अष्ट्रिया बस्ने नेपाली अमेरिकी विश्वबिध्यालयमा उत्कृष्ट

  • शिव सापकोटा / भियना, अष्ट्रिया

11536979_1066387763389912_1269417660_n

बिगत दुइ दशकदेखि अष्ट्रीयाको तिरोलमा बस्दै आएका रुद्र विश्वकर्मा  र मंजु विश्वकर्माका जेष्ठ सन्तान रोशन विश्वकर्माले अमेरिकाको हर्वड बिश्वबिध्यालयमा परेका ३७,३०५ निबेदन मध्यबाट आफ्नो नाम निकाल्न सफल भएका छन् । यो खबरले हामी नेपालीहरुको शैक्षिक ईतिहासमा नयाँ उत्साह थपेको छ ।

आफू आठ महिनाको छदा आफ्नो बाबु आमाको साथमा अस्ट्रिया आएका विश्वकर्माले, ‘संसारकै सबैभन्दा उत्कृष्ट’ विद्यार्थीहरुको पर्दिस्पर्दामा आफुपनि चुनिएको बताए ।

पर्बत जिल्लाको चित्रे गबिसमा जन्मेका बिश्वकर्माले आफ्नो स्कुलेजिबन तिरोलको ‘रेअल गेम्नाजियम’ बाट पूरा गरेका हुन् । विश्वकर्मा उक्त स्कुलबाट ‘हर्बड बिश्वविद्यालय’मा नाम निकाल्ने पहिलो विद्यार्थी हुन् ।

तपाइँको प्रतिक्रिया