भूकम्प पिडितको राहत : कमजोरी छोप्न अर्कै मेडियाबाट झुठो बिज्ञप्ती (अडियो सहित)

  • सन्तोष न्यौपाने/ बेल्जियम

केहि दिन अघि बेल्जियम स्थित नेवारहरुको संस्था पासापुच बेल्जियमले भूकम्प पिडितहरुको लागि बोलेको रकम नदिएको भन्ने समाचार नेपालप्लसमा स्रोतको नामै किटान गरेर सम्प्रेषित भयो । त्यसपछि समाचारको खण्डन गर्दै सस्थाको गल्ति ढाकछोप गर्ने प्रयत्न गरेको छ । पासपुचका कार्यबाहक अध्यक्ष योगेन्द्र श्रेष्ठको नामबाट जारि विज्ञप्तिमा भनिएको छ- ‘यस अति दुखित तथा संबेदनशील अवस्थामा आआफुबीचमा चिरा ल्याउने हर्कत अपनाउनु भन्दा संयमता अपनाउनु पर्ने अवस्थामा, असन्तुलित मानसिकताले समस्यालाई समाधान गर्नु भन्दा त्यसलाइ बिकराल रुपमा लाने ठहर गरेका छौ ।‘

बिज्ञप्तिमा भने सस्थाले आफ्नो गल्ति महसुस गर्न सकेको छैन । केवल समाचारलाइ गलत देखाउदै आफु पानि माथिको ओभानो बनेको छ । यसो गर्दा उसले आफ्ना कमजोरी ढाक्न मात्रै बिज्ञप्ती निकालेको उसैको कदमले खुलाउँछ । समाचारमा चित्त नबुझे समाचार प्रकाशित मेडियामार्फत खण्डन पठाउने प्रचलन बिरुद्द पनि छ पासपुचको बिज्ञप्ती । पासपुचले नेपालप्लसमा कुनै खण्डन नगरि, बिज्ञप्तीसमेत नपठाई अन्य मेडियामार्फत बिज्ञप्ती छाप्नुले भूकम्प पिडितलाई बोलेको राहत नदिनुको तथ्य झन प्रस्ट पार्छ ।

पासपुचका कार्यबाहक अद्क्ष्यले जेजति बिज्ञप्तिमा मिठा शब्दले बुझाउन खोजेका छन् त्यतिकै बुझपचाउन पनि खोजेका छन् ।  समाचारमा आपत्ती लागेर स्पष्ठ पार्न बिज्ञप्ति निकाल्न सक्ने सस्थाले समाचार आउनुपुर्ब किन एन आर एन बेल्जियमलाई बुझाउन सकेन ? पटक पटक ताकेता गर्दापनि किन जवाफ दिन सकेन एन आर एन बेल्जियमका अध्यक्ष प्रेम गुरुंगलाई ? अहिले समाचार प्रकाशित भएपछी मात्रै  समाचारलाइ दोष दियर उम्कन मिल्छ ?

आफै गल्ति गर्ने, बोलेको रकम नदिने अनि आफै चोखो बन्न खोजेर हुन्छ ? अनि विज्ञप्तिको अर्को हाँसो लाग्दो कुरा के छ भने ‘एन आर एन बेल्जियमको अधिबेशनलाइ राजनीतिक रुपमा प्रभावित हुने गरि कुनै पनि ब्यक्ति वा सम्भाबिट उम्मेदवारलाइ हिलो छ्याप्ने कार्य तुरन्तै बन्द गर्नु पर्दछ’ भनिएको छ । बिज्ञप्ति समाचार केद्रित हो कि उम्मेदवार जिताउने तरिका हो ?समाचारले कुन उम्मेदवारलाई हिलो छ्याप्ने काम गर्यो ? पासपुचले स्पष्ट पार्ने प्रयास खै गरेको ?

कुनै ब्यक्ती, संस्था निर्वाचनमा लागेको छ, उ नेत्रित्वको दाबी गर्दै छ भन्दैमा के गलत कामहरु गरिरहन दिने ? निर्वाचनमा लागेकाको बारेमा केही नबोलेर, तिनको दोष आँखा चिम्लेर मेडिया र समूदाय बस्न मिल्छ ? निर्वाचन जित्ने काम गलत कामलाई पर्दाले छोपेर गर्न पाईन्छ ? बरु नेत्रित्वमा आउनेले त बिगतका असल र खराब कामको बारेमा छर्लङ्ग राखेर आउनुपर्ने होइन र ?

समाचार तथ्यसहित छ वा छैन तलको अडियो सुन्नुहोस् । पासपुचले बिज्ञप्ती सार्वजनिक गरेपछि एन आर एन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ र बुद्दी बरालसित लिइएको अडियो हो यो ।

तपाइँको प्रतिक्रिया