कलाकारलाई नचाउने नाममा स्पेनका नेपालीबिच मारमुंग्री

nepalplus-logo1स्पेनमा भोली नेपालका हांस्यब्यंग्य कलाकार मनोज गजुरेल जाँदैछन् । उनीसितै पशुपती शर्मा र रिता थापापनि सहभागि हुने छन् । तर कार्यक्रम कसले गर्ने ? कसरि गर्ने भन्ने विषयमा हिजो बसेको सामूहिक बैठकमा नेपालीहरुबिच मारमुग्री परेको छ । कलाकार संघ स्पेनका अध्यक्ष भनिएका दीपक सुबेदीले आयोजना गरेका थिए यो कार्यक्रम । तर नेपालप्लस डटकममा सुबेदीले धेरै नेपालीलाई ठगी गरेको समाचार सार्वजनिक भएपछि उनलाई यो कार्यक्रम गर्न नदिन नैतिक दबाब परेको थियो । कलाकार मनोज गजुरेल स्वयंले दीपक सुबेदीले आयोजना गरेको कार्यक्रममा सरिक हुन नैतिक समस्या हुने बताएको स्रोतले उल्लेख गर्यो ।

नेपालप्लस डटकममा दीपक सुबेदीले गरेको ठगीको बारेमा समाचार आएपछि हाँस्य कलाकार मनोज गजुरेलले आयोजकलाई फोन गरेर भनेका थिए ‘यो समाचार आएपछि यहि संस्थाको आयोजनामा हामीलाई त्यहाँ कार्यक्रम गर्न अलि गाह्रो भो ।’ त्यसपछि नेपालीहरुबिच यो कार्यक्रम गर्ने कि नगर्ने ? गरे कसले गर्ने भन्ने विषयमा बैठक बसेको थियो । बैठकमा कार्यक्रम भोलि २२ तारिख गर्ने कि नगर्ने । कार्यक्रम नै नगर्ने कि ? गए कुन दिन गर्ने भन्ने विषयमा बहस भएको थियो ।

कार्यक्रम दीपक सुबेदी अध्यक्ष रहेको कलाकार संघलाई गर्न दिँदा सम्पूर्ण स्पेनबासी नेपालीको बेइज्जत हुने निर्णय गरिएको थियो । त्यसपछि त्यहाँका अधिकांश संघ संस्था उपस्थित भएर छलफल गरेका थिए । कार्यक्रम जसरिपनि गर्नुपर्छ भन्ने निर्णयमा एन आर एन स्पेनका अध्यक्ष एकराज गिरी, नेपाली जन संपर्क समितिका अध्यक्ष चिन्तामणी सापकोटा लगायतका थिए । गिरी दीपक सुबेदीका निकट मानिन्छन् । सुबेदीसितै मिलेर बिगतमा उनले पसल खोलेका थिए र दिपक सुबेदीको ठगीका बिरुद्द समाचार आउनुपूर्व उनी त्यहि कार्यक्रमको सहयोगका लागि दौडिएका थिए । सल्लाहकार गोपाल रेग्मीलगायतले बिरोध गरेका थिए । ‘कलाकारले नाममा बदनाम गरिएको कार्यक्रम तुरुन्तै किन गर्ने ? कलाकार संघको बदनामबाट यो कार्यक्रम हुन्न भनेर रद्द भएको घोषणा गरौं । त्यसपछि केहि दिनमा एन आर एन स्पेनको तर्फबाट घोषणा गरौं । के बदनाम कार्यक्रमको जिम्मा एन आर एनले लिने हो र ?’ सलाहकार रेग्मीले बैठकमा भनेको एक स्रोतले उल्लेख गर्यो ।

जे होस, कार्यक्रम गर्नुपर्छ । नेपालका कलाकार आएकाले स्वतन्त्र ढंगले कार्यक्रम गरौं भन्ने बहस उठेको थियो । कार्यक्रम अहिलेनै गर्ने भन्ने विषयमा एन आर एन स्पेनका अध्यक्ष एकराज गिरीले हठ लिएका थिए । त्यसपछि गोपल रेग्मीले ‘ल त्यसो भए तपाईहरुलेनै निर्णय गर्नुस्, हामी गयौं’ भन्दै चर्केर जवाफ दिँदै उठेका थिए । उनी चर्किएपछि ‘हैन हैन बसौं, छलफल गरौं’ भन्दै उनलाई रोकिएको थियो । कार्यक्रम बहुमतका आधारमा निर्णय गरिएपनि कलाकार संघ स्पेनको संलग्नता रहने छैन । नेपाली जनप्रगतिशिल मोर्चा स्पेन । नेपाली प्रवासी मञ्चलेपनि सहभागिता नजनाउने घोषणा गरेका छन् । गोपाल रेग्मीले ‘कलाकार संघले नगर्ने भनेर बिज्ञप्ती निकालेर पछि एन आर एनले केहि दिनपछि गर्नुपर्ने तर्क अघि सारेका थिए ।

तर एन आर एन स्पेनले भने समर्थन जनाउने निर्णय बहुमतका आधारमा बैठकबाटै पारिद गरेको हो । यसका विषयमा बिभिन्न मतमतान्तरहरु भएका छन् । एन आर एन स्पेनले सामान्य सहयोग गर्ने भनेकामा विशेष सहयोग गर्ने भनेर सामचार प्रकाशित गरेकोमापनि केहि सदस्यले आपत्ती जनाएका छन् । उठेको पैसाबाट केहि एन आर एन स्पेनको कोषमा जम्मा गर्न सकिने लोभ एन आर एन स्पेनले गरेको छ । त्यहि सार्वजनिक गरेको छ । असहमतहरुले भने बदनाम भएको ब्यक्ति र संस्थाले घोषणा गरेकै मितिमा नगरौं, केहि दिन सारेर गरौं’ भन्दा भन्दै नमानेकाले आपत्ती जनाएका छन् । यहि बिबादका बिच स्पेनमा यतिखेर नेपाली संघसंस्थाका बिचमा मारमुंग्री चलेको छ । कयो मारमुंग्रेबारे मनोज गजुरेल लागयतका कलकारलाई भने जनकारि नहोस् भनेर सचेत हुन आयोजककर्ताहरुले सचेत गराएका छन् ।

केहि नेपालीहरुले दीपक सुबेदीले पैसा ठगेका नेपालीहरुलाई हलमै आउन आव्हानपनि गरेका छन् । पैसा लिन बोलाएर त्यहिँ दीपक सुबेदीसित पैसा माग्ने नदिए उनका सहयोगीलाई झाक्कलझुक्कल पार्ने, बेईजाति गर्ने गराउनुपर्छ भन्दै सार्वजनिक गरेका छन् ।

दीपक सुबेदी कलाकार संघका अध्यक्ष भएपनि यो कार्यक्रमका संयोजक थिए, निरज कुमार पोख्रेल । उनी एन आर एन स्पेनका उपाध्यक्षपनि हुन् । कलाकर संघका प्रमुख सल्लाहकारपनि । नेपालीले कति पद लिन्छन् बिदेशमा कहिलेकाहिँ त संझिनपनि मुश्किल पर्छ । कार्यक्रम आयोजना गर्ने बैठकमा निम्त्याइएपनि दीपक सुबेदी भने अनुपस्थित थिए ।

तपाइँको प्रतिक्रिया