बेल्जियमको गाइजात्रे समाचार
● रमेश कंडेल / बेल्जियम
बेल्जियमको गाइजात्रे समाचारमा यहाँलाई स्वागत छ । अब समाचार बिस्तारमा :-
जीम-सीम गएर हड्डि-बड्डि बनाएका जवान कालुराम होचो देखिएपनि बहुत ऊर्जा भएका डल्लुरामले आफुलाई बेस्सरि कुटेको आरोप लगाएका छन् । अर्कातिर डल्लुरामले भने कालुराम बेलाबेलामा क्यामरा भिर्ने, नेट चलाउने र साह्रै चोथाले भई सबको बेइज्जत गर्ने गरेको कुराले आफु दिक्क भएको गुनासो गरे ।
कालुरामले प्रस्तुत गरेको प्रमाणको आधारमा डल्लुरामलाई प्रश्न गर्दा हलचित्र सेन्सरबोर्डले कथाबस्तुको शुरुको भाग नै काटिदिएको, भएका सम्बादलाई मनोवादमा परिणत गरिदिएको आरोप लगाएका छन् । यसै सन्दर्भमा थप्दै उनले हलचित्रमा आफुले ‘साला’ भनि सम्बोधन गरेपनि यथार्थमा कालुराम सँग कुनै भिनाजुको नाता नभएको प्रष्ट पार्दै सबैलाई यस सम्बन्धको भ्रममा नपर्न आग्रह गरे। यसै समाचारको माध्यमबाट उनले कालुरामलाई “न्याय नपाए पुलिसकाँ जानु” भन्ने उपदेश दिन चाहेको कुरा ब्यक्त गरे ।
यहि प्रश्न हामीले कालुरामलाई गर्दा – जिम्वाल, मुखिया,पञ्चायत हुँदा हुँदै पुलिसकाँ जानु उपयुक्त नभएको उनको ठम्याइ थियो । लोकप