प्यारोडीमा मनोज गजुरेलका दर्जन रुप (फोटो कथा)

मनोज गजुरेल यस्ता कलाकार हुन् जसले नेपालका सबै जस्तो प्रमुख नेतालाई त छोडेनन् नै । विश्वमै नाम कमाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिक्याचरसमेत गरिदिएर उनी एशियामै चर्चामा पुगे । नरेन्द्र मोदीको क्यारिक्याचर गरिदिएपछि त भारतका द हिन्दू लगायतका प्रसिद्द मेडियालेपनि उनको प्रशंसा गरे । राष्ट्र, भाषा र संस्क्रिती, बेतिथी र अत्याचार उनको कलाकारिताको मुख्य प्रहार हुने गर्छ । वामपन्थी लगायत पूँजीवादी पार्टी, तिनका नेता, समाज, संस्क्रिती र विश्व राजनितिसमेत केलाउने गरेकाले कुनैपनि नेताको क्यारिक्याचर गर्न उनी निपुँण देखिन्छन् । उनको यहि सफलताले गर्दा बेलायत, जर्मनी, फ्रान्स, बेल्जियम, स्पेन लगायत विश्वका दर्जन भन्दा बढी मुलुकमा उनले आफ्नो कला देखाएका छन् । उनी जहाँ जहां पुग्छन त्यहाँ उनको प्रस्तुति हेर्न भिड लागिहाल्छ । देशका त कुना कुनामा पुगेर उनले सफल क्यारिक्याचर गरेका छन् । प्रचण्ड, माधव नेपाल लगायतका नेताहरू आफ्नै क्यारिक्याचर र ब्यंग्य गर्दा उनैको अगाडी पेट मिची मिची हाँसेर उनको प्रशंसा गरेका छन् । फ्रान्सेलीहरूलाई नेपाल चिनाउनकालागि उनको फोटो कथा राख्न तस्विर र जानकारि लिइएको थियो । त्यहि फोटो कथालाई नेपालप्लसको नेपाली संस्करणमापनि राखिएको हो । यसमा उनले क्यारिक्याचर गरेका दर्जन भन्दा बढी ब्यक्तिहरूको रुपमा मनोज गजुरेललाई देख्न सकिन्छ । तस्विरहरू सबै गजुरेलबाटै प्राप्त भएका हुन् ।

1

‘प्यारा देशबासीहरु, श्री पशुपतिनाथले सबैको कल्याण गनुपर्ने, हाम्रो किन गरेनन्, मैले बुझिन ।’ पुर्वराजा ज्ञानेन्द्रको रुपमा ।

2

‘मने निश्चित रुपमा, सपनाको खेती गर्न जति सजिलो हुन्छ, त्यसको बाली उठाउन त्यो भन्दा गाह्रो हुँदो रहेछ भन्ने हाम्रो ठम्याई छ ।’ माओवादी अध्यक्ष प्रचण्डको रुपमा

3

‘बर्तमान् परिप्रेक्षमा नेकपा एमाले न सरकारमा बस्न चाहान्छ, न छोड्न चाहान्छ, हामी धेरै प्रष्ट छौं ।’ पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको रुपमा

4

‘अ“, पर्तिपर्धाका आधारमा शान्ती सरकारले दिन्छ, सुरक्षा जनता आफैंले गर्नुपर्छ । त्यसो भयो भने मात्र भनेर भन्देखुन शान्ती सुरक्षा हुन्छ ।’ बर्तमान गृहमन्त्री बामदेव गौतमको रुपमा

5

‘नि हाउ, मेड इन चाइना, आज छ भोली छैन ।’ चिनिया गायक फु फु फुको रुपमा

6

बिहान रामदेवको पछि, दिउँसो बामदेवको पछि बेलुका झ्वामदेवको पछि….ऐसे कहाँ घटेगा पेट !’ योग गुरु बाबा रामदेवको रुपमा

7

‘इस् चोरलाई साक्षी राखेर मैं यह सपथ नही खाता हुँ कि….।’ उप राष्ट्र्पति परमानन्द झाको रुपमा

8

‘यदा यदा हि सिद्धान्तम्, ग्लार्नी भवतु भारतम्, अभ्युत्थानम् ढुलमुलस्यम्, दतात्नामम् प्रचण्डम्, हरिओम लठ्ठक ।’ राजनीतिबाट सन्यास लिएका प्रचण्डम् बैराग्यम्का रुपमा

9

‘वाणाक्कम्, नेपाली कन्ट्री इण्डिपेन्डेन्ट, लिडर सब् इण्डिया डिपेन्ड, राष्ट्रवाद इडले ।’ दक्षिण भारतीयको नागरिकको रुपमा

10

‘सलाम वालेखुम्, नेबाल कन्ट्री जल्दी जल्दी डेभलोप इन्साल्हा लिडर पावरफुल मासाल्लाह ।’ अरबी शेखको रुपमा

11

‘मित्रों पानी, नानी और जवानी पहाडमें नही रह सकती हे इसिलिय यह तिनों हमारे हवाले कर दिजिए ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुपमा

12

कानुनकी नजरमें तो हम हिन्दुस्तानी हें, लेकिन हमारे रग रगमें शेरचन, गौचन और भट्टचनका खुन दौड रहा है, क्यौं कि मै हुं अमिताभ बच्चन ।’ बलिउड स्टार अमिताभ बचपनका रुपमा ।

13

हामीले गणतन्त्र ल्याउन खोजेका थियौं, यस्तो गनगनतन्त्र हैन ।’ ०६२/०६३ को आन्दोलनको बेला खुलामञ्चमा

14

जन्म दिनको केकजस्तो हैन मेरो देश, चट्ट काट्यो बाँडी खायो पहाड मधेश ।’ स्ट्याण्ड अप कमेडी प्रश्तुत गर्दै

15

‘भाषा बाँचे देश बाँच्छ, देश बाँचे जाती, जाती बाँचे हामी बाँच्छौं, बाँच्छन् छोरा नानी ।’ प्यारोडी गायकको रुपमा ।

हामीलाई फेसबुक र ट्विटरमा पछ्याउनुस् 

https://www.facebook.com/nepalplus

https://twitter.com/nepalplus

फ्रान्सेली भाषा बोल्ने साथीहरु छन् भने फ्रान्सेली भाषाको लागि सिफारिस गर्नुस्

https://www.facebook.com/nepalplusenfr

https://twitter.com/nepalplus

तपाइँको प्रतिक्रिया