क्रिस्चियानो रोनाल्डो विश्वकै सर्बोत्क्रिष्ट खेलाडी
पोर्गुगाली फूटबल खेलाडी क्रिस्चियानो रोनाल्डो विश्वकै सर्बोत्क्रिष्ट खेलाडी घोषणा भएका छन् । आज बसेको फिफाको अन्तिम निर्णायक मण्डलले सो घोषणा गरेको हो । उनी शताब्दिकै उत्तम खेलाडीमा परेको चर्चापनि छ । म्रिद भाषी, फेयर खेल खेल्ने र सामाजिक काममापनि सक्रिय यिनले सबै भन्दा बढि गोल गरेका थिए । आज घोषणा भएको उत्कृष्ट फुटबलरको अवार्डका लागि रोनाल्डो, मेस्सी र गोलरक्षक नुयुर प्रतिस्पर्धामा थिए । नेपाली समय अनुसार मध्यराति स्विजरल्याण्डको जुरिचमा बालोन डि’ओर अवार्ड विजेताको घोषणा भएको हो । धेरैले रोनाल्डोनै उत्क्रिष्ट खेलाडी घोषणा हुने अड्कल काटेका थिए । रोनाल्डो रियल मड्रिडका स्ट्राइकर हुन् । उनले २०१४ सालमा ६१ गोल गरेर विश्व रेकर्ड बनाएका छन् । प्रतिस्पर्शीमध्ये सर्वाधिक गोल गरेका छन् ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक






