शिक्षकलाई पैसा नदिएपछि बेल्जियममा नेपाली कक्षा बन्द

सन्तोष न्यौपाने / बेल्जियम

belgium-2

नेपालमा शिक्षक शिक्षिकाले तलब नपाएपछि कक्षा बन्द । तलब नपाएपछि हडताल । यस्ता खबर खुब सुनिन्छ । यो त नौलो भएन । तर बिदेशमा ? अझ युरोपमापनि पढाएको पैसो शिक्षकले पाएनन् भन्ने सुन्नु भएको छ ? अब भने अनौठो नमाने हुन्छ । बेल्जियममा नेपाली भाषा कक्षा पढाउने शिक्षकलाई बेलैमा पैसा नदिएपछि बन्द भएका छन् । 

बेल्जियमको ब्रुज शहरस्थित एभरेस्ट नेपाली समाजले लगभग डेढ वर्षको अन्तरालमा पुन संचालन गरेको नेपाली भाषा कक्षा लगभग तिन चार महिनामै बन्द भयो । समाजले शिक्षिकाको ब्यत्तिगत कामले अध्यापन कार्य छोडेको जनाएपनि अध्ययन शुल्क नतिर्नु, अभिभावकको बेवस्ता तथा पदाधिकारिहरुसँग तालमेल नमिलेकोले शिक्षिकाले पढाउन छोडिदिएको अन्य नेपालीहरु बताउँछन् । कारण जे भएपनि एक महिना  सञ्चालनमा आएको उक्त भाषाकक्षाको प्रथम दिन विध्यार्थि संख्या निकै न्यून रहयो । समाजका अध्यक्ष दुर्गा प्रसाद सुवेदीले जम्मा नौ जना विध्यार्थि मध्ये आठ जना उपस्थित भएको जनाएपनि नयाँ शिक्षिकाले भने जम्मा दुइ जना मात्र आएको जानकारि दिइन । सुवेदिका अनुसार प्रत्येक कक्षा वापत अभिभावकले शिक्षकलाई ५ युरो शुल्क अर्थात मासिक २० युरो बुझाउनुपर्ने हुन्छ । यहि रकम समयमा नदिएकोले पूर्व शिक्षिकाले अध्यापन गर्न छाडेको बताइएको छ । लामो अन्तरालसम्म दिगो रुपमा कक्षा संचालन हुन्छ वा हुँदैन त्यो द्धिविधामै छ ।

belgium-1

त्यस्तै, बेल्जियममा नै पहिलो पटक सांग्रिला समाजले लुभेन शहरमा सन २००६ देखि संचालन गरेको नेपाली भाषा कक्षा सन २००७ मा अन्त्य भयो । जसमा १५ जना विभिन्न उमेरका नेपाली वालवालिकाहरु थिए । यसको केहि समय पश्चात २००८ देखि दिपकज्योति पौडेल र परमानन्द पौडेलले समाजकै रेखदेखमा सन् २०१० सम्म अध्यापन गराए । उनिहरुले २५ जना सम्म विध्यार्थिहरु दुई चरणमा पढाएका थिए । परमानन्दले नेपाली भाषा शुरुवात कक्षा लिएका थिए भने दिपकज्योति पौडेलले नेपालदेखि पढेर आइसकेकाहरुलाई नेपाल बारे थप जानकारि दिने गरेका थिए । यो भाषा कक्षापनि दुइ वर्ष भन्दा धेरै अगाडि जान सकेन । चार वर्षपछि लुभेनमै पौडेलले यहि आउँदो सेप्टेम्बर देखि पुन कक्षा संचालन गर्ने जानकारि दिए । यो कति दिर्घ रुपमा जाने हो त्यो पनि यसै भन्न सकिन्न ।

