दशैं संझिँदै मनजति नेपालतिर
गाउँघरमा त यतिबेला दशैंको रौनक छ । काम गर्न शहर पसेकाहरु घर फर्केका छन् । बिदेश गएकाहरुमध्येपनि धेरै चाडवाडको मुख पारेर स्वदेश फर्केका छन् । तर बिदेश गएका कतिपय भनें घर, परिवार र चाडवाड सम्झिँदै बिदेशमै बस्न बाध्य छन् ।
बेल्जियममा भएका नेपालीपनि धेरै नेपाली यतै दशैं मनाउन गैरहेका छन | मिल्नेले आफ्ना बुवा आमा यतै झिकाएका छन भने अन्यले मान्यजनबाट टिका ग्रहण गर्दै छन | तरपनि स्वदेशमा मनाएको जस्तो दशैं यहाँ हुँदैन | नेपाल देखि आएका मान्यजनहरुलाई यता भन्दा उताकै पिरलोले सताएको देखिन्छ | यसै बिषयमा आधारित रहेर बेल्जियमबाट सहकर्मी सन्तोष न्यौपानेले तयार पारेको अडियो रिपोर्ट सुन्नुस् |
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक





