बेल्जियम प्रशासनका आँखामा नेपालीको पहिचान गिर्दो
● सन्तोष न्यौपाने / बेल्जियम
नेपाली कांग्रेस निकट नेपाली जन सम्पर्क समिति बेल्जियमको निर्वाचनको मतगणना हुँदै थियो । त्यहि बेला केहि बिबाद भयो । त्यो बेला नेपाली कांग्रेसका दुइ खेमाबिच उत्पन्न तित्तता अझै सम्म साम्य हुन सकिरहेको छैन । उक्त घटनामा आक्रमणमा परेका केहि ब्यत्तिहरुलाई उपचारको लागि लैजानुपरेको थियो । प्रहरिनै बोलाए र कुटाकुटको त्यो घटना साम्य पार्नु परेको समाचार आफैमा दुखद थियो । बिचमा मिलेको भनिएको समिति हाल आएर पुरानै अवस्थामा फिरेको छ ।
केहि समय पछि भएको एन आर एन बेल्जियमको निर्वाचन र यसको मतगणनाका क्रममा देखिएका दृश्यहरु आफैमा लज्जास्पद बने । खसेभन्दा मत बढि हुनु र यस पछि निस्केको विवाद लामो समय रहेर नेपाली समाज स्खलित हुन पुग्नु आफैंमा अनौठो बन्यो । त्यो भन्दा पनि सोहि क्रममा पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्ष्ँ केजिन राइका अनुसार उनिमाथि आक्रमणको योजना बनाउनु न्यायोचित रहेन । मत कम ल्याएका भनिएकाअहरुले ‘आफू मत गणना स्थलबाट नभाएको भए कुटपिटमा परिने थियो, त्यससरि कुटपिट गर्ने योजना बनाई एको थियो’ भनेर सार्वजनिकनै गरेका थिए ।
त्यसो त बेल्जिममा निकै विवादास्पद बनेको एसेन्टा महोत्सवको अन्तिम दिन नेपाल फेस्टिवल आयोजना गरिएको थियो । तर सोहि दिनमै अहिले एन आर एनमा रहेका सल्लाहाकार र एक सदस्यविच भएको विवादले एन आर एनमा कस्ता पदाधिकारि रहेछन भन्ने प्रस्ट पार्यो । प्रत्यक्ष्ँदर्शिका अनुसार उनिहरु को को भन्दा को कम भन्ने सामर्थ्यको विवादमा हात हालाहाल सम्मको स्थिति भएको थियो । बेल्जियममा धेरैले यस घटनालाई लज्जाको हिसावले लिए ।
यसैक्रममा बु्ज शहर स्थित एभरेस्ट नेपाली समाजले आयोजना गरेको दशै तिहार कार्यक्रममा धेरै होहल्ला भयो । झैझगडा गरि अशान्ति मच्चिन्छ भन्ने उद्देश्यले स्थानिय प्रशासनले ११ बजे पश्चात कार्यक्रम बन्द गर्न आग्रह गर्यो । तर सोहि दिनमै स्थानिय नेपाली नेपालीबिच भएको विवादले झण्डै हात हालाहालसम्मको स्थिति बनायो । प्रत्यक्षदर्शीका अनुसार एकपक्षिय तरिकाले ज्यान जोगाउन भागेकोले ठूलै घटना भने हुन पाएन । पछि पिडित भनिने ब्यक्तिको निवेदनको आधारमा समाजले बैठक डाक्यो । समाजका पदाधिकारिले सबै मिलाइयो भनेर बाहिर बाहिर जिकिर गरे । तर बैठक विना निश्कर्षमै टुंग्याए ।
अहिले यस्ता घटना बेल्जियमको नेपाली समाजमा सामान्य भइसकेका छन । अधिकांशमा पहिचान र सामर्थ्यको अहमताले गाँजेको छ । माथिका घटनाहरु यहाँस्थित नेपाली समाजको नांगो रुपनै हो । र यसैमा समाजका भद्र भलाद्मी भनेर चिनिने, आफूलाई त्यहि दाबी गर्नेहरुको बाहुल्यता छ । तर पनि सुधारतर्फ अझै सम्म संस्थागत रुपमा कसैले पाइला चाल्न सकेका छैनन । यो आफैमा दुखद छ । वास्तवमा भन्ने हो भने नेपाली समाज दिन प्रतिदिन ओरालो तर्फ झर्दै छ । यहाँको प्रशासनमा नेपालीहरुप्रतिको जुन छवि थियो त्यो पनि विस्तारै खस्किँदै गइरहेको छ । ढुकुटी र तास प्रकरणबाट नेपालीहरुलाई हेर्ने नजरमा फरक परेको छ । प्रत्येक कार्यक्रममा स्थानिय प्रशासन प्रयोग हुनुले पनि राम्रो सन्देश अवश्यनै गएको छैन ।
