जाडो यामलाई बिदाई गर्दा ‘स्विजरल्याण्ड खोक्रो’ (फोटो कथा)
स्विजरल्याण्डमा जाडो यामलाई बिदाई गर्ने गज्जबको शैलि रहेछ । स्विस जर्मन (जर्मन भाषा बोल्ने स्विसहरु) हरूले यसलाई फासनाख्त भन्ने रहेछन् । जर्मनहरूले भने कार्नाभाल । तर यो कार्नाभाललाई कसै कसैले फरक् किसिमले बुझ्दा रहेछन् । नेपालप्रेमी एदवार्ड मुलेमान आज मसँगै थिए । बर्न शहर सँगै घुम्दा सडकमा कार्नाभाललको तयारि देखेपछि उनीपनि चकित परेका थिए । कार्नको अर्थ मिट अर्थात् मासु र भालको अर्थ ओके रहेछ ।
गाउँ गाउँको फरक शैलि रहेछ यो मनाउने । पूरा अनुहार रंगाउने । आआफ्नो गाउँको गित र संगित गाउने, रमाउने । सडकमा पुरै गाईजात्रा मनाए जस्तो गर्ने । यसलाई सरकार, प्रशासन, नेता र कलाकारका गलत कामको ब्यंगात्मक शैलीमा बिरोध गर्ने । धज्जी उडाउने ।
(बादेनका एक नेताले आफ्नै कार्यालयकी कर्मचारीलाई कार्यालयमै यौन शोषण गरेछन् । तर कारवाही भएनछ । अनि म स्वतन्त्र छु भनेर त्यो स्वतन्त्रताको फोटो पनि आफैंले खिचेको देखाएर गरिएको ब्यंग्य)
(फरक के छ यता भने केटाकेटीहरूलाई यता जेपनि सानैदेखि सिकाउने, हरेक क्रियाकलापमा सहभागी गराउने गरिन्छ )
(स्विजरल्याण्ड खोक्रो पारियो रे । स्विसलाई खोक्रो पारिसके भन्ने ब्यंग्य । तर कसले पार्यो त अली खुलेन । भन्न खोजेको नेता वा आप्रवाशीले होला)
पुरै सडक बन्द गरेर सडकमा अनेक भेष, पहिरन र गीत संगितमा ओर्लिने रहेछन । मैले आराउको यहि फासनाख्त हेर्न पाएको थिएँ, गत आइतवार ।
आज फेरि स्विजरल्याण्डको राजधानी बर्न (फ्रान्सेली भाषा बोल्नेहरू बेर्न भन्छन्) मापनि देख्न पाएँ । तर शनीवार हुने फासनाख्तका लागि आजै दिउँसोदेखि भब्य तयारि रहेछ । महिला र पुरुषहरू सडकमा अनुहार रंगाउँदै थिए । यो मनाउने बेला सडकको पेटीमै पसल राख्दा रहेछन् । रक्सि जन्य पेय पदार्ध खाने, गाउने, नाच्ने, रमाउने । ओहो सडकमा फोहोर देख्दा त स्विजरल्यण्डनै होईन की जस्तो भान पर्ने । तर यो उनीहरूको संस्क्रिती भएकाले फासनाख्तलाई जोगाउन सडकमा पुरै स्वतन्त्र छोडिदिने रहेछ प्रशासनले । यो फोहोरहरू राती चाटचुट्टै सफा गर्दो रहेछ नगरले ।


















