जंगे पिल्लरको बेहाल

jange-pillarनेपाली भूभाग जलमग्न हुनु र जंगे पिलर यसरी गर्लम गर्लम ढल्नु । सशस्त्र प्रहरी ढलेको जंगे पिलरको मोवाइल फोटो रिपोर्टिङ गर्छ । वामदेवले सम्हालेको गृह मन्त्रालय त्यो फोटो फाइलमा थन्क्याएर चुपचाप बस्छ । यो बिजोग जंगे पिलरको होइन, नेपाल सरकारको हो । नेपालको हो । यसरी जंगे पिलर ढल्दै जानु भनेको नेपालको अस्तित्व ढल्दै जानु हो । किन नागरिक समाज, सभासदले सडक र संसदमा कुरा उठाउँदैनन् ? के भारतीयकरण भइसकेको हो त नेपाली नागरिक समाज र सभासदहरुको मानसिकता ? अलिकति पनि नेपालीत्व छ भने नेपाली भएकोमा गौरव हुनेहरुले जंगेपिलर ढलेको अथवा सीमा अतिक्रमण भएको यो बेहाल हेरेर बस्ने बेला हो त यो ? (राजन कार्कीको फेसबुकबाट)

तपाइँको प्रतिक्रिया