सिक्लेसको ठिटो

chandra-gurung-12● विश्वमै चिनिएका हाम्रा संरक्षणबिद तिर्थमान मास्केलाई राजा ज्ञानेन्द्रले जबर्जस्ति जुठो आइसक्रिम खुवाउन लगाएका रहेछन् । राष्ट्रिय निकुञ्जको वार्डेन भएकाले अनेक दबाब दिने र अनेक तरुकाले सास्ति दिने रहेछन् । मास्के जस्तालाई त करकापमा जुठो खान लाउँथे भने दरबारमा अन्य कति अपराच र अत्याचार हुँदो हो ।

● गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदा चन्द्र गुरुङ आफ्ना बिरामी बुवालाई पोखरा अस्पत्तालमा कुरुवा बसेका रहेछन् । त्यो बेला  गिरिजाले फोन गरेर ‘मेरो मान्छेलाई जागिर लाइदिनुपर्‍यो’ भनेछन् । हेर्नुस् त हाम्रो देशका प्रधानमन्त्रीको हालत । अन्यत्र जागिर माग्न मान्छे प्रधानमन्त्री, मन्त्रीको पहुँच प्रयोग गर्छ । हाम्रोमा प्रधानमन्त्रीले एक जना जागिरेसित जागिर लगाईद्नुस् भन्ने । डा चन्द्र गुरुङ त्यो बेला विश्व वन्यजन्तु कोष नेपालका प्रमुख थिए । हामीले देख्दा हाँसिराख्ने, सधैं प्रफुल्ल देखिने, मिठो र सुमधुर बोल्ने, सफलै सफल लाग्ने तिनै गुरुङको जिवन कस्तो दुखदायि, निरस रहेछ । सिकलेसको ठिटो किताब पढ्दा जनजातिका, तमु समुदायका, संरक्षणका, दरबारका धेरै कुरा थाह पाइन्छ । संरक्षणका अक्किल, ब्यवस्थापन र एउटा बिकट गामको ठिटोले विश्वमै कसरि सफलतापूर्वक काम गरेर देखायो भन्ने गज्जबको उदाहरण जान्न पाइन्छ । 

● विश्वमै नाम कमाएका, अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनालाई सफलताको चूलीमा पुर्‍याएका चन्द्र गुरुङलाई ब्यक्तिले आफूले जे जे भन्यो त्यो मानेन, दूर्लभ हिमाली चितुवा लगायत जिवको शिकार गर्ने आफ्नो योजनलाई इन्कार गर्‍यो भनेर राजा ज्ञानेन्द्रले निष्काशन गरेछन् र त्यो अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना झण्डै भताभुंग पारेछन् ।

● पारस शाह त झन चितवन जाँदा मास्केको रेख्ददेखमा हुने रहेछन् । ६०, ७० लाख पर्ने कोषको महँगो गाडीमा ठोकाएको ठोक्काई गरेर एकै हप्तामा खटरो बनाउने रे पारसले । अझै केहि मानिस ज्ञानेन्दले देश बनाउँछन् भनेर भक्ति गरेको देख्दा अचम्म लाग्छ ।

सबै पढ्नुस् सकेसम्म । हाई हाई काढ्नुपर्ने छैन यो किताब पक्कै पनि । कम्तिमापनि जनजातिका साथीहरु त अझ तमुहरुले त जसरिपनि पढ्नुस् भन्छु म । प्रकाशक हिमाल किताब र लेखिका मनुश्री थापा धन्यावादका पात्र छन् ।

तर किताब पढिसक्दा डा चन्द्र गुरुङ जस्तो सफल संरक्षणबादीको निजि जिवन कति निरस रहेछ भन्ने कुरोले मन धमिलो बनाउँछ । यस्ता कुशल ब्यक्तिहरुलाई त कम्तिमा पारिवारिक सन्तोस मिल्नु नी !! मैले वाईल्डलाइफ जर्नालिज्म गर्दा केहि पटक भेटेको हुँ उनलाई । उनको हाँसेर जवाफ दिने, भेटमा सोधेका कुरालाई गम्भिर भएर बताउने र अरुका कुरालाई असाध्यै चासो दिएर लिने र संरक्षणको शेत्रमा कुनै काम आँट्दा ‘गरौं गरौं’ भनेर गम्भिर बन्ने, सामान्य ठानिएका ब्यक्तिले भेट्ने चाहेपनि सकभर समय निकाल्ने उनको बानी देखेर मपनि असाध्यै लोभिन्थें । यो किताब पढ्दा धेरै कुरो जानकारि त हुने तर हर्क गुरुङ; तिर्थमान मास्के, चन्द्र गुरुङ, नारायण पौडेल जस्ता संरक्षणका हस्तीहरु संझेर सारै मन भारि हुन्छ ।

तपाइँको प्रतिक्रिया