एसेन्टा मेलामा दुतावासलाई मुछ्ने झुठको फेरि पर्दाफास

एसेन्टा मेलामा नेपालीसित चर्को रकम असुलेर भिसा सिफारिस गर्नेहरुले सवै स्पोन्सरको सीसी नेपाली दुतावास, एनआरएन बेल्जियम, नेपाली व्यवसायी संघ बेल्जियम, स्टल व्यवस्थापन समितिका संयोजक, अन्तरसंस्था समन्वय संयोजकलाई पठाइएको भन्दै नेपाली दुतावासलाईपनि मुछ्ने काम गरेका थिए, एसेन्टा मेला आयोजक समितिका एक सदस्यले । तर त्यो झुठो रहेछ । दुतावासका प्रथम सचिवले त्यसलाई पुरै नकारेका छन् । नेपालप्लसका सहयोगि तथा उज्यालो नाईन्टी एफ एम बेल्जियमका प्रतिनिधी सन्तोस न्यौपाने सित एसेन्टा मेला र नेपाल फेस्टिबलका बारेमा नेपाली दुतावास बेल्जियमको भूमिकाबारे स्पष्ठ पारेका हुन् ।

आफ्नो स्वार्थ लुकाउनकालागि त्यसरि नेपाली दुतावासलाई मुछ्ने काम गरेको तथ्य नेपाली दुतावास बेल्जियमका प्रथम सचिव कुमार खरेलले नेपालप्लसलाई दिएको अन्तर्वार्ताबाट खुलेको हो । मेला आयोजक समितिले दाबी गरे जसरि नेपाली दुतावासलाई मेलामा कोको नेपाली आउँदै गरेका हुन् भन्ने पूर्ण जानकारि नदिएको र दुतावासले त्यसबारे कुनै काम नगरेको स्पष्ठ पारे । ‘हामीलाई कोको नेपाली आउँछन्, को हुन् भन्ने कुनै जानकारि दिईएको थिएन । हामीलाई त यति जना नेपाले आउँने भए भन्ने सम्मको जानकारि दिएका हुन्  । एम्बेस्सी यसको डिटेल्समा संलग्न छैन, संरक्षको भूमिका मात्रै हो ।’ कुमार खरेलले भनेका छन् । त्यति मात्रै होइन एसेन्टा मेला आयोजकको भनाई अनुसार त एन आर एन बेल्जियम, नेपाली ब्यवयाशी संघ, स्टल ब्यबस्थापन समितिका संयोजक हरिकुमार थपलियासमेत यसमा मुछिएका छन् । त्यसो त कुन कुन ब्यक्तिलाई सिफारिस गर्ने भनेर समितिमा पुरै छलफल गरेको, नामावली दिएको भनेर यस मेलाका सदस्य सचिव शालिक गौतमले सार्वजनिक गरेका छन् । तर केहिदिन अघि नेपालप्लसलाई प्रतिक्रिया दिँदै आयोजक समितिका प्रचारप्रसार संयोजक ओम शर्माले भिसाका लाफि सिफारिस गर्ने काम सचिव शालिक गौतम र संयोजक अर्जुनकुमार श्रेष्ठले मात्रै गरेको र आफुहरुलाई जानकारि नदिएको दाबी गरेका थिए । यसबाटपनि समितिमा ढाँटछल गरिएको, आर्थिक घोटाला गरेको र मेलाका नाममा सोझासाझा नेपालीसित मोटो रकम लिएको तथ्यलाईनै थप पुष्टि गर्छ । जे होस, समितिका सदस्यले नेपाली दुतावासलाई मुछेपनि नेपाली दुतावासका प्रथम सचिव कुमार खरेलको भनाई सुन्नुस् ।

तपाइँको प्रतिक्रिया