय नेपालीहरुले अफ्रिकाबाट एन आर एन ए मार्फत सहयोग दिए । उनकै आफ्नो कार्यरत कम्पनिबाट नेपाली १० करोड प्रधानमन्त्री राहत कोषमा पुर्याए ।
उनले सिकेदेखेको, जाने बुझेको तथ्य के हो भने बैदेशिक रोजगारमा धेरै समस्या छन् । तिनलाई सरकार, सरोकारवाला, नेपाली संघसंस्थाले सुल्झाउनुपर्छ । त्यसमा गैह्र आवाशिय नेपाली संघले सक्रिय भूमिका खेल्नुपर्छ । हो, यहि विषयलाई बढि ब्यवस्थित गर्ने लक्ष्य थापाले लिएका छन्, केन्द्रिय समितिमा पुगेपछि । बैदेशिक रोजगारमा जाने र जान दिने सबै पक्षको भूमिका जिम्मेवार र सुरक्षित बनाउने उनको प्रयास रहने उनले बताउँदै आएका छन् । र उनले सन् २००७ साल देखि गैह्र आवाशिय नेपाली संघमा बसेर सिकेको, बुझेको अर्को पक्ष के भने गैह्र आवाशिय नेपाली संघमा सहजीकरणको अझै अभाव छ । त्यसलाई पुरा गर्ने उनको उद्देश्य छ । नेपालमा लगानी गर्न चाहने बिदेशी र नेपालीहरुकै संख्यापनि कम छैन । सबैले पन्छाएको, कसैको आँखा नपरेको मुलुकमा गएर ब्यवशाय स्थापित गरेर देखाएका थापालाई थाह छ, नेपालमा बैदेशिक लगानी गर्न सकिने अवस्था छ । तर त्यो राष्ट्रिय हितमा हुनुपर्छ । यो बुझेका थापाले आफू गैह्र आवाशिय नेपाली संघको कोषाध्यक्ष पदमा पुगेपछि गर्ने प्रयास भनेको योपनि हो । उनले आफ्नो उमेदवारी घोषणा गर्दापनि यसलाई प्राथमिकतामा राखेरै सार्वजनिक गरेका छन् ।






