कस्तो बन्नु पर्दछ नेपालको संबिधान ?

डा.शास्त्रदत्त पन्त

 

. जनताको हक स्थापना गरेर प्रजातन्त्रलाई मर्यादित बनाउने प्रयत्नमा नेपाली जनता लागेको कुरामा इतिहासshaastra-datta-panta-0057 साछी बिसं २००७ सालको पहिलो जनआन्दोलन यसैमा केन्द्रित थियो यो आन्दोलनको ४० बर्षछि मात्र सार्वभौमसत्ता जनतामा रहने गरी २०४७ सालमा संबिधान निर्माण भएको थियो तर यसै संबिधानले २०३७ सालमा जनतामा आइसेकेको र्सार्बभौमसत्ता गुमाइदियो केही लिन केही त्याग्नु पर्दछ भन्ने दलका बरिष्ट नेताले त्यो हक गुमाएका थिए त्यसपछि उनीहरूले २०४७ सालमा निर्माण गरेको संबिधानलाई विश्वकै उत्क्रिष्ठ संबिधान भनेर दाबी पनि गरेका थिए त्यस संबिधानबाट जनताको हक सुरक्षित भएको, नेपाल राजनीतिक अलमलबाट उन्मुक्त भएर दीगो शान्ति प्रगतितिर मात्र केन्द्रित भएको भनेर दाबी गरिएको थियो तर त्यही संबिधान अनुसार पहिलो जन निर्वचित सरकारले आफनो कार्यकाल पुरा गर्न नपाउँदै त्यही संबिधानको बिरुद्ध जनआन्दोलन सुरु भएको तथ्य पनि कसैमा लुकेको छैन

 

. बिसं २०४६ सालको जन आन्दोलनले जनताको सार्वभौम अधिकारलाई दलको अधिकारमा सीमित गरिदियो जनमत संग्रहबाट जनताले निर्णय दिने, मार्गदर्शन गर्ने अधिकारलाई दलका टाठाबाठा व्यक्तिले अपहरण गरिदिए जनताले त्यसमा पत्तो नै नपाए झै चूपचाप बसरिहे किनकि जनता सार्वभौम सम्पन्न शक्ति हो तर संगठित संस्था होइन जबसम्म संगठित संस्थाले असंगठित जनताको हकको कदर गर्दैन त्यहाँ प्रजातन्त्र बाहली हुन शक्दैन त्यसकारण जनताको हककोलागि भनेर गरिएको बिद्रोहले सो स्थापना नभएसम्म बिद्रोह गरिनै रहृयो त्यस बिचमा पटकपटक शान्तिबार्ता भए तर कुनै पनि सफल भएनन् त्यसो हुनुमा बिद्रोही पक्षको अडान कुनै पनि सर्त नहुने गरी संबिधान निर्माण हुनु पर्दछ भन्ने नै थियो यदि दलको बहुमत मान्ने हो भने तत्कालीन एउटा सानो दल नेकपा माओबादी अडान पक्षमा बाकी सबै दल त्यसको बिपक्षमा रहेका थिए एउटा मात्र र्सत के थियो भने संबैधानिक राजतन्त्र राखेर बाँकी सबै संबिधान सभाद्वारा नयाँ संबिधान निर्माण गर्नेमा थियो तत्कलीन बिद्रोही पक्ष भनिएको माओबादी दल संबैधानिक राजतन्त्र वा गणतन्त्रमा जनमत संग्रह गरेर निर्णय गर्न सहमत भएको थियो बिद्रोहीपक्ष बाहेकका बाँकी दलले त्यो कुरामा सहमत गर्न सकेनन्

 

. त्यसपछि भएका अनेक ओर्ल्याङबर्ल्याङपछि बिदेशी शक्तिको नाङ्गो चलखेलले धेरै उथलपुथल हुदाहुदै राज्यसत्ता तत्कालीन ब्रि्रोही पक्षका हातमा पुगेकोछ उसकै कर्यकालमा निर्माण हुनलागेको संबिधान पुनः ससर्त हुनु आश्चर्यलाग्दो कुरा भएको ससर्त बन्न लागेको यो संबिधान जनमतको पक्षमा छैन नै, यो तत्कालीन बिद्रोही पक्षको तत्कालीन मागको पनि बिपरित जनताको पक्षमा लडेको माओबादी दलले पनि जनताको सार्वभौम अधिकारलाई कुण्ठित गरेर दलको अधिकारभित्र समाबेस गराई संबिधान निर्माण गर्न थाल्नु आफैंमा हास्यास्पदछ यस्तो संबिधान सभाले कुनै औचित्य राख्दैन फेरि संबिधान सभाका सदस्य दलका सदस्य छन् तिनले जनताको प्रतिनिधित्व नगरेर दलको प्रतिनिधित्व गर्दछन् उनीहरुमा बिचार स्वतन्त्रता पनि छैन उनीहरू दलीय हृविपको डोरीले बाँधिएका छन् । यसरी निर्माण हुने संबिधान २०४७ सालमा निर्माण भएको संविधानमा कुनै तात्विक भिन्नता छैन, हुदैन

 

यदि शतप्रतिशत जनतका हक एक देखि प्रतिशत संगठित जनशक्ति भएका दलले कुण्ठित गर्ने हो भने निर्माणाधीन संबिधान बनिसकेपछि पनि त्यसको बिरुद्ध जनबिद्रोह हुदैन भन्ने ठाउँ छैन यदि त्यस्तो हुने हो भने दश बर्ष जनबिद्रोह त्यपछिका राष्ट्रिय अन्तरराष्ट्रिय शक्तिले गरेको लगानि बेकार हुनेछ जनता थप बिपन्न हुनेछन् अराजकता अनुशासनहीनता, दण्डहीनताको अन्त्य हुने छैन त्यसले सैनिक शासन वा बिदेशीको शासनलाई सहज उपस्थित गराउन संभव बनाउने

 

. सबैले बुझ्नु पर्ने कुरा केहो भने  जनआन्दोलन पछि स्थापित कुनै पनि अन्तरिम सरकारलाई सबै अधिकार हुँदैनन् त्यो काम चलाउ सरकार मात्र हो अन्तरिम सरकारलाई शासकीय सत्ता प्रयोग गरेर निर्णय गर्ने अधिकार हुदैन उसको जिम्मेवारी संविधान सभाको चुनाव गराउने मात्र हो उसले कस्तो संविधान बनाउने भनेर निर्णय पालन वा निर्देशन दिन सक्दैन त्यसकारण नेपालको अन्तरिम संविधान २०६३ लाई संसोधन गरेर नेपाललाई संघात्मक राज्य बनाउने त्यही आधारमा संघ राज्यको माग गर्ने जोसुकै जत्थासंग सरकारले गरेका समझौता नयाँ संविधान निर्माणकालागि बाध्यात्मक कुरा हुँदैनन् बाध्यात्मकता संबिधान निर्माणको पूर्व सर्त हो अब शासक शासित बर्गले पूर्व सर्त बिहीन संबिधान बनाउन महसुस नगरिकन संबिधानका गति अगाडी बढाउनु राष्ट्रिय श्रम स्रोतक दुरुपयोग मात्र हुनेछ

 

दोश्रोकुरा सार्वभौमसत्ताको अधिकारी जनता हुन्, दल वा सरकार होइनन् अन्तरिम सरकार वा दलले ती अधिकार खोस्न सक्दैन संघात्मक राज्य बनाउन, नागरिकता आदि बारे गरिएको अन्तरिम संविधानको संसोधन, विभिन्न जातजाति वा समुहसंग गरेका समझौताहरू, २०६३ जेष्ठ गते गरेका बुदे घोषणाहरू सार्वभौमअधिकार भएका नेपाली जनताका हक मिचेर प्रजातान्त्रिक अभ्यास विपरित, प्राकृतिक नैतिक कानून  विपरित गरिएका  निर्णय हुन् तिनलाई आधार वा निर्देशन मानेर संबिधान निर्माण गर्न पाइँदैन यस्ता बिबादित कुरा विषयगत रूपमा जनमतसंग्रहद्वारा अनुमोदित भएपछि मात्र सरकारलाई कार्यान्वयन गर्ने अधिकार प्राप्त हुन्छ

