रोजा पार्क : नागरिक अधिकारकी जननी
● रन्जु मार्ग
भनिन्छ, समाजमा परिबर्तन गर्नु छ भने शुरुवात आफै बाट गर्नु पर्छ । यस कुराको पुस्टि विश्वका महान व्यक्तिहरुको जीवन संघर्ष र उत्सर्गबाट प्रमाणीत भैसकेको छ । उनीहरुको जीवनी अध्ययन गर्ने हो भने उनीहरुले आफ्नो व्यक्तिगत जिन्दगीको प्रवाह समेत नगरी समाज अनिराष्ट्रको हितको लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गरेको पाइञ्छ । उनीहरु आफ्नो सुख सुबिधा भन्दा पनि सामुहिक भलाईको लागि आफ्नोतनमन दिएर लागी परेका हुन्छन ।समाजलाइ नयाँ गति दिने यस्ता व्यक्तिहरु मध्येकी एक हुन् ‘रोजा पार्क ‘ । जसलाई अमेरिका थिइन्’नागरिकअधिकारकी जननी ‘को रुपमा सबैले चिन्ने गर्दछन । उनले आफ्नो सम्पूर्ण जीवन ‘अधिकार र मुक्ति ‘को लागि समर्पित गरेकी थिइन् । रोजा पार्कको जन्म सन् 1913 फेब्रुवरी 4 मा Tuskegee Alabamaमा भएको थियो । उनि अफ्रिकन -अमेरिकन महिला थिइन् । सानैमा आफ्नाआमा बुवा छुट्टिएको कारण उनको बाल्यकाल मावलीमा बितेको थियॊ । त्यही नै उनले स्कुले शिक्षा लिएकी थिइन् ।
जब मैले पहिलो पल्ट उनलाई पढ्ने मौका पाए उनको त्याग र उत्सर्ग बाट म निकै नै प्रभावित भएको थिए । उनलाई पढे पछि अन्याय सहेर होइन बिद्रोह गरेर जितिन्छ भन्ने कुरा बुझ्न पाएँ । उनले रंगको आधारमा अमेरिकी समाजमा जुन त्रीब भेदभाब थियो त्यसलाई विद्रोहको मसाल उठाएरजलाई दिईन । आज जुन स्वतन्त्रता र अधिकार अमेरिकीहरुले प्रयोग गर्न पाएका छन् त्यसको श्रेय उनलाई जान्छ भन्दा दुई मत नहोला ।
अमेरिका जसलाई संसार भरका मानिसहरुले सपनाको देशको रुपमा लिन्छन । जो कोहीलाई पनि एकपल्ट आउने ,देख्ने ,बुझ्ने रहर हुन्छ । दोस्रोविश्व युद्द पछि अमेरिका एक शक्तिशाली राष्ट्रको रुपमा अगाडि बढिरहेको अवस्थामा यहाको स्वतन्त्र जीवन शैलीले मानिसहरुलाई प्रभावित पार्दैलैजानु स्वभाविक नै हो । तर के अमेरिका यति सजिलै यस्तो प्रभावशाली बन्यो होला त?पक्कै पनि यस भित्र गहिरो इतिहास लुकेको छ ।
अमेरिकाको इतिहास पल्टाएर हेर्ने हो भने यहा पनि अनेकन कुरीति, कुप्रथा, कुसस्कारले जरो गाडेर बसेको थियो । यहा पनि ग्रिय युद्द भएको, जात, रंगको आधारमा विभेद हुने गरेको, धनि र गरिब बिचको गहिरो खाडल रहेकोले सामाजिक, आर्थिक तथा राजनीतिक अवस्था नाजुक बन्दै गएको थियो । काला र गोरा बिचको असमान व्यवहारले समाज जर्जर बन्दै गएको थियो । बसमा गोरा र काला बस्ने सिट छुट्टाछुट्टै हुन्थियो । यहा सम्म कि गोराहरु बस्ने सिटमा कालाहरू बस्न पाउदैन थिए । गोराहरु पढने स्कूलमा कालाहरू पढन पाउदैन थिए । यस्ताअमानवीय असमानताले अमेरिकी समाज उकुस मुकुस भएको थियो |यस्ता असमानता प्रति मानिसहरुमा वित्रिस्ना जागिरहेको थियो । धेरैमानिसहरु असन्तुस्ट भै रहेका थिए । सन् 1956 तिर ‘ मार्थिन लुथर किङ्ग जुनिएर ‘ले रंग भेदको बिरुद्र आवाज उठाइरहेका थिए । त्यति नै बेला रोजा पार्क काम गर्न जाने शिलशिलामा बसमा चढेर सिटमा बसिन तर त्यस बसको ड्राइभरले सिटमा बस्न दिएन |त्यो बसको सिटमा केवलगोराहरु मात्र बस्ने भएको हुनाले काला जातका मानिसहरुले बस्न नपाउने हुनाले त्यो सिट बाट उठ्ने निर्देशन दियो । तर रोजा पार्क मानिनन रअटेरकोसाथ् सिटमा बसिरहिन । पछि ड्राइभरले पुलिस बोलाएर अर्रेस्ट गर्न लगायो । यो घटना सारा अमेरिका भरि नै भुसको आगो जसरी फैलियो|ठाउ ठाउ बाट यस घटनाको निन्दा आक्रोस हुन थाल्यो । ‘माथ्रिन लुथर किङ्गले संचालन गरेको जातिय आन्दोलनलाइ यस घटनाले झनै बढवादियो । आन्दोलन दिनदिनै चर्किदै गैरहेको थियो । अन्तत :एक दिन सारा अमेरिकाका काला जातका मान्छेहरुले बस नचढ्ने घोषणा गरे । यसघोषणाले यातायातमा ठुलो धक्का परयो| आखिर प्रशासनले जातिय आधारमा काला र गोरा भन्ने नछुट्टाउने घोषणा गरयो । यस परिबर्तनकोप्रमुख अभियन्ता रोजा पार्क थिइन् ।
धेरै वर्ष अगाडी अब्राहम लिंकनले दासत्व अन्त्य को बिल पास गरेर समाज बाट दासत्वको अन्त्य भएको घोषणा गरेपनि मानिसहरुको मनभित्रको दासत्व हटाउन नसकी रहेको बेला रोजा पार्कले एक अभियन्ता बनेर सबै मानिसहरुले विभेद रहित बाँच्न पाउनु पर्छ भन्ने मानवीयहकको बिजारोपण गरिन । त्यति मात्र होइन समाजबाट अन्याय, अत्याचार, बिकृति ,विसंगति हटाउन केवल सडकमा ढुङ्गा हानेर ,टायरबालेर ,बम पड्काएर मात्र होइन अहिंसात्मक तरिकाबाट आन्दोलन गरेर पनि सकिन्छ भन्ने एउटा गतिलो उदाहरण देखाएकी थिइन् ।





