बेल्जियमका मनका धनि लोक दाहाल
- श्याम शर्मा / बेल्जियम
‘मामा मामा खत्तम भो ,नेपाल मा बर्बाद भो !लौन के गर्ने हो ? घर गाउँ सबै सखापै पारे जस्तो छ । भर्खरै म घर फोन गर्दै थिएँ सबै भाग्दै थिए । रुदै थिए ।के भो केभो ? भनेर मैले सोध्दा भुकम्प ले सखाप पार्यो । घर गोठ ढले भन्दै गर्दा फोन काटियो ।’ एकै सासमा पोर्चुगल बाट भान्जा नारण सिम्खडाको हतासको फोन आयो । दैनिक जसो आफ्नो ब्याबसाय सकेर आरामको रात बिताई बिहान उठेर सदाको जस्तै दैनिकी मा लाग्ने सुरसारमा थिए मामा लोक दाहाल । त्यो फोन ले सधै उठे पछि फ्रेश हुन् कफी पिउनु पर्ने दाहाललाइ ठुलो झड्का दियो दिमागमा । उनि बिउझने मात्रै होइन झस्के अनि खंग्रंगै भए ।
हतारमा फोन लिए अनि नेपाल फोन हान्न लागे । फोन लागेन । पहिलो फोन काठमान्डू घरमा नलागेपछि गाउँको घर धादिंग मा सम्पर्क गरे । त्यहाँ पनि लागेन ।उनको मन तातो आगोमा उम्लिएको पानि भन्दा बढी उम्लियो । केहि बेरको कोसिसपछि जन्मथलो बुडाथुमको घरमा फोन लाग्यो । उनले अघि भान्जाले भनेको कुराको पुस्टि हुने गरि सुने । गोठ भत्कियो । गाइ बस्तु मरे । रुवा बासि । ऐया आत्थु । ज्यान यहाँ मन वहा भयो । आफु समालिन गारो पर्यो । फेरी पनि नआत्तिन भन्दै सान्त्वनाका सब्द दिदै थिए । फोन काटियो । मन बेचैन भो । उनको मथिंगलमा जन्म थलो, भिर पाखा डांडा काँडा घुम्यो । फेरी पनि आफु परदेसमा ।
यहाको बसाईका आफ्नै सिमा छन् । मन नभई नभै पनि आफ्नो पेशा समाल्नु पर्ने । अनि उनि उतै लागे । बुडा थुम गाबिस, धादिंगमा जन्मथलो भै २००० देखि बेल्जियममा बसोबास गर्दै आएका लोक दाहाल बेल्जियमका उदियमान ब्याबसायीहरु मध्यका सफल ब्याबसायी मानिन्छन । छोटो समयमा शुशी किङ्ग, बेल्जियमका ३ रेस्टूराण्टका मालिक हुन् दाहाल । नेपाली ब्यावसायी संघ, बेल्जियमका महासचिव समेत रहेका दाहालले त्यसदिन रेस्टूराण्ट खोले पनि मनमा शान्ति कत्ति पनि थिएन । यो पिडा उनलाई मात्रै होइन उनका स्टाफ लाइ पनि त्यस्तै थियो ।
एक हिसाबले भन्दा त्यो २५ अप्रिल सनिबारको भूकम्पले बिश्वलाइ नै कम्पन गराएको थियो । लामो समय देखि विभिन्न सामाजिक गतिबिधिमा संलग्न दाहाललाइ बेल्जीयका मिडियाहरुले पनि चिनेका थिए । बेल्जियमको प्रख्यात दैनिक पत्रिका गजेट भान आन्तरपेनका बेल्जिक रिपोर्टर उनको रेस्टुरेन्टमा दिउसो आइपुगे । जब उनलाई पत्रकारले आफ्नो परिचय सहित जानकारी लिने अनुमति माग्यो, दाहाल अलि भाबुक बने । सोचे, पिर त हामीलाई मात्रै होला भनेको यिनीहरु पनि नेपालको रहेछ भन्ने सम्झे । उनले आफुले फोनमा सुनेकोदेखि आफ्ना भावी योजना सुनाए । ब्याक्तिगत रुपमा उनले आफ्नो ३ रेस्टुरेन्ट को १ दिनको कमाइ र स्टाफको तलब भुकम्प पिडितलाइ दिने जानाकारी दिए । त्यो दिन मे १ का दिन हुने जानकारी पनि तुरुन्तै दिए ।
पत्रकारले पनि त्यो कार्यको प्रसंशा गर्दै त्यो दिनको लागि ग्राहक जोड्न सक्दो प्रचार गर्ने बिस्वास सहित बिदा भए । सोहि अनुसार मिडियाले सहयोग गर्यो । एक तारिखका दिन सबै हिसाब गरे झन्डै दस लाख रुपया बराबरको रकम पिडितका नाममा छुट्टाउन सफल भए । जुन कुरा सो पत्रिकाले अर्को दिन बिस्तृत रुपमा प्रकाशन गर्यो । ब्यावसायीहरुको तर्फबाटपनि नगद संकलन गरि झन्डै २ लाख एन आर एन लाइ बुझाए । यसैगरी बेल्जियमका व्यापारीको कासा छेउमा राहत संकलानार्थ झन्डै ६० थान खुद्रुके राख्ने अभियानपनि सम्पन्न गरे । बाकि आर्थिक संकलन अभियान जारिराख्न अरु ब्याबसायी साथीहरुलाई जिम्मा दिदै उनि नेपाल जाने र दुखमा साथ दिने विचार गरे । आफुले बोलेको रकम पोको पारे अनि लागे मे ३ तारिखका दिन नेपाल ।
