नेपाली आप्रवासी समस्या र समाधानकालागि बुझ्नुपर्ने कुरा
● महेन्द्र पौडेल / बेल्जियम
photo – Valerie Namotte
बिहानै मोवाइलमा ट्रिङ्गरिङ्ग एउटा सानो आवाज आयो । लेखिएको थियो ‘दिस सटडे मनिफस्टेसन फर पिपुल्स वीथआउट पेपर एण्ड सोलाडरिटी वीथ अफगान एट टू पीएम इन ब्रसेल्स एट मेट्रोस्टेशन आर्ट लोआ टाइम टु क्लक’ मैले मनमनै कल्पना गरे यी अफगानहरुको आन्दोलनमा मेरो उपस्थिति के होला ? मैले उक्त मेसेज पठाउने मेरा बेल्जिक मित्र सामलाई टेलिफोन गरेर सोधेँ र विस्तृत लिएँ ।
शनिवारको दिन थियो सप्ताहन्त मनाउने मनसाय पनि त्यति हुन्न । गैर आवासीय नेपालीको छैठौं कार्यक्रम काठमाडौंमा केन्द्रीत जारी अधिवेशनले म २४ घण्टा साथीभाईसँग स्काइप, भाइवर, फेसबुक र टेलिफोनमा गफिँदै गइरहेको हुन्छु भने आजभोली यी साधनको म आफैं दासी भइरहेको अवस्थामा यी चिज नहुँदा मेरा पीडा र अत्यासका पलहरु शुरु हुन्छन् । तर अफगानका लागि सबै क्षेत्रका मानिसहरुको सहयोग र समर्थन हुनु आवश्यक छ भन्ने मित्रको सुझावलाई आत्मसाथ गरेर मैले ट्वीटरबाट र मेसेज गरी मेरा बेल्जियन नागरिक दुइजना वरिष्ठ पत्रकार र कनिष्ठ पत्रकारलाई जानकारी गराएँ । हामी ब्रसेल्समा भेट्ने वाचाका साथ । एकहप्ता अगाडी आएको मेसेजको उदेश्य र अफगानीहरुको मागको विषयमा जानकारी लिन पुगेँ ।
photo – Valerie Namotte
त्यो आन्दोलन रहेछ शरणार्थीको । उनीहरुले आफुलाई शरणार्थी दर्जा दिन सरकारसँग माग गरेका रहेछन् । यो उनीहरुको माग करिव ३ महिनादेखि चलिरहेको रहेछ । उनीहरुले ब्रसेल्समा एउटा घरलाई पुरै कव्जा जमाएर भोक हडतालमा उत्रिएका रहेछन् । त्यहाँ उनीहरुका साना वाल वच्चाहरु लगायत बुढापाका सबै रहेछन् । हुँदा हुँदा उनीहरुले प्रधानमन्त्री इलियो डे रुपोलगायतलाई आफ्नो देशमा शरणार्थी समस्या रहेको जानकारी गराएछन् । तर रुपोले यो शरणार्थी विभाग अन्तरगत पर्ने हुनाले शरणार्थी विभाग प्रमुख म्यागी दि ब्लकसामु माग पेश गर्न पठाएछन मागै नसनुी । उनीहरुले म्यागीको कार्यालय र मन्त्रालय अगाडी प्रदर्शन गरेछन् । त्यो प्रदर्शनमा अश्रुग्यास, र पानीप्रयोग गरी आप्रवासीलाई धपाइएको रहेछ । एक दिन पछाडी मलाई फेरी त्यस्तै मेसेज आयो बेल्जियक नागरिक सामवाट । म शामले वोलाएको ठाउँमा उपस्थित भएँ ।
त्यहाँ अफगानीहरुले आन्दोलन गरेको विषयमा छलफल भएको रहेछ । र एकजना जान्ने वुझ्ने अफगान प्रतिनिधि, घाना, नाइजेरिया, कोटेडिभोर, वुकिनोफासोलगायत धेरै देशका प्रतिनिधिको उपस्थिति थियो । करिव चार घण्टासम्म चलेको छलफल र अफगानी मागको विषयमा आ–आफ्नो राय साथै त्यहाँ भएको घटनाका विषयमा बेल्जिक नागरिकले हामीलाई जानकारी गराउने र हामीले आफ्ना देश र आफ्ना विषयमा भन्ने कुरा रहेछ । मैलेपनि नेपालको विषयमा ‘द्वन्द ट्रान्जिट पोइन्टमा रहेको, द्वन्द नभएपनि लडाइको गतिविधि भइरहेको, संविधान नवनेको, नागरिक हक अधिकार कुण्ठीत रहेको, राष्ट्रिय अन्तर्राष्ट्रिय चलखेललगायत विषयमा चर्चा गर्न पाएँ । जो नेपाली लामो समयदेखि यहाँ छन् र वस्ने कानुनी आधार छैन उनीहरुलाई नेपाल फर्कदा वा फर्काउदा नयाँ जस्ता हुने, त्यहाँको कम्युनिटीमा प्रताडित हुनसक्ने रायसहित मानवअधिकार कार्यकर्ता र मोफसलका पत्रकार असुरक्षितरहेको प्रतिवेदन दिएँको थिएँ’ ।
photo – Valerie Namotte