तेश्रो कुरा जनआन्दोलनदुईको जन सहभागिता बिद्रोहको अन्त्य चीर शान्ति कायम गराई राख्ने मात्र थियो जनताको चाहना भनेर सत्तामा पुगेका तीन दलले गरेका बाँकी कृत्य जन चाहना नभएर  हुलहालमा मिसाएर गरिएका  तानाशाही रुपका काम थिए, हुन् यसखाले अप्रजातान्त्रिक शैलीले गरिएको निर्णय  बिद्रोहको अन्त्य गर्दैन, थप्दछ मात्र अतः उक्त घोषणा निर्णय अधीन बसेर संबिधान बनाउन मिल्दैन त्यसकारण संबिधान निर्माणगर्दा कुनै पूर्व सर्त राखेर निर्माण गर्न हुदैन सार्वभौमसत्ताको अधिकारी जनता हुन्, दल वा सरकार होइनन् जनताको अधिकारलाई कुण्ठा नगरी संबिधान निर्माण गरिनु पर्दछ

 

. यसरी जनताबबाट निर्वाचित पनि नभएको, जनमतसंग्रहबाट जनादेश पनि नपएको काम चलाउ सरकारले धेरै क्षेत्रमा  प्रजातन्त्रको मर्म विपरित धरै निर्णयगरिसकेको ती गलत निर्णय प्रस्ताबित संबिधानका पूर्व सर्तका अङ्ग बनिसकेका छन् ती सबैकुरा बदरभागिछन् त्यस्ता कुराहरूमा () नागरिकताका कुरा () जनताको सार्वभौमिक हकका कुरा () प्रकृतिक श्रोत संपदाका कुरा  () अन्तरराष्ट्रिय सम्बन्ध ()  राष्ट्रिय सुरक्षा जस्ता कुरा परेकाछन् राष्ट्रका यस्ता संबेदनशील अत्यन्त महत्वपूर्ण विषयहरूलाई खेलबाड लहडमा राखेर जनताको सार्वभौम अधिकारलाई कुण्ठा गरिएको

 

जहाँसम्म नेपाली नागरिकताको नयाँ ऐनको निर्माण ती निर्माणकालागि संबिधानसमेतको संसोधन गरेर निर्माण गरिएको त्यो जनचाहना बिपरित तथा बिदेशीको इशारामा भएको निर्माणगर्ने सरकार दललाई कुनै बैध अधिकार छैन त्यस्ता कुरालाई नयाँबन्ने संबिधानका पूर्व सर्तका रुपमा राखिएको यी कुरालाई अबैध मानेर पूर्व सर्तबाट नहटाएसम्म नयाँ संबिधान निर्माणको प्रक्रियामा अगाडि बढ्नु गलत हुनेछ यसो नगरेमा तेश्रो आम चुनाब सम्ममा नेपालमा नेपाली अल्पमतमा पुग्नेछन् संसदबाट देश विलय गराउने संभावना बढ्ने फिजीको अवस्था दोहरिने त्यसकारण सार्वभौम अधिकार संसदमा होइन जनतामा हुनु पर्दछ जनताले त्यो जनमतसंग्रहबाट मात्र प्रयोग गर्न पाउने हुनु पर्दछ किनकि सांसद बिक्न पनि सक्दछन् अतः संबिधान निर्माण पूर्व नेपाल अधिराज्यको संबिधान २०४७ को भाग को नागरिकता (दफा ,, १०) सम्बन्धी दफाहरू यथाबत राखेर मात्र संबिधानका प्रक्रिया अगडि बढ्नु पर्दछ  

 

. नेपालको भूभाग, जल, जंगल, हिमाल, जडिबुटी, खनिज पदार्थ पौरस्त्य संस्कारहरू नेपालका  प्राकृतिक श्रोत संपदा हुन् यसको संरक्षण गर्न नेपाल अधिराज्यको संबिधान २०४७ को दफा १२६ का मर्म अनुरुप हुनु पर्दछ त्यसमा थप प्रतिशत मतदाताले लिखित माग गरेमा जनमत संग्रह हुनसक्ने हुनु पर्दछ यसो नगरिएमा प्रथमतः नेपालको जल त्यस पछि क्रमसः सबै संपदामा बिदेशीले अधिनस्त गर्दै जनेछन्