जब दाहाल ४ तारिख काठमान्डू पुगे राहतका सामग्री पहिला केहि खरिद गर्न लगाई सकेका थिए भने बाकि सबै आवस्यक तयारि गरि ५ तारिख गाउँ पुगे । गोरखा जिल्लाको थूमि गा.बि.स को बरम गाउँ, मानवु गा.बी.सको स्यमचेतमा ११० बोरा चामल नुन र तेल बितरण गरे । ताम्रांग गाबिसका अति गरिब दलित परिवार लाइ सानो भएपनि आफ्नो गर्जो टार्न सकुन भनि १० घर लाइ ५ हजार का दरले ५० हजार नगद राहत स्वरूप प्रदान गरे । गोर्खाका यी दुइ गाउँ सकी उनि लागे आफ्नो जन्म थलो धादिड़ जिल्लाको बुढाथुम गा.बि.सको गलने गाउलाई १०१ ब्यान्डल जस्ता पाताप्रति धुरीलाइ एक ब्यान्डलका दरले वितरण गरे । सोहि गाबिसमा नपुग १५ घर लाइ १५ थान पाल वितरण गरे । बसेरी गा.बी.स मा ३२ ब्यान्डल जस्तापाता प्रति धुरी एक ब्यान्डलका दरले वितरण गरे । ५० हजार नगदलाबू डाँडा को प्राबी स्कुललाइ जिर्ण उद्दारको लागि प्रदान गरे । त्यसैगरी तीपलीड़मा ७०००० हजार बराबरको ४२ थान पाल प्रतिधुरीका दरले वितरण गरे । साथै बेल्जियमका राजकुमार थापाले दिइ पठाएका साबुन र औषधीपनि पिडित हरुलाई वितरण गरे । संगै ब्याबसाय गरिरहेका छोरी ज्वाई काशी दनाईबाट प्रदान भएको तिन लाख रुपयाको राहत खाद्यान्न र पाल धादिंगको चैनपुर गाबिस मा वितरण गरे ।
आफ्नो बेल्जियमको ब्याबसायको परिचय स्वरूप रेस्टुरेन्टको नाम शुशी किङ्ग, बेल्जियम लेखिएका टिसर्ट उनले र उनका अन्य सहयोगी ले लगाएका थिए । झन्डै १० दिन गाउँको दुख सुखमा मल्हम लगाउदै, वल्ला घर, पल्ला घरकालाइ सान्त्वना र राहत दिदै बिदा मागे । गाउलेहरु पनि त्यति टाढा बसेको सानोमा देखेनी ठुलो भएपछी टाढा भयो भनेको दुखका दिन मा घरमै राहत र सान्त्वना दिन आएकोमा अतिनै खुसि अनुभूति गरेको सुनाए र भने ‘तिम्रो यो गुण जीवनमा भुल्ने छैनौं’ । मन अमिलो पार्दै काठमान्डौ फर्किए ।
प्रकृतिको बिपतिलाई कसैले रोक्न सक्दैन । तर पनि विपति पछि उद्दार र राहत राज्यबाट पुग्नुपर्नेमा नपुगेको देख्दा मन खिन्न पारे । बरु विभिन्न राजनैतिक तथा सामाजिक संघ संस्था खटेको पाए । त्यहि अवसर बिपत मा परेकालाई नेकपा माओवादी (बिप्लव समूह ) का कार्यकर्ताहरुको खटाइबाट प्रभावित भए । उनीहरुले गरेको सहयोग र उद्दारलाइ हौसला प्रदान गर्न रास्ट्रिय जन स्वयंसेवक, नेपाललाइ रातो टिसर्ट किनी दिने विचार गरे । सोहि अनुसार नेकपा माओवादीका पिबिएमलाइ पचास हजार नगद प्रदान गरे । उनको मन त्यहि बसेर अझै पिडामा सहयोग गर्ने भएपनि ब्यबसाय सम्माल्नपर्ने भएकोले मिलेमा छिट्टै फर्कने आशाका साथ १२ दिनको छोटो बसाइमा झन्डै २० लाख बराबरको राहत बितरण गरि १५ मे का दिन बेल्जियम आइपुगे ।
यति गरेर फर्के पनि उनको मन ले मानेको छैन । अझै केहि गर्ने सोच छ उनको । जस अनुसार ५ जुनका दिन बेल्जियमबाट २३ जनाको मेडिकल र प्राबिधिक टोलि पठाउदै छन् । यो टोलि स्वयंसेवी हो, संयोजन दाहालले गरेका हुन् । यो टोलि धादिंग को बूढाथुम गाबिसमा जाने छ । जसले उनि पढेको स्कुल बद्रि बिशालमा बि बुडाथुमको भौतिक निर्माण र त्यहाका जनतालाई प्राथमिक उपचार गर्ने छ । स्वर्गीय आमाको नाम मा ३ लाखको अक्षयकोष निर्माण गरेका दाहालले यहि मा बि मा भोलि का दिनमा थप सहयोग गर्ने सोचपनि राखेका छन् । परोपकारी र दानी मनका धनि लोक दाहालले गरेको यो सहयोग रकम र भावना बेल्जियमका अन्य सबै नेपाली भन्दा माथि रहेको छ । जुन अनुकरणीय र सह्रानीय छ ।