यि दुई संस्था बाहेक बेल्जियमको आन्तरपेनमा सोफिया महर्जन र सच्चा कार्किको जोडिले संचालन गरेको नेपाली भाषा कक्षाले भने अहिलेसम्म निरन्तरतानै पाएको छ । यो खुशिको कुरा हो । भाषा कक्षा सँगै उनिहरुले नृत्य तथा विभिन्न कार्यक्रमहरु बिध्यार्थीहरुलाई सिकाईरहेका छन् ।

belgium-3

माथिका दुई संस्थाहरुको प्रयाश पनि स्रहानिय नै छ । तर निरन्तरता नपाउनु दुखद हो । सांग्रिला समाजका महासचिव तथा शिक्षक दिपकज्योति पौडेलका अनुसार बेल्जियमका नेपाली अभिभावहरुलाई आफ्ना बाल बच्चाहरुलाई नेपाली भाषा सिकाउनुपर्छ भन्ने चेतनाको कमिले यस्तो भएको हो । ’बच्चाहरुलाई नेपाली सिकाउन अभिभावकमा रुचि छैन । कामको ब्यस्तताले समय निकाल्नपनि सक्दैनन ‘पौडेलले भने ‘हामी जहाँ रहे पनि हाम्रो सामुहिक भाषा नेपाली हो । भावानात्मक सम्बन्ध तथा नेपालीपनको लागि पनि बच्चाहरुलाई नेपाली सिकाउनु अत्यन्त आवश्यक छ ।’

belgium-4jpg

बेल्जियममा लगभग आठ हजारको हाराहारिमा नेपालीहरु बसोबास गर्छन् भन्ने चर्चा गरिन्छ । त्यसमा बालबालिकाहरुको संख्या लगभग एक हजार जति छन । यि मध्ये कोहि यहिँ जन्मेका छन भने कोहि नेपाल देखि आएका छन । यहिँ जन्मेकाहरुलाई नेपाली भाषा बोल्न तथा लेख्न समस्या नै छ । नेपालदेखि आएकाहरुइलाईपनि लेख्न र लेखेको अध्ययन गर्न निकै धौ धौ हुने गरेको छ । पौडेलले भनेजस्तै बेल्जियममा आफ्ना सन्तानहरुलाई नेपाली सिकाउँदा आफ्नो इज्जतमा कमि हुने हो कि भन्ने सोच भएका नेपालीहरुकोपनि कमि नभएको होइन । जसका कारण उनिहरु आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउन कन्जुस गरिरहेका हुन्छन । भोलि गएर प्रत्यक्ष मारमा पर्नेहरुपनि उनिहरुनै हुन ।

अर्कोतर्फ नेपाली भाषा कक्षा पठाउने तर घरमा पुन अध्यापन नगराउने हुनाले पनि संचालन भएका कक्षाहरु प्रभावकारि हुन सकिरहेका छैनन । यसको लागि सबैभन्दा सजग र जिम्मेवार अभिभावकनै हुन । भाषा कक्षा नपठाए पनि घरमै समय निकालेर अध्ययन गराउँदापनि धेरै नेपाली वालवालिकाले नेपाली भाषा लेख्न बोल्न प्रस्टसंग सिक्न सक्दछन । यसमा बेल्जियममा रहेका सबै अभिभावकहरुले ध्यान दिनु जरुरि छ । अन्यथा नेपाल जाँदा वा बेल्जिममै रहँदा, अभिभावक र आफन्तलाई सम्मान गर्नुपर्ने तरिका र शब्दहरुको उनिहरुलाई पत्तो हुँदैन । नेपाल गएका बेला नेपाली बोल्न र लेखेको पढ्न राम्रोसँग नजान्दा पर्नेमार भनेकै अभिभावकलाई हो । तसर्थ त्यो अवस्थामा आफ्नो स्वभिमान लाई गुमराहमा पार्नुभन्दा अभिभावकहरु यसमा आजैदेखि सचेत हुनु राम्रो हो ।

तपाइँको प्रतिक्रिया