अर्थमन्त्रीलाई साक्षी राखेर दाजुभाईका झगडा छताछुल्ल
(एसेन्टा अन्तर्राष्ट्रिय मेला चलेकोले सेप्टेम्बर २२ मा नेपाल फेस्टिबल गर्नुहुन्न भन्दै अर्थमन्त्री शंकर कोइराला (बिचमा) समक्ष पुगेका एसेन्टा मेलाका असन्तुस्ट पक्ष)
निर्वाचित एन आर एन बेल्जियम र हारेकाहरुको बिचको तिकडम छचल्किएर बेल्जियमस्थित नेपाली दुतावाससम्म मात्रै पुगेन, त्यो अर्थमन्त्री शंकर कोइरालाको सामुन्नेसम्म पुग्यो । बेल्जियम आएका अर्थमन्त्रि शंकर कोइरालाको सम्मानमा रात्रि भोज कार्यक्रममा गएका दुवै पक्षले बिबाद गरे । राजदुत निवासमा गरिएको उत्त कार्यक्रममा दुवै पक्षले आफ्नो अनुशासनको ख्यालसम्म नगरि बिबादमा उत्रिए । बेल्जियममा सँगै बस्ने आफ्नै नेपाली दाजुभाईका झगडा छताछुल्ल बनाए । त्यस्तै, एसेन्टा मेलाकाका अवशरमा नेपाली दुतावासले निमन्त्रणा गरेका भन्दा तेब्बर मानिसहरु दुतावासमा हुरहुर्ती गइ भिड लागिदिँदा दुतावासलाई भोजको तयारि गर्नै हम्मेहम्मे पर्यो ।
विवादको मुख्य जरो भने बेल्जियममा आयोजना गर्ने भनिएको नेपाल फेस्टिबल थियो । अहिलेको एन आर एनका पदाधिकारिहरुले नेपाल फेस्टिवल एसेन्टा महोत्सव भैरहेको अन्तिम दिन गर्ने भनेर सम्पुर्ण तयारि गरेका रहेछन । सो कुराको निर्णय निर्वतमान एन आर एनका पदाधिकारिहरुले गरिसकेका रहेछन । तर यसलाई निरन्तरता मात्र नयाँ कार्यसमितिले दिएको भन्ने उनिहरुको उनीहरुको दाबीबाट बुझिन्छ ।
नेपाली दुतावास बेल्जियमका कुमार खरेलले एसेन्टा मेला चलेका बेला नेपाल फेस्टिबल गर्नु उचित नहुने तर्क गरेपछि एन आर एन बेल्जियमका नेपाल फेस्टिबल पक्षले अर्थमन्त्री समक्ष फेस्टिबल गर्नुपर्ने तर्क गर्दा देखिएको बिबाद सुन्न युट्युबको यो लिंकमा जानुस् ।
उता अन्तुस्ट पक्ष भने अन्तर्राष्ट्रिय मेला चलिरहेका बेला फेरि नेपाल फेस्टिबल गर्ने भन्ने बारेमा अन्तिम निर्णय नभएको र आफुहरु बिच बैठक गरेर तय गरेको आरोप लगाएका थिए । उनिहरु चाहिँ यो फेस्टिवल एसेन्टासंगै गर्दा कुनै महत्व नहुने दाबी गरिरहेका छन् । नेपाल फेस्टिवलमा १५० युरो तिरेर बेल्जियमका नेपालीहरुले स्टल राख्न पाउने नियम बनाएका छन् । तर ‘२२ तारिख हुने कार्यक्रममा कसले राख्न पाउँछ ? यो सरासर अन्याय भयो हामी मान्दैनौ ।’ एसेन्टा पक्षको भनाइ थियो । उनीहरुले एसेन्टा चलिरहेकै बेला नेपाल फेस्टिबल नगरेर बरु अर्को कुनै दिन बेल्जियमकै अन्य शहरहरुमा भब्य तरिकाले गर्नुपर्ने तर्क गरेका थिए ।
(एसेन्टाको समर्थन गरेका तर नेपाल फेस्टिबल गर्नुपर्छ भन्दै अर्थमन्त्री शंकर कोइरालासमक्ष पुगेका एन आर एन बेल्जियम पक्ष / दायाँ बाट दोस्रोमा एन आर एन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ हुन् ।)
यता यसरि यि दुवै पक्षको विवाद भएपछि राजदुत लगायत दुतावासका कर्मचारिहरु २२ तारिखकको नेपाल फेस्टिवलमा नजाने निर्णय गरेको बुझिएको छ । राजदुतले बिचमै आफ्नो बोलि फेरेर नजाने निर्णय गरेकाले आफुहरु अन्यायमा परेको भन्दै मन्त्रि कोइराला समक्ष अहिलेको कार्यसमितिले बिन्ति चढाएको थियो । कार्यक्रममै दुतावासका कर्मचारिहरु कुमार खरेल र लक्ष्मण खनालपनि सँगै थिए । खरेलले पनि यो पुर्ण ब्यवसायिक कार्यक्रम भएको भन्दै आफनो प्रतिक्रिया दिन लाग्दा एन आर