माथिका नकारात्मक क्रियाकलाप भएपनि बेल्जियममा सकारात्मक पहल हुँदै नभएका भने होइनन । तर सकारात्मक पहल चाहिँ बेल्जियममा जिम्मेवार ठानिएका । राजनितिक दल । तिनका भात्रि संगठन । अन्य गन्यमान्य भनिनेहरुबाट शुरु गरिएको भने होइन । यहाँका नेपाली युवाहरु आफैं जाग्रित भएर शुरुवात गरेका हुन् । युवाहरु यहाँका यि नकारात्मक घटना न्युन गर्न चाहन्छन् । यहाँको युवाहरुको संस्था एन बि वाइ सि तथा चहलपहल ग्रुप यसका पछिल्ला उदारहण हुन । यिनिहरुका क्रियापलापहरु बेल्जियमको समाजसँग घुलमिल हुने गरेका छन । सहकार्यमा केहि कार्यक्रम हुनेपनि गरेका छन । यो नेपालीहरुका लागि सकारात्मक संकेत पनि हो । यिनिहरुमा विवाद र अपच हुने कार्य भएको अझै सम्म सुन्नमा आएको छैन । यि अरु नेपाली संस्थासँग सहकार्य गर्न रुचाउँदैनन । अरु संस्थामा रहेका राजनैतिक तथा मपाइत्वको प्रतिश्पर्धाले यिनिहरुलाई भिन्नै राखेको छ, अहिलेसम्म । यहि कारण नेपालीको पहिचानको लागि नयाँ गन्तब्य खोज्दै छन युवाहरु । तर पाका भनिनेहरु ठिक उल्टो गतिमा चलिरहेका छन ।
आफ्नो देशको लागि नेपालीहरुले लगानी त गर्नेनै भए । यो रहर, जिम्मेवारी र कर्तब्यबोधनै भयो । बेल्जिक नागरिकहरुले समेत दिनप्रतिदिन नेपालकालागि सहयोग बढाएका छन् । नेपालका बिबिक्ष पक्षका दुख सुखमा साथ दिईरहेका छन् । उनिहरुको लक्ष्य भनेको नै नेपालमा रहेका विभिन्न सामाजिक समस्याहरु निर्मुल गरिदिनु रहेको छ । विभिन्न परियोजनाहरुहरु संचालन गरिरहेका छन । त्यसैकालागि । तर नेपाली समाज राजनैतिक लुछाचुँडि र समाजिक द्धन्दको चरम उत्कर्षमा पुगेको छ । प्रत्येक कार्यक्रमहरुमा बादविवाद, हात हालाहाल, झैझगडा हुनु सामान्य नै भइसकेको छ । के यहि नै हो बेल्जियममा रहेका संस्थागत पदाधिकारिहरुको हैसियत ? जब समस्या पर्छ तब समाधान खोज्ने भन्दा पनि समस्या आउन नदिनु तर्फ लाग्नु उत्तम होइन र ?
अर्कोतर्फ संस्थाका पदाधिकारि सबैलाई पद, मान सम्मान र मिलेसम्म भाषण ठोक्नको नै चटारो देखिन्छ । कुनै कार्यक्रम हुँदा । परिणाम देखिने काम भन्दा भेला र बैठक बढि हुने गर्छन् । नेपालीहरु नेपालीबिचनै आफ्नो पहिचान र सामर्थ्य खोजिरहेका छन । यहि कारण नेपालीको पहिचान बेल्जियम प्रशासन समक्ष गिर्दो रुपमा छ । नेपालीहरु बिचनैपनि खस्कँदो रुपमा देखापरेको छ । अबपनि यसलाई सुधार गर्न तर्फ नलाग्ने हो भने बिदेशका नेपालीको पहिचान, नाम, इज्जत र यहाँको बसाईमा धक्का लाग्ने छ । यसले समग्र नेपालीकै पहिचानमा खति गर्ने छ । हाम्रो प्रतिष्ठालाई कमजोर पार्ने छ । जुन यहाँ रहेका बौद्धिक ब्यत्तित्वको रुपमा चिनिन चाहनेहरुले अझ गंभिर तरिकाले सोच्नु जरुरि छ ।





