सामजसेवी नारीहरुले गरे बेल्जियममा उदाहरणिय काम

● शेरबहादुर छन्त्याल / बेल्जियम

SONY DSC

एउटै पाउले कुशल नृत्य प्रस्तुत गर्ने कलाकार रोमा न्यौपानेको एकल प्रस्तुति ‘शुभ कामना साझ’मा बेल्जियमका नेपाली खचाखच भए । पश्चिम नेपालको धनगडीमा एच आइ भी पिडित ३० बालबालिकालाई हेर्दै आएको राइट अफ लाइफ संस्थाकी प्रमूख बेल्जियम नागरिक भेरा लेफ्लोटपनि सहभागि भएर उनको न्रित्यको प्रशंसा गरिन् । उनलाईले नेपाल र नेपालको लागि पुर्‍याएको सामाजिक योगदानको कदर स्वरुप प्रमूख अतिथि बनाइएको थियो । भेरालाई सम्मानपनि गरियो । उनको छोटो मन्तव्य पश्चात निर्धारित समयमै सिधै नेपाल र बेल्जियमको राष्ट्रिय गान बाट मूल कार्यक्रम शुरु भयो । एउटा नयाँ शैलीको सुभारम्भ गर्दा बेल्जियमका दर्शकहरुलाई नेपाली नारी समाजका महिलाहरुले अचम्मित पारेका थिए । यो कार्यक्रमको आयोजक संस्था नेपाली नारी समाज बेल्जियमका महिलाले नयाँ शैलीको कार्यक्रम शुरु गरेर अचम्मित पारे । किनकि अधिकांश कार्यक्रममा थुप्रै संस्थाका प्रतिनिधिलाई मन्त्यब्य दिन बोलाइन्छ । तिनले वाक्कै लाग्नेगरि भाषणबाजी गर्छन् । उपदेश दिएझैं गर्छन् । 

nari-samaj-belgium-2

बिगतमा हरेक कार्यक्रममा निरन्तर आसन र भाषणबाट आजित भएका दर्शकहरु सारै खुशी भएको देखिन्थ्यो यो साँझ । मञ्चकोको दाहिने पट्टि निरन्तर सहयोगी व्यक्ति र संस्थाहरुको नाम कार्यक्रम अवधिभर प्रोजेक्सन गरेर दिएपनि आयोजक संस्थाका पदाधिकारी कोहि पनि आसन वा भाषण गर्नेमा परेका थिएनन् । धेरैलाई यसबारे अचम्म लागेपछि यसबारे जिज्ञासा राख्दा नारी समाजकी संस्थापिका श्रीमती रिता पाण्डे सुवेदीले स्पष्ट पारिन् ‘यो हाम्रो संस्था बेल्जियममा रहनु भएका केहि महिला दिदीबहिनिहरुको सामुहिक साथले महिलाहरुको आत्म निर्भरता, आर्थिक उत्थान र हामीले आफ्नो गच्छे अनुसार जुटाउन सकेको सहयोग कोषको रकमको आधारमा केहि सामाजिक रुपान्तरका निम्ति कार्य गर्न जुटेका महिलाहरुको समुह हौ । यस संस्थामा हामि सबै समान छौ । संस्थागत कामका लागि केहि पद छुट्टाइएको भए पनि हामि पद होइन कार्यलाई सम्मान गर्ने मान्यता राख्छौ । रोमा बहिनीलाई साथ दिन हामि खटेका हौ । हाम्रा काम र उदेश्यबारे कार्यक्रम संचालिका शोफिया बहिनीले प्रष्ट पार्दा पार्दै हामि मंचमा उभ्भिएर भाषण छाट्नुले के औचित्य राख्ला र ? टिकट काटेर सहयोग गर्न आउनु भएका महानुभावहरुलाई किन दिक्क बनाउनु ? हामीले सम्झनाका लागि मध्यान्तरमा सबैजना दिदि बहिनी बसेर मन्चमा फोटो खिच्यौ । त्यतिले पुग्दैन र ?’

SONY DSC

कलाकार रोमा न्यौपानेको उत्कृष्ट नृत्य प्रस्तुतिको साथमा शोफिया महर्जन कार्कीको कुशल कार्यक्रम संचालनले कार्यक्रमलाई चुट्किलो पार्‍यो, स्पष्ठ बनायो, संस्थाका काम र उद्देश्य बुझ्न । स्थानीय कलाकार भाई बहिनीहरुको मनमोहक गायन र नृत्य प्रस्तुतिलाई यति शान्त र सौम्य वातावरणमा हेरियो कि कतिपयले यसलाई बेल्जियममा भएको पहिलो प्रस्तुति भनेरपनि चर्चा गरे । किनकी कार्यक्रम कक्षमा ताली सिवाय अरु कुनै कोलाहल थिएन । प्रमूख अतिथिले आफ्नो कार्यलाई पहिलो पटक बेल्जियम निवासी नेपाली महिलाहरुले यसरी सराहना गरेकोमा आफु र आफ्नो टिम सारै खुशी भएको बताईन् । आगामी दिनमा नारी समाजका महिलाहरु संग सहकार्य गर्न  इच्छुक रहेकोपनि खोलिन् । उत्कृष्ठ ध्वनि तथा प्रकाश व्यवथापनका साथ नेपाली तथा बेल्जियन दर्शकहरुको माझ मदिरा रहित वातावरणमा सम्पन्न यस कार्यक्रमबाट नेपाली समाजमा पक्कै राम्रो सन्देश जानेछ । खादा ओढ्न, ओढाउन र भाषणको राग अलाप्दैमा मात्र समाजसेवा हुन्न भन्ने सटिक उदाहरण नेपाली नारी समाज, बेल्जियमले सफलतापूर्वक देखाएको छ ।

तपाइँको प्रतिक्रिया