पत्रकारलाई धम्की : अरु जस्तो होइन, तमु समाजलाई नछुनु (अडियो सहित)

 

तमुसमाज बेल्जियमको कार्य समितिका दुर्गा गुरुङले टेलिफोन गरेर पत्रकार सन्तोस न्यौपानेलाई धम्की दिएका छन् । आज बिहानै सन्तोसलाई फोनबाट उनले धम्की दिएका हुन् । नेपालप्लसमा भूकम्प पिडितका नाममा बोलेको सहयोग नदिने कोको परे बेल्जियममा ?” भन्ने शिर्षकमा जुलाई १० मा समाचार प्रकाशित थियो । त्यसमा सन्तोष न्यौपानेले एन आर एन बेल्जियमका अध्यक्ष प्रेम गुरुङकै भनाई राख्दै त्यो रिपोर्ट बनाएका थिए । रिपोर्टमा बेल्जियमका बिभिन्न ब्यक्ती र् संघ संस्थाले भूकम्प पिडितका लागि राहत दिने बचन दिएपनि राहत भने नदिएको भन्ने प्रतिकृया दिएका थिए । त्यही बिषयलाई लिएर दुर्गा गुरुङले फोनमा ‘किन यस्तो लेखेको ?’ भन्दै धम्काएका हुन् । उनले ‘तिम्रो घर कहाँ हो ? म त्यहीँ आउँछु’ भन्दै तर्साउन खोजे ।

एन आर एन बेल्जियमको अध्यक्ष जस्तो ब्यक्तिले नै हाकाहाकी बोलेका कुरालाई समाचार बनाएपछि बरु तमु समाजलाई चित्त नबुझे अध्यक्ष प्रेम गुरुङलाईनै सोध्नुपर्ने थियो । आफ्नै संस्थामा छलफल गराउनुपर्थ्यो । एन आर एन बेल्जियमलाई तमु समाज बेल्जियमले कुनै राहत दिने आश्वासन नदिएको भए प्रेम गुरुङ झुटा साबित हुन्थे । तमु समाजले आफ्नो स्पष्ठ भूमिका र नबोलेको कुरोको खण्डन, प्रतिकृया मार्फत स्पष्ठ पार्न सक्थ्यो । तर दुर्गा गुरुङले भने समाचार लेख्ने सन्तोष न्यौपानेलाईनै फोन गरेर उनैको घरमा आउँछु भन्दै गुण्डागर्दीको शैली अपनाए । उनले न्यौपानेसित फोनमा कुरा गर्दा भनेका छन् ‘यो तमु समाज अरु जस्तो होइन । यो सहयोग गर्छु भन्ने कुरा कहाँ बाट आयो, कसरी आयो तपाईंले भन्नुपर्छ’ भन्दै उर्दी जारी गरेका छन् ।

दुर्गा गुरुङले ‘तमु समाजले राहत दिनेबारे केही नबोलेको’ दाबी गरेपनि एन आर एन बेल्जियम अध्यक्ष प्रेम गुरुङले भने दिन्छु भनेरपनि तमु समाजले नदिएको बताएका छन् । ‘बोल्ने ब्यक्ती प्रेम गुरुङलाई सोध्नुस् न’ भनेर पत्रकार न्यौपानेले पटक पटक संझाउँदापनि दुर्गा गुरुङले सुनेनन् । ‘प्रेम गुरुङले बोलेका कुरालाई ‘तमु समाजको अध्यक्षले दिएको भनेर तपाईंले बोलेको हो’ भन्दै उनले जबर्जस्ती गरेका छन् । प्रेम गुरुङले बोलेको के हो र जिम्मेवार पदमा बसेको ब्यक्तिले बोलेको कुरा समाचार बनेपछि त्यसलाई कसरी भद्र ढंगले प्रतिबाद गर्नुपर्छ भन्ने सुझबुझ सम्म उनमा देखिन्न । उनले अझ दबाब दिँदै भनेका छन् ‘प्रेम गुरुङले रिपोर्ट गर्दा तपाईपनि आउनुपर्‍यो ।’

तमु समाज भनेको जंग बहादुरको पालाको आदेश, बादशाह, हुकुमी शासन भित्रको कुनै एक निकाय झैं उनले उर्दी जारी गर्दै भनेका छन् ‘तमु समाजलाई छुने कामै नगर । अरुलाई लेखेर अरुलाई ख्याल ठट्टा गरे जस्तो ठाने होला हेर भाई ।’  अब तमु समाजले के गर्छ दुर्गा गुरुङलाई ? के प्रतिकृया दिन्छ ? त्यो भने हेर्न बाँकी छ ।

तपाइँको प्रतिक्रिया