एन बेल्जियम पक्ष सबै उनिमाथि प्रतिवादमा उत्रिए । सबैको कुरा सुनेपछि मन्त्रि कोइरालाले उनिहरुलाई अगाडि बढेर काम गर्न इसारा दिए । नेपाल सरकारको तर्फबाट यो एसेन्टा मेलाकालागि १२ लाख रुपैया सहयोग गरेको बताए । एसेन्टाकालागि नेपाल सरकारले १२ लाख सहयोग गरेको मन्त्री कोइरालाले बताउँदा सबैले तालि मारे । खुसि भए । अर्को तर्फ कलाकार संघलाई पाँच हजार युरो दुतावास लगायत अरु संघसस्थाहरुले दिएको भन्ने खुल्न आएतापनि संघका पदम गुरुङले आफूहरुले केहि सहयोग नपाएको जनाए ।
अर्को तर्फ अस्तुस्ट पक्ष मानिने टोलिले पनि मन्त्रि कोइराला समक्ष सामुहिक छलफल गरे । उनीहरुलेपनि नेपाल फेस्टिबल आयोजना गर्नुको सन्दर्भिकताबारे प्रस्ट्याए । उनिहरुकै भनाइअनुसार मन्त्रिले आफुले कुरा नबुझेको तर दुवै पक्षको कुरा सुनेपछि प्रस्ट भएको बताए । यता एसेन्टा पक्षले एन आर एन बेल्जियमले आफैंले फरक ठाउँ र फरक मितिमा छुट्टै नेपाल मेलाको आयोजन अगर्न अन्सकेर एसेन्टाको नाम, स्थान र पहुँच प्रयोग गरेको भन्दै आलोचना गरेको छ । उता एन आर एन बेल्जियम पक्षले भने यो मेला हरेक वर्ष आयोजना गर्दै आएको । यो नेपाल फेस्टिबल गर्ने बारे पहिलेनै सहमती भैसकेको र यो फेस्टिबल यहि नामबाट हरेक वर्ष गर्दै आएकाले यसको छुट्टै पहिचान रहेको दाबी गरेको छ । यस्तो फेस्टिबलमा नेपाली राजदूत नआउनु भनेको एन आर एन र नेपाली फेस्टिबललाई होच्याउनु, एक पक्ष बन्नु भन्ने आरोप लगाएका छन् ।
यो त भयो निवासमा देखिएको विवाद । तर दुतावासले रात्रि भोजको निम्ति जम्मा ६० जनालाई निमन्त्रणा गरेको रहेछ । तर उपस्थित लगभग १५० जनाको हाराहारिमा रहेको थियो । तयारि गरिए भन्दा बढि नेपाली गुटुटु भेला भएपछि दुतावासलाई भोज खुवाउन मुश्किल परेको थियो । सोचे र निमन्त्रण गरेभन्दा बढि मान्छे आएकोले ब्यवस्थापनमा तल माथि भएको दुतावासकै पदाधिकारिहरुले भोजमा बताउँदै थिए । यि ६० जना मध्य धेरैलाई निमन्त्रणा एसेन्टाका नेपाली संयोजक अर्जुन कुमार श्रेष्ठले गरेका थिए । उनलाई निमन्त्रणा कार्ड बाँड्न भनेर दुतावासका प्रथम सचिव लक्ष्मण खनालले उत्त निमन्त्रणा पत्र श्रेष्ठलाई थमाएका थिए भने कतिलाई निमन्त्रणा पत्र नपुगेको कारण राजदुत आफैले ब्यत्तिगत रुपमै निमन्त्रणा गर्नुपरेको थियो ।
वेल्जियममा अहिले आसेन्टा नामको अन्तर्राष्ट्रिय मेला चलीरहेको छ । वेल्जियममा आयोजित ६८ औ यो मेलामा व्यापारीहरुले आफ्नो उत्पादनको प्रदर्शनी, प्रबर्धन र बिक्रि गराउने उद्देश्य हो । यसमा भाग लिन नेपालवाट २८ जना नेपाली व्यापारीहरु वेल्जियम आएको नेपाली आयोजकको सूचीमा छ । यहि मेलाको लागि भनेर अर्थमन्त्री शंकर प्रसाद कोइराला वेल्जियम आए । यहि मेलामा भाग लिन आएका बेला अर्थमन्त्री कोइरालासित दुबै पक्षले एक अर्काका दाबी र बिबाद प्रस्तुत गरे ।
यो बिबादले गर्दा बेल्जियमको नेपाली समाज, संघ संस्थाबिचको संवन्ध, दुतावास र अन्य संघ संस्था, नेपाली ब्यापारी र एन आर एन बिच फाटो बढेर आकाशिएको छ । कसले कसलाई छिर्कि हान्ने, लडाउने, असफल पार्ने र आफ्नो बर्चस्व देखाउने भन्नेमा बेल्जियममा अहिले तानातान र आरोप प्रत्यारोप चलिरहेको छ ।
(अडियो एन आर एन बेल्जियमकै एक पदाधिकारी प्राप्त भएको हो)









