पुरस्कार लिएर रुँदै रुँदै मैदान बाहिर

????????????????????????????????????

Best player prabin Basnet

एन आर एन ए युरो क्प टुर्नमेन्टमा आए १६ टिम । अन्त्यमा पहिलो पुरस्कार बेल्जियमको चहल पहल टिमले जित्यो । दोस्रो भयो नेदरल्याण्ड्सको टिम । पुरस्कार बितरण गर्ने कार्यक्रम चल्यो । टेबलमा पुरस्कारहरु राखिएका थिए । मुख्य अतिथी, विशेष अतिथी र अन्य अतिथिहरु पुरस्कार बितरण गर्न लागेका थिए । टुर्नामेन्टका उत्क्रिष्ठ खेलाडी घोषित भएका थिए, नेदरल्याण्ड्सका प्रबिन बस्नेत । पुरस्कार लिन उनलाई बोलाउँदा उनी हर्षित हुँदै आए ।

????????????????????????????????????

????????????????????????????????????

एन आर एन स्विजरल्याण्ड्सका संस्थापक अध्यक्ष संजय मुडभरीले ट्रफी दिए । यो टुर्नामेन्टका संयोजक निराजन श्रेष्ठले अबिर घसिदिए । एन आर एन स्विजरल्याण्डका आइसिसि सदस्य शिव रिजालले प्रमाणपत्र दिए । उनी हाँस्दै आफ्ना सहपाठी साथीहरु बसेको अघिल्लो मोर्चामा बस्न गए । प्रमाण पत्र र ट्रफी समातेर तस्विर खिचे । तर केही बेरमै उनी जुरुक्क उठेर एक्लै खुइँ खुइँ बाटो लागे । निकै पर पुगे । असहज महसुस भो । उनका हातले आँखामा केही पुछे जस्तो देखियो ।

NRN-swiss-Eurocup-2 431

फाइनल खेल अघि तर्बुजामा रमाएका बस्नेत 

????????????????????????????????????

????????????????????????????????????

फाईनल खेलको तयारीमा बस्दा पछिल्लो लहरमा देब्रेबाट दोस्रोमा बस्नेत 

NRN-swiss-Eurocup-2 628

३ नंबर जर्सेको अगाडि साथीहरुका बिच प्रफुल्ल मुद्रामा बस्नेत 

उनी हातमा प्रमाण पत्र बोकेर रातो निधारमै रुँदै हिँडेका रहेछन् । उनी निकै पर पुगेपछी साथीहरु उनको पछी पछी लागे । संझाएर पुरस्कार बितरण कार्यक्रममा लिएर आए । पुरस्कार हात पर्दा मानिसहरु खुशीले रमाउँछन् । हाँसेर मुर्छा पर्छन् । उफ्रिन्छन् । तर उनी किन रुँदै बाहिर निस्किए ? सबैमा कौतुहलता जाग्यो । किन रोए सर्बोत्क्रिष्ठ खेलाडी ?

????????????????????????????????????

????????????????????????????????????

ट्रफी लिँदै गरेका बस्नेत । उनको अनुहार प्रमाणपत्रले छोपिएको छ 

उनको उमेर जम्मा १५ वर्षको रहेछ । यती सानो उमेरमै राम्रो प्रगती गरेका खेलमा । फाईनल खेलमा आफ्नो टिमलाई प्रथम बनाउन अती कोशीस गरेका । यता आफ्नो टिमले बेल्जियमसित हार्‍यो । तर आफू भने सर्बोत्क्रिष्ठ खेलाडी साबित भए । आफ्नो टिमले हार्ने । आफू सबै भन्दा अब्बल खेलाडी घोषित हुने कसरी ? उनलाई सहन गाह्रो भएछ । दु:खको पाटो यो थियो उनको । तर यती सानो उमेरमै युरोप भरिका नेपालीबिचको खेलमा अब्बल खेलाडी बन्नु आँफैंमा चानचुने कुरो थिएन । शायद उनले नसोचेको सफलता थियो । त्यसैले हर्षले गर्दा उनले मन थाम्न सकेनन् । रोए ।
NRN-swiss-Eurocup-2 204

नको टोलीको नेत्रित्व गरेर आएका टिम प्रमुख अचुत कट्टेल उनी रुनुलाई सामान्य ठान्छन् । खेल अवधीभरि आफ्नो टोलीलाई सफल बनाउन अती खेटेका र तिनको खानपिन, बसाईदेखि हरेक कुरोमा उर्जा भरिरहेका उनी भन्छन ‘जम्मा १५ वर्षको केटो । आफ्नो टोलीले हारेको छ, आफू बेस्ट खेलाडी घोषित भएर अबिर घसेको छ । ट्रफी समातेको छ । यती सानो उमेरमा युरोपभरिकै बेस्ट खेलाडी बन्छु भनेर कसैले सोचेको हुन्छ ? अकस्मात त्यत्रो सफलता मान्छे रुन्न ? पागल बन्दैन ?’

उनी निकै पर पुगेपछी उनका साथीहरु उनको पछी पछी लागे । संझाएर पुरस्कार बितरण कार्यक्रममा लिएर आए ।

NRN-swiss-Eurocup-2 471

बेल्जियमलाई पहिलो गोल हानेपछि रमाउँदै बस्नेत 

यि फुच्चे  नेदरल्याण्ड्सको स्थानइय क्ल्बबाट फूटबल खेल्छन् । त्यहाँपनी उनको प्रस्तुती राम्रो भएको उनका साथीहरुले बताए । तर राष्ट्रिय खेल, युरू कप, वर्ल्ड कपमा यि पुग्लान कि नपुग्लान ? उनीसितै फूटबल खेल्न आएका उनका साथीहरुले काठइन रहेको बताए ? किन त ? ‘ नेदरल्याण्ड्समापनी स्थानिय नागरिकलाई महत्व दिईने । त्यती माथिल्लो तहको खेलमा जान प्रशिक्षक र प्रशासनिक क्षेत्रमा कोही न कोही आफ्नो मान्छे चाहिने रहेछ । ‘खेल्न त सकिन्छ, खेल राम्रोपनि छ नी । तर बिदेशीहरुलाई जती राम्रो खेलेपनि त्यती माथि जान दिँदैनन् ।” टुर्नामेन्ट खेल्न आएका उनका साथीहरुले सुनाए । तर अब्बल खेलाडी रहिरहे, अहिलेको उनको खेलको स्तर बढाउँदै लगे भने त्यो संभव रहेको बताउने पनि थिए ।

तपाइँको प्रतिक्रिया