 

. नेपालको पञ्चशील सिद्धान्तमा आधारि असंलग्न तठस्त परराष्ट्रनीति पनि जनमतबाट प्रतिपादित नभइकन व्यक्ति दलले सार्वभौम जनताका हकमा हस्तक्षेप गरेर देशको तठस्थ अस्तित्वमा एकपक्षीय बनाइएको अर्को कुरा जहा दुइ छिमेकी देशसंग समदूरी उद्योग, व्यापार, भन्सार तथा आवतजावत (अध्यागमन) सबै क्षत्रमा समान गराउनुपर्ने जन चाहना देशको आवस्यकता बढ्दै गएकोछ सत्तासीनले त्यसको दुरुपयोग गरेर एकातिर ढल्कदै जानु त्यसलाई आम जनताको चाहना भनेर जबरजस्त देखाउने चेष्टा पनि घातक तेश्रो कुरा अन्तरराष्ट्रिय सन्धी सम्झौता गर्ने अधिकार स्थापित मान्यताको सरकारसंग हुनु पर्दछ त्यस्ता सन्धी समझौता संसदको दुइतिहाइ उपस्थितिमा दुइतिहाइबाट पारित भएपछि लागु हुनुपर्ने खाँचोको बिपरित दलका केही व्यक्तिले खेलबाड गर्दै गरको पाइन्छ अन्तरराष्ट्रिय सम्बन्धका कुरालाई गभीरतापूर्वक नलिइने अवस्थामा नेपालले आफ्ना मौलिक बिशेषता सार्वभौमसत्ताका मुल मर्म बचाई राख्न सक्ने छैन

 

 . राष्ट्रिय सुरक्षाको बिषय आफैमा गभीर संबेदनशील विषय हो यतिखेर यो आन्तरिक बाहृय दुबै कारणले जटिल कमजोर बन्दै गएको यही अबस्थालाई यथाबत राखेर राष्ट्रिय सुरक्षामाथि जनताको निर्देशन मार्गदर्शन गर्ने हक पनि कुण्ठा पर्ने प्रयत्न भएको राष्ट्रिय सुरक्षमाथिको खेलबाड हुदै गएको जनता प्रशासनबाट, प्रशासक प्रहरीबाट, प्रहरी सेनाबाट सेना जनताबाट सुरक्षित छु भन्ने दीगो भावनाचक्रले मात्र सबै सबैद्वारा सुरक्षित भएको महसुस गर्दछन् त्यसले मात्र राष्ट्रिय सुरक्षा बलियो हुनछ यो भावना भएको सानो देशलाई पनि ठूलो देशले हल्लाउन सक्दैन यस्तो अनिबार्य दीगो भावना भएको नेपाली सेनाले मात्र सुरक्षाको अन्तिम जिम्मेबारी बहन गर्न सक्दछ यतिखेर बिदेशीको चाहनालाई बल पुग्ने गरी सेनालाई हर क्षेत्रबाट कमजोर बनाउने लहर बढाएर बनाइने संबिधानले राष्ट्रको सुरक्ष गर्न सक्छ जस्तो लाग्दैन जनतामा रहेको भावनामा कुठाराघात गरेर बनिने संबिधानले जन भावना राष्ट्रियताको भावनालाई स्वीकार्दछ भनेर मान्न सकिदैन राष्ट्रिको सुरक्षा गर्ने शक्तिको परिचालन सुरक्षा परिषदबाट हुने त्यो परिषदमा सरकारका सबै संबैधानिक निकाय नागरिक समाजको समेत प्रतिनिधित्वबाट हुनुपर्ने प्रस्तावको विपरित त्यसलाई एउटा सामान्य विभागका रुपमा अगढि बढ्दै जानु चिनताको विषय भएको

 

डा.पन्त स्वतन्त्र राजनीतिक विश्लेषक विकास योजनाकार हुन्

तपाइँको प्रतिक्रिया