बेल्जियमका सांसद र नेतालेपनि मनाए नेपाली नयाँ वर्ष

nepali-new-year-with-belgians-6

बिदेशी नयाँ वर्ष जनवरी एक को नेपाली ले धेरै नक्कल गरे । कतै हाम्रो नयाँ वर्षनै छायाँमा पर्ने त होइन  भन्ने पिरलो गर्ने नेपालीका लागि यो खुशीको खबर हो । बेल्जियमका नगरप्रमुख, नेता, सांसद र मन्त्रीहरुलेपनी आज हाम्रो नयाँ वर्ष वैशाख एक मनाए । नेपालीसितै नाचे । नेपाली गित गाए । नेपाली पारीकार चाखे । पुरुषहरुले मात्रै होइन छड्के परेका खुकुरी अंकित हाम्रो भाडा गाउँले टोपीपनि लगाए, महिला बेल्जिक नागरिकलेपनि । यो मेसो मिलाएका थिए, बेल्जियमको आन्तर्पेन शहरमा बसेर बेल्जियमको सत्तारुढ दलको पार्टी मा राजनीति गर्दै आएका कृष्ण रेग्मीले ।

nepali-new-year-with-belgians--8

बेल्जियमको एक होटेलमा नेपालीहरुले नयाँ वर्ष मनाउन आयोजना गरेको कार्यक्रममा बेल्जियमा सरकारको स्थानिय देखि मन्त्रीसम्म उपस्थित थिए । ठुलो संख्यामा उपस्थित नेपालीहरुसितै ।

nepali-new-year-with-belgians-1

nepali-new-year-with-belgians-2

नेत्रित्वकर्ता कृष्ण रेग्मीले बेल्जिक (फ्लेमिस भाषा) मा बेल्जियममा पाँच देखि सात हजार नेपालीहरु रहेको । धेरै नेपालीले उद्दम र ब्यवसाय गरेको । यहाँको समाजमा भिजेको । नेपालीहरु असाध्यै ईमान्दार, परिश्रमी र मेहनती रहेको सुनाए । बेल्जियम सरकारका प्रतिनिधीहरुलेपनि नेपालीहरुको उन्नती, मेहनत र ईमान्दारिता देखेर आफूहरु प्रफुल्ल बनेको भन्दै अझ प्रगतिकालागि शुभकामना दिए ।

nepali-new-year-with-belgians-3

nepali-new-year-with-belgians-4

nepali-new-year-with-belgians-5

गत सालपनि यसरी मनाएका थिए 

11133934_738640099589354_5799646325764212502_n

10981438_738640212922676_5049851361525822774_n

10472733_738640422922655_7813379805985210399_n

तपाइँको प्रतिक्रिया