नेपालीहरु आफूले संघर्ष गरेर कानुनी वस्ने आधार प्राप्त भएपछि ती कसरी कुन माध्यम र श्रोतवाट प्राप्त भए भन्ने विषयमा अरुलाई ज्ञान दिनुभन्दा ठूला कुरा गरेर पन्छिने चलन छ । मानौ उनीहरुलाई रातो कार्पेट बेल्जिक सरकारले दिएको हो । यहाँका नेपाली संस्थाको कुरा गर्नथाल्यो भने मस्तिष्कमा अरिगाँल चिल्न थाल्छ । एकजना मित्रको प्रतिक्रिया मलाई ठिकै लागेको छ । केही नेपालीहरुलाई यो कानुनी वस्न पाउने लडाई हो र अफगानका लागि ऐक्यवद्धतापनि हो भनेपछि मुस्किलले ४,५ जना जम्मा गर्न सकेँ ।
photo – Deborah Saydan
हामी पुग्यौं आर्टलोवा ब्रसेल्स । त्यो लस्कर सिधैं युरोपियन पार्लियामेन्टमा पुग्यो र नारावाजी गर्यो । त्यहाँ करिव १००० जति मानिसहरु थिए चारैतिर सुरक्षाकर्मीले घेरिएका । त्यहाँ शामलगायत धेरै भन्दा धेरै बेल्जियम संस्था र करिव ५० जति पत्रकार फोटोग्राफर रहेछन् । यो अफगानको शरणार्थी दर्जाको आन्दोलनमा विभिन्न देशका जस जससँग वस्ने कानुनी आधार छैन उनीहरु र आधार भएकाहरु नैतिक समर्थनका लागि उपस्थित भएका रहेछन् । मेरा मित्र एकजना अफगानपनि समर्थनका लागि आएका रहेछन् । मैले उनैसँग वुझे अनुसार करिव ५०० अफगानी यो आन्दोलनमा सामेल छन् र उनीहरुको माग शरणार्थी दर्जाको लागि हो ताकि अफगानमा समस्या छ ।
करिव ६ महिना अगाडी अरिफ नामका एकजना अफगानीलाई बेल्जियम सरकारले डिपोट गरेपछि तालिवानले मारेका रहेछन् र अहिले पनि त्यस्तै सानैमा बेल्जियम आएका अफगानी नागरिकलाई डिपोर्ट गर्न लागेकोले उनीहरुले हु इज द नेक्स्ट भनेर आप्रावासी विभाग प्रमुख म्यागीलाई प्रश्न सोधेको प्लेकार्ड प्रदर्शन गरेका रहेछन् । त्यहाँ हामी दुइजना, बेल्जिक पत्रकार र मानवअधिकार मित्र सामलगायत हामीले सयौं तस्वीर खिच्यौ र घर आएर कम्प्यूटर खोल्दा मेरा मित्रहरुले फोटो इमेलमा राखिसकेका रहेछन् ।
photo – Deborah Saydan
मेरो विचारमा अफगानका भन्दा हाम्रा समस्याहरु अझ धेरै छन् । तर अफगानीहरुको जस्तो ऐक्यवद्धता हामीसँग छैन । आप्रावासीका लागि ऐक्यवद्धता जनाउनु मानवीय धर्म र कर्तव्य हो । चाहे तिनीहरु जुनसुकै मुलुकका हुन् । तर हाम्रो नेपाली समाजमा लामो समयसम्म बेल्जियम बसेर पनि कानुनी रुपमा वस्ने आधार नभएका धेरै छौं । तर यो ऐक्यवद्धता जनाउन जम्मा चार पाँच जना उपस्थिति हुनुले निर्लज्ज बनाउँछ । नेपालीहरुको एकता र एकवद्धता एकजुट भै हाम्रा समस्याहरुलाई पनि उजागर गरेर वस्न पाउने अधिकारका लागि किन नलड्ने ?
आउनुहोस यो विषयमा हातेमालो गर्दै जो जससँग यहाँ कानुनी रुपमा वस्नपाउने अधिकार छैन । जो गैर कानुनी रुपमा वस्नु भएको छ उहाँहरु पनि यो आन्दोलनमा समाहित हुनुहोस । जो सँग बस्ने अधिकार छ उनीहरुले नैतिक समर्थन गर्नुस । तपाईको व्यक्तित्वको मुल्यांकन तपाई देश र नागरिक प्रति गरेको व्यवहारवाट प्रष्टिन्छ । वस्न अधिकार नभएकाहरु बस्न पाउने अधिकारका लागि लडौं । यसका लागि तपाईले म लगायत जनसम्पर्क समितिका कृष्ण शाहीलाई सम्पर्क गर्न सक्नु हुनेछ । र मलाई इमेल वा फेसबुकमा सम्पर्क गर्न सक्नु हुनेछ । बेल्जियक नागरिकको सुझाव अनुसार जति पनि पेपर नभएका नेपालीहरुलाई जानकारी गराउनु पर्ने भनाईअनुसार सबैले आफ्नो वारेमा लेखि टेलिफोन र नाम उपलव्ध गराई जानकारी लिएर वस्नु राम्रो हुनेछ ।










