संघर्षशिल नारी सहाना प्रधानको दुखद निधन

Sahana_Pradhan

नेपाल कम्युनिष्ट पार्टी एमालेकी न्त्रि सहाना प्रधानको आजै साँझ दुख निधन भएको छ । नेपालको समय अनुसार साँझ ११ बजेर पाँच मिनेट जाँदा उनको निधन भएको हो । उनी लामो समयदेखि बिरामी परेर थलिएकि थिईन । पछिल्लो समयमा उनको स्मरण शक्तिपनि गुमेको थियो । उनी हलचल गर्नै नसक्ने अवस्थामा लामो समयसम्म ओछ्यान परेकि थिईन् । एक संघर्षशिल, साहसी रलडाकू नेत्रि थिईन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेताहरु मध्येका एक पुष्पलाल श्रेष्ठकि पत्नी उनी नेकपा एमालेको सरकार बनेका बेला पटक पटक मन्त्री बनेकि थिईन् । लामो समयसम्म बिरामी परेर हलचल गर्न नसक्दापनि एमालेका मुख्य नेताहरुले भने उनको बेवास्ता गर्दै आएका थिए । नेत्री प्रधानप्रति हार्दिक श्रद्दान्जली !

तपाइँको प्रतिक्रिया