बेल्जियम गर्लफ्रेन्डलाई साथमा लिएर नेपाली चेलीमाथि चरम यातना दिने पीडकको कहानी

(नेपालमा श्रीमती र छोरा छोरी । बेल्जियममा आफुभन्दा झण्डै दोब्बर उमेरकी अर्का गोरेनी पत्नी । त्यतिलेपनि नपुगेर एक बिधवा नारीलाई वास्तविकता सबै ढाँटेर शरिरिक संपर्क, प्रेमको आश्वाशन र बच्चा समेत जन्माइसकेपनि चरम यातना दिएर करिब तिन वर्षसम्म बेल्जियममा सताउने नरपशु बेल्जियमको बुर्गे शहर निवासी ३१ वर्षिय किरण काफ्लेको कहानी हो यो । आज ढिला भएकाले सानो भाग हेर्नुस् । उसका थप कर्तुतहरु सार्वजनिक गर्दै जाने छु ।) 

IMG_7604

उसको गोरेनी गर्लफ्रेन्ड र उ भएर मलाई एक हप्तासम्म बेल्जियमको बुर्गे शहरमा घरभित्रै थुनेर राखे । मलाइ किन जान दिन्नन्स् ? तिमीहरुले मलाई थुनेर राख्ने ? म कैदी हो र ? भनें । मलाइ एक डेढ हप्तादेखि कोठाको ढोकामा ताल्चा मार्दै थुनेर राखे । अघिल्लो दिन म यस्सो हिँड्दा पाइन्टमा ठोक्कियो । छिर्लिङ्ग गर्‍यो । के रैछ भनेर हेर्दा त ढोका चाबी रहेछ । भोली पल्ट मैले बहिनीलाई बोलाएँ । ढोका खोलिदिए ठिकै छ । नखोलिदिए यहि चाबीले खोलेर जाउँला, बच्चालाई सुई लगाउँला’ भनें । अनि सन्ताल (गोरेनी श्रीमतीको नाम) लाई ढोका खोलिदे भनेको त मानिन । अनि पाइन्टबाट चाबी झिकेर ल्याएर ढोका खोलें । 

त्यसपछि मैले पैसा मागें । तेरो पैसा त दिँदैनन्, मेरो पैसा दे, नानीलाई सुई लगाएर आउँछु भनें । बैंक कार्ड देखायो । पहिले मलाई एक दिन बैंक कार्ड दिएको थियो एक पटक । मैले पैसा छैन भने बैंक कार्डबाट तिर्छु नि त भन्या त तुरुन्तै उसले त्यो कार्ड रोक्का गर्‍यो । ‘मैले ब्लक गरेको छु । तैंले लगेर प्रयोग गरिस् भने तँलाई पुलिसले समाउँछ’ भनेर म्यासेज गर्‍यो । बच्चालाई सुई लगाउने पैसा छैन, पैसा दिनुस् भन्दा नदिएपछि मैले के गर्ने त बैंक कार्ड नलागेर ? स्टेशनमा आएर पैसा झिक्न थाल्दा मेशिनले कार्डनै थुतिदियो ।

पछि बच्चा लिएर जाँदा डाक्टर रिसायो । अनि मैल ‘सरी, म बिरामी परेकोले आउन सकिन’भन्ने जवाफ दिएँ । डाक्टरसित झुठो बोलें उसकोलागि भनेर । सुइ लगाउने समय अर्को हप्तालाई दिनुस्’ भनें । डाक्टरले अर्को हप्तालाई दियो । त्यसपछि म मिति लिएर तुरुन्तै उहिँ गएँ । अन्त बस्ने ठाउँ थिएन । गुहार्ने मानिस थिएन । बसें । भोलीपल्ट यो बच्चा र उसकि गोरेनी गर्लफ्रेन्ड सन्ताललाई बाहिर पठायो । ढोका बन्द गर्‍यो । चुक्कुल लगायो । हात पछाडी लगेर बाँध्यो । खुट्टा बांध्यो । लुगासुगा फुकालेर नाङ्गो बनायो । टेलिफोनको तारले हात बाँध्यो । ब्यान्डेजको कपडाले घाँटीवरिपरि बाँध्यो । अनि डल्लो पार्‍यो । आँखामा कालो पट्टी लगाइदियो । तर उसले मेरो कान त बन्द गरेको थिएन । मैले सुनें कि उसले मोबाईलबाट भिडियो खिच्यो । त्यसपछि बोत्तल कोच्याइदिने । जबर्जस्ति मुखमा, मलद्वारमा सेक्स गर्ने गर्न थाल्यो । अनि ‘तँ यहाँबाट भागेर जाने होइन ? तँ भागेर तेरो नाठाहरुलाई भेट्न जाने अस्पत्तालमा, एक दिन केटा नफेरि बस्न नसक्ने’ भन्दै आरोप लगायो । पेटीले कुट्या कुट्यै गर्‍यो । मैले ‘मलाई नकुट्नुस् । म एक रात भाइसित बसेर आएँ । अस्पत्ताल गएँ, नानीलाई सुई लगाएँ। मपनि त तपाईको स्वास्नी हो, किन पिट्नुहुन्छ यस्तरि, नपिट्नुस्’ भनें ।

म रोएँ । चिच्याएँ । अब देखि कतै जान्न । यहिँ बस्छु । कतै भाग्दिन । जेजे भन्नुहुन्छ त्यहि मानेर बस्छु भनेर बिन्ति गरें । अँहँ तैपनि मानेन । तँलाई यो भन्दा ठूलो चाहिएको हो भन्दै बोत्तल घुसारिदिने, कोचाइदिने गर्‍यो । मलाई यातना दिन खैरेनीपनि मिलेकि रैछे । उसले फोन गरेर म आउँ भनेर सोधी । अंग्रेजीबाट उसले भो नआइज भनेर जवाफ दियो । केहिबेर पछि त्यो सन्ताल आई । र हात गोडाको डोरी खोलिदिई । मेरो यो हात पाखुरा भरि डामनै डाम थियो ।

(यो दर्दनाक वास्तबिक कहानीका लागि पर्खिनुहोला)

तपाइँको प्रतिक्रिया