चितवनमा हात्ती पर्व शुरु (फोटो कथा)
चितवनको सौराहामा भर्खरै ११ औं हात्ती पोलो र सौराहा महोत्शव शुरु भएको छ । हात्ती महोत्सवमा सबैभन्दा रोमाञ्चक हात्तीको दौड र फुटबल हो । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको हात्ती महोत्सवअन्तर्गत हुने अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगितामा यसपटक पाँच विदेशी समूहले सहभागिता जनाउने छन् । बीस समूहमध्ये १५ समूह नेपाली रहने छन् । सौराहास्थित बाघमारा वनको चौरमा हात्ती दौड प्रतियोगिता सुरु भएको हो । थारु महिला (थरुनी) हरूले फूलका फुच्चाहरू ढकियामा हालेर शिरमा बोक्दै महोत्शवको स्वागत र शुरुवात गरे ।
त्यसमा स्थानिय बिभिन्न संघसंस्थाहरूले भाग लिएका छन् । पर्व हेर्न देश बिदेशका हजारौं पर्यटक र दर्शकहरूको भिड लागेको छ । चितवनमा चरा, तिनको वासस्थान र वातावरण संरक्षणकालागि कार्यरत बर्ड एजुकेशन सोसाइटीलेपनि स्टल राखेर जनचेतना जगाउने काम गरेको छ । महोत्सवमा टाँगा, गाडा र डुङ्गा दौड प्रतियोगिता समेत आयोजना गरिने कार्यक्रम छ । सौराहाको उत्सवमा सहभागी योगेश अधिकारीले खिचेका तस्विर हेर्नुस् !











