‘बेल्जियममा नेपाल हाउस बनाउने योजना अगाडि बढ्छ’
बेल्जियममा नेपाल हाउस बनाउने योजना अगाडि बढ्छ-संयोजक, राधाकृष्ण अधिकारी-जयन्तु सक्रितम तथा नेपाल हाउस परियोजना
ठिक चार वर्ष अगाडी बेल्जियमको लुभेन सहरमा भागवतज्ञान महायज्ञ सम्पन्न भएको थियो। यूरोप भरिका नेपालीहरुको उपस्थित उक्त कार्यक्रमको लक्ष्य थियो, बेल्जियमवासी नेपालीहरुको लागि ‘नेपाल हाउस’ निर्माण गर्ने । तर भित्रि किचलोको कारण यो योजनामा कोहिपनि अघि सर्न खोजेनन् । एन आर एनका पदाधिकारीहरुले समेत यो योजनालाइ तुहाउन अघि सरेको आरोप छ । ससाना कुराहरुमा आरोप प्रत्यारोपका बीच चार बर्षसम्म यो विषय बिवादमै अल्झिरह्यो ।
नेपाल हाउस बनाउन भनेर ठुला ठुला रकम बोल्नेहरु यो मुद्दालाइ जति सक्दो दबाउने पक्षमा देखिएका छन् । आफुहरुले बोलेको रकम इमान्दरितापूर्वक उठाउन सुरु गरेको भए अहिलेसम्म यो परियोजनाले सार्थकता पाउने थियो | सन् २०११ को सेप्टेम्बरमा भएको भागवतज्ञान महायय्ग्नमा सबैभन्दा धेरै रकम बोल्नेमा चिज कुमार श्रेष्ठ र अनुजा प्रधान दम्पति थिए | २५ हजार यूरो बोल्ने श्रेष्ठ अहिलेको नयाँ दुइ बर्षे नेतृत्वका लागि एन आर एन ए बेल्जियमको आइ सी सी पदमा बिजयी बनेका छन । त्यस्तै, दोस्रो ठुलो रकम बोल्ने अर्जुनकुमार श्रेष्ठ आउँदो एन आर एन केन्द्रिय कमिटिको लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । नवनिर्वाचित एन आर एन बेल्जियम अध्यक्ष गंगाधर गौतमले पनि सात हजार पाँच सय यूरो दिने घोषणा गरेका थिए | यी सबै बरिस्ठ मानिने ब्यक्तिहरु लगायत अन्य उधारो दाताहरुले चासो र तदारुकता देखाएको भए अहिलेसम्म योजना तुहिने पक्का थिएन ।
नयाँ कार्यसमितिसंगै नेपाल हाउस योजना अगाडी बढ्ने दाबी यसका मुख्य योजनाकार राधाकृष्ण अधिकारीको रहेको छ । जयन्तु सक्रितमका संस्थापक समेत रहेका अधिकारीसंग यहि बिषयमा केहि कुरा गरिएको छ । अधिकारीले एन आर एन तथा अन्य तत्वहरुले गर्दा योजना अगाडी सर्न नसकेको भनाई बाहिर ल्याएका छन । गंगाधर गौतमको समुहसँगै यो योजनाले मुर्तरुप पाउने उनको दाबी छ । सुन्नुहोस स्थित पत्रकार सन्तोस न्यौपानेले लिएको अडियो वार्ता ।





