दुखी जनताको उपचार गर्न जाजरकोट लागे डा केसी

govinda-kcजनताका  डाक्टर भनेर चिनिएका डा गोबिन्द केसी फ्लु र अन्य रोगको महामारी फैलिएको जाजरकोट जिल्ला हिँडे । अनेक दाउ र निहुँ पारेर नेताहरु कि त बिदेश लागे यही महामारी फैलिएका बेलापनि । कि अनेक बहानामा जाजरकोट जानबाट पंक्षिरहेका छन् । तर जाजरकोट गएनन् । तर केसीले भने जाजरकोटमा रोगको महामारी फैलिएर दुई दर्जन मानिसको ज्यान गएको सुनेपछी मन थाम्न सकेनन् । आमरण अनशन बसेर शिथिल भएको ज्यानलाई आराम दिइरहेका उनले जाजरकोटमा असहायहरुको ज्यान गएको खबर एकपछि अर्को आउन थालेपछि आँफैं हिंडेका हुन् । उनी जनताले चढ्ने सार्वजनिक बसमै जाजरकोट हिँडेका छन् ।

लगातार १२ दिन सम्म आमरण अनशन बस्दा उनको ज्यान कमजोर बनेको थियो । शुभेच्क्षुक र चिकित्शकहरुलेपनि उनलाई केही समय आराम गर्न भनेका थिए । तर जाजरकोटमा दिनदिनै महामारीले ज्यान लिन थालेपछि आफू जान नमिलेपनी उनले चिकित्शकको टोली पठाएका थिए, केही औषधी सहित । तर उनलाई त्यसमा चित्त बुझेन । उनी आज बिहान आँफैं जाजरकोटतिर हिँडेका छन् ।

तपाइँको प्रतिक्रिया