बाढी पिडितलाई सहयोग गर्ने ? यहाँपनि छन् स्वच्छ मनका
देशमा बाढि र पहिरोले हैरान पारेको छ । धेरै मानिस भागा भाग छन् । अघिल्लो साँझ जिन्दगीमा यो र त्यो गरौंला भनेर अनेक रहर साँचेर सुतेकाहरु बिहान नहुँदै घरबारबिहिन बनेका छन् । करोडपतीहरु बेघरबार र झुप्रो हुनेहरु त्यहि पनि गुमेर रुँदै भौंतारिएका छन् । यस्तो बेला जहाँ रहेपनि आँसु झार्दै हिँडेका मानिस देख्दा मन कटक्क हुन्छ । केहि सहयोग गरौं न भन्ने भावना हुन्छ । तर मेरो सहयोग दुरुपयोग हुन्छ कि ? दुख पाएकालाई आफूले गरेको सहयोगमाथि राजनिति पो हुन्छ कि ? यस्ता अनेक शंका पालेर आफूले गरेको सहयोग निस्वार्थ भावले दुखियाकहाँ कसले पुर्याउला भन्ने शंकामा हुनुहुन्छ भने धन्दा नमान्नुस् । “केहि गर्छौं” भन्ने यो समूह उचित हुन सक्छ ।
फेसबुकमा बिभिन्न परिस्थिति, परिवेश र समय अनि संयोग अनुसार केहि गर्नुपर्छ स्वच्छभावले भन्ने मन मिलेर “केहि गर्छौं” भन्ने समूह गठन गरे । ईटालीको विश्व प्रसिद्द पादोभा विश्वविध्यालयबाट पि एच डी गरेर नेपालमै केहि गर्छु भनेर फर्किएका खरा पात्र विनोद न्यौपाने (फेसबुकका भैरे) पनि यहि समूहमा छन् । यो समूहलाई देशमा केहि गर्नुपर्छ, आफ्नै देश बदल्नुपर्छ भन्ने भावना छ ।
यिसित सायद ठूला दैनिक पत्रिका छैनन्, आफ्नै प्रचार प्रसार गर्न । रेडियोका सञ्चालक र हर्ताकर्तापनि सायद छैनन् । बडेमाका गाडीमा खुरुरु सामन ओसार्न नसक्लान् । तर लोभी, दुखीको नाम भजाएर राजनिति गर्नुपर्ने, नाम कमाउनुपर्ने छैनन् । धेरै त विदेशका महँगा विश्व विध्यालयमा राम्रो शिक्षा र ज्ञान लिएरपनि बिदेशको मोह भंग गरेर स्वदेशमै केहि गर्न भनेर फर्किएका छन् । त्यसैले यिनले पक्कैपनि दुई सुकोमा र्या्ल काढ्दैनन् । हजार मध्ये आधा झिकेर खल्तितिर हाल्दैनन् । बाढि पिडितलाई सामान पुर्याउँन जाँदा बस टिकटको नक्कली टिकट पेश गर्दैनन् । लुगा बाँड्न जाँदा मासु भात र बियर खाएको भनेर नक्कली बिल पेश गर्दैनन् । सकेको बुताले कार्यक्षेत्रमै आफैं पुग्छन् र आफ्नै पाखुराले बाँड्छन् । एक माना चामल र एउटा खास्टो दिँदा पाँच घण्टा भाषण छाँट्दैनन् । त्यसैले स्वच्छा मनले सहयोग गर्ने हो भने यो समूह उपयुक्त हुन सक्छ ।
हालै बाढि र पहिरो (दैबि प्रकोप) मा परेकाहरुलाइ कोशीक्षेत्रमै गएर राहत बाँड्ने र ति पिडितहरुलाइ तत्काल गाँसबास,स्वास्थ र पठन पाठनमा सहयोग गर्ने उद्देस्य “केहि गर्छौं” भन्ने समुहले राखेको छ । तपाईलेपनि आफ्नो स्वेच्छाले पिडित परिवारलाइ सहयोग गर्न सक्नुहुन्छ । त्यसको लागि तलका मध्ये कुनै बैंक खाता प्रयोग गर्न सक्नुहुन्छ । पठाएपछि कुनै समस्या पर्यो भने नेपालप्लसकै यहि लेखमा प्रतिक्रिया राखिदिनपनि सक्नुहुन्छ । यो समूह गतिलो बिकल्प र माध्यम हो । बाँकि मन र माध्यम छान्ने तपाइकै !
आर्थिक सहयोग गर्नको लागि तलका मध्ये कुनै बैंक ठेगाना प्रयोग गर्न सक्नुहुन्छ
(१) कृषि बिकास बैंक न्युरोड,
बचत खाता नं.०२१००००७१६९२३०१३
खाताबालाको नाम:-बिनोद न्यौपाने, निलकण्ठ शर्मा
२) नेबिल बैंक,चाबाहिल
बचत खाता नं. ३५१००१७५०६७०८
खाताबालाको नाम:- सुमन दाहाल,कृष्ण ब.बस्नेत”
सजिलोको लागि अर्को खाता
खाता वालाको नाम : बीनोद न्यौपाने + निलकन्ठ शर्मा
Saving Account:0210000716923013
Agricultural Development Bank Ltd, (ADBL) Newroad
The SWIFT Code of bank is : ADBLNPKA






