झ्याल नभएका डिब्बामा रात कटाउँदै युरोपमा ‘मस्ती’
धेरै नेपालीले सपना देख्छन, युरोप आउने । यहाँ आएपछि टन्न दाम कमाइन्छ । आराम हुन्छ । मोजमस्ती गर्न पाईन्छ । मिठो खान र राम्रो सुकिलो लाउन पाईन्छ । सबै सुबिधायुक्त ठाउँमा बस्न पाईन्छ, हाइसञ्चोले । जिन्दगी सफल हुन्छ । युरोप भनेको काम गर्ने मान्छे नपाएर गोरेहरु हैरान परेको थलो हो । पाखुरामा समातिसमाति जागिर खान बोलाउँछन् । तर त्यस्तो होइन भन्ने कुरो कसैले भनिदिएपनि पत्याउँदैनन् । नेपालएेलाई युरोप छिर्न अपए पुग्छ, बाँकी सबै यता आएपछी पाईन्छ भन्ने सोचेका हुन्छन । तर यता आएपछि धेरै नेपालीको दु:खका दिन शुरु हून्छन् । तनाब हुन थाल्छ । बस्न र खानैको समस्या पर्न थाल्छ । अनी बिकल्प सोच्न थाल्छन् कता जाने ? युरोपमा बैधानिकरुपले बस्ने र काम गर्न इजाजत पाउनइ सकिन्न । त्यसपछी अधिकांश नेपाली अहिले पोर्चुगल जान्छन् । तर पोर्चुगलमा पनि सहज हुन्न ।
पोर्चुगलमा काम पाउने क्रिषीमा हो । नेपालीले स्थानिय भाषा जानेका हुँदैनन । त्यसैले कसैलाई केही भन्नै नपर्ने, बुझ्न, सिकाउनै नपर्ने, एक सुरले काम गर्दापनि केही नबिग्रिने काम चाहियो । त्यो क्रिषीनै हो । त्यहाँ काम लगाउने नाईकेले एक पटक देखाइदिएपछि फटाफट गर्न सकिने ।
भाषा नजानेका, अन्य पेशा नजानेका, बस्ने खाने थलो नभएका, केही किनेर खान पैसा नभएका नेपालीलाई यस्ता डिब्बामा बस्ने ठाउँ दिन्छन् । सबै कुरोको समस्यामा परेका नेपालएेलाई जन्तुजसरी राखेपनी हुन्छ भन्ने सोच ठेकेदार, साहुको हुन्छ । दिनभरी क्रिषीमा ८, ९ घण्टा पसिना चुहाउँदै काम गर्छन् । थाकेको ज्यान थिलो थिलो पारेर साँझ नेपाली यस्तै डिब्बामा हो बस्ने । यस्ता डिब्बामा न नुहाउने सुबिधा हुन्छ । न हावा खेल्ने झ्याल हुन्छन् । ठूला ठूला डेक्चीमा सस्तो चामल किनेर ल्याउँछन । सामुहिक रुपमा पकाउँछन, खान्छन । पालाई पालो नुहाउने थालो हुन्छ सामान्य खालको । त्यहीँ नुहाईधुवाई गर्छन् । सप्ताहन्तमा मुस्किलले लुगा धुन पाउँछन । यस्तै कोठामा सुत्छन । कुनैदिन टन्न काम गरेर, पेपर बनाएर दाम कमाउने । कमाएर नेपाल पठाउने । बडेमानको घर बनाउने यस्तै यस्तै सपना भने देख्छन् । यताको दु:ख पाएको भन्ने सुन्दा बेइज्जत होला भन्ने त्रासले आफन्तलाई सुनाउँदैनन् । बरु “सबै राम्रो छ, मस्ती छ” भनिदिन्छन् ।
तस्विर सौजन्य : लाल नेपाली









