नयाँ सालले विछोड
● सोमना थारु / बेल्जियम
अस्ति २०१३ को अन्तिम दिन । पुरानो वर्षलाई विदा गरेर नयाँ वर्ष २०१४ लाई मध्य राती स्वागत गर्ने दिन । अस्तिदेखि चिनेजानेकाले, इष्टमित्रले एक अर्कालाई नयाँ वर्षको शुभ कामना दिने चलन र परम्परा । मैले पनि आफ्ना मित्रहरु, सहकर्मीहरुलाई शुभ कामना बाँस्नैपर्ने भयो । केही दिन नसकेपनि शुभ कामना है भन्न् र लेख्न किन हिचकिचाउनुपर्यो र ? हिजै आफ्नो काममा खटीरहेको समयमा एक जना चिनीराखेको सुकुम्बासी (डाकलोज) युवतीसँग भेट भो । उनीलाई नयाँ वर्ष आएपनि नआए के फरक भो र ? सधैं जाँड रक्सी पिउने त हो नि । तर हिजोभने उनी अलि बढी खुशी रहिछिन ।
मलाई देख्ने वितिक्कै उनले आफ्नो सच भाषामा भनिन् – “हाय सोमना ! गेलुकिख न्यू यार ।” अर्थात उनले नयाँ वर्षको शुभ कामना मलाई टक्र्याइन् ।
धन्यवाद सोफी । अनी तिम्लाई नि है । मैले नि जवाफ फर्काएँ ।
उनी मतिर आइन । मलाई समाएर शुभ कामनाको सन्देश स्वरुप तीन पटक चुम्बन गरिन् । अनी फेरी आफ्नो रक्सिको बोतल समाउन गइन ।
पुरानो वर्षलाई विदाइ र नयाँ वर्षलाई स्वागतको लागि सबैले मिठो मिठो परिकार खाने, पकाउने चलन । अझ धेरै त रेस्टुरेन्टमा गएर खाने । देखाउने । त्यो राती नाच्ने, गाउने, रमाइलो गर्ने । सकेजति जाँड रक्सी पिउने । डिस्को जाने । केटीले केटा पट्याउने । केटाले केटी पट्याउने । अझ कतिपयले नयाँ साल सँगै नयाँ श्रीमती बनाउने । नयाँ श्रीमान बनाउने ।
अस्ति बिहान भने यो पङ्तिकार् चाडै बिस्तराबाट उठ्यो । बाहिर हेर्दा स्वच्छ मौसम देखियो । अनी त के ? यो पङ्तिकारले साइकल उठायो । शहरको एक चक्कर लगायो । बाहिर शहरका गल्ली गल्लीको शयर गर्यो । त्यसरी शयर गर्दा शहरका कुना काप्चामा के देखियो त ? बाटामा जताततै फुटेको बोतलका टुक्राटुक्री, क्यान, पलास्टिकका गिलास देखियो । जताततै फूलका गमला तोडफोड गरिएका । जताततै गाडीका सिसा फुटाइएका रहेछन । त्यतिले मात्रले नयाँ वर्षको जाँडको करामत कहाँ पुरा भयो र ? शहरका गल्ली घुम्दै गर्दा कोही मानिसहरु सर्प जस्तै हिँडेको देखियो । कोही कोही कुना काप्चामा सुतिरहेका देखिए । जहाँतही बान्ता गरेका, दिशा पिशाब गरेको फोहरहरु देखियो ।
अझ एउटा रोचक प्रसँग के देखियो ? एक जना २५ – ३० वर्षका लाग्ने महिला देखिइन । ५ – ६ डिग्रीको तापक्रममा पनि एकदमै छोटा कपडा लगाएकी । उनी आफ्नो मोबाइलमा कोहीसँग बात मार्दै थिइन । तर उनी सुँक्क सुँक्क रुँदैपनि थिइन् । हेर्दाहेर्दै उनको रुवाइ बढेर ङ्वाँ ङ्वाँमा पुग्यो । त्यही नजिकै एक जना मानिस पनि हिँडदै थियो, लरतर गर्दै । बरबराउँदै पनि थियो । त्यसले मलाई ह्याप्पी न्यु ईयर भन्यो । तर त्यो वाक्य रुँदै गरेकी आधुनिक महिलाले सुनी । फनक्क ऊ तिर फर्की । तर के गर्न सक्थी र विचराले । आखिर ह्यापी न्यू इयर भन्ने मान्छेले नराम्रो दृष्टिले भनेको थिएन । अनि उसले ति महिलालाई भनेको पनि थिएन । उसले त मलाई पो भनेको थियो त । कहिलेकाहीँ एउटालाई भन्दा अर्कोलाई असर पर्दो रहेछ । विचरा ति महिलालाई के दु:ख परेको थियो । त्यही बेला उसले ह्यापीपी न्यू इयर सुन्नुपर्यो ।
एक घण्टाको शहरको बिहानी यात्रापछि यो पङ्तिकार घर फर्क्यो । घरको मुख्य ढोका खोलेर भित्र पस्ने वितिक्कै फेरी कोही रोएको सुनियो । को रोएको होला भनेर एस्सो ध्यान एकाग्र बनायो । आफ्नो छिमेकीको स्वर नचिन्ने कुरै भएन । तल भुइँतल्लामा बस्ने युवती पो रहिछिन । चिनीजानी राखेको छिमेकीको घरमा रुवावासी ? दु:ख सुखमा साथ दिनुपर्ने नेपालीको बानी । मैले ढोका ढकढक्याएँ । एक पटक ढोका ढकढक्याउँदा केही प्रति उत्तर आएन । फेरी ढकढक्याएँ । अहिले भने खुल्यो ।
” के भयो डोमिनिक ? मैले केही सहयोग गर्न सक्छु कि ?” भनें ।
उत्तर आयो “मेरो केटासाथीले आज देखी मलाई छोडने भयो । नयाँ साल मलाई अफाप भयो ।”





