निर्वाचन आयुक्तसँग बेल्जियममा सात पार्टीको अन्तर्क्रिया

Ila-sharma

 ( अपडेट- यो कार्यक्रम घोषणा गरेपनि एन आर एन बेल्जियमले यसको अघिल्लो दिननै इला शर्मासित उहि प्रक्रितिको कार्यक्रम राखेकाले सात जनवर्गिय संगठनले राखेको कार्यक्रम तुहियो । तर आयोजकले रद्द गरिएको भने)

बिभिन्न सात पार्टीका जनवर्गिय संगठनहरुले बेल्जियममा निर्वाचन आयुक्त इला शर्मासित छलफल गर्दै छन् । पर्सि १७ जुलाई बिहिबारका दिन आन्तर्पेन शहरमा छलफल गर्न लागेका हुन् । बिदेशमा रहेका नेपालीहरुको मतदाता नामावली नामदर्ता, ओभरसिज भोटिङलगायतका बिषयमा प्रवासी नेपालीहरुको बिचमा छलफल हुँदै छ । प्रवाशी नेपालीको अधिकारलाई प्रभावकारि बनाउन ति विषयमा सुझाव संकलनार्थ निर्वाचन आयोगका निर्वाचन आयुक्त इला शर्माको उपस्थितिमा छलफल गर्न लागिएको हो । निर्वाचन आयुक्तनै सिधा आएर छलफल गर्ने हुनाले यसलाई प्रवाशी नेपालीहरुले महत्वपूर्ण रुपमा हेरेका छन् । गत संविधान सभाको निर्वाचनमा भाग लिएका, नलिएका र पहिचानवादी सबै दल र ब्यक्तिहरुकालागिपनि आआफ्ना मत राख्ने र सुझाव दिनकालागि यो अवशर हुन सक्छ ।

यो अन्तर्क्रिया आयोजना सन्तोष जोशी(सुबास) अध्यक्ष, नेपाली जनसम्पर्क समिति, अर्जुन गुरुङग-अध्यक्ष, प्रवासी नेपाली मंच, वालकृष्ण कंडेल -अध्यक्ष, नेपाली एकता समाज, सुरेन्द्रमान अमात्य- अध्यक्ष, प्रवासी नेपाली समाज, नेत्र मगर- अध्यक्ष, नेपाली संघिय समाज, चित्र सुवेदी – अध्यक्ष, नेपाली जनप्रगतिशील मंच, प्रेम पाठक- अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चाले मिलेर संयुक्त रुपमा गरेका छन् ।

यो कार्यक्रममा बेल्जियम स्थित सम्पूर्ण संघसंस्थाका अध्यक्ष तथा सामाजिक व्यक्तित्वका साथै इच्छुक सबैलाई सहभागी हुन आयोजकहरुले आव्हान गरेका छन् । छोटो समयको तयारिमा आयोजना गरिएको हुनाले कार्यक्रममा उपस्थित हुन नसक्नेहरुले आफ्नो सुझाव कार्यक्रम आयोजक सात संगठन बिचमा खोलिएको आधिकारिक साझा इमेल [email protected] मा पठाउन पनि अनुरोध गरिएको छ ।

कार्यक्रमको पूर्णजानकारि र सम्पर्क हेर्नुस् 

मिति -१७ जुलाई २०१४

समय –  १३ बजे 

स्थान – अन्त्वेर्पेन (हलको लागि निम्न फोन नम्बर मा सम्पर्क गर्नु हुन् हार्दिक अनुरोध छ ०४८४१८३६१० ,०४९५३५१०२९)

तपाइँको प्रतिक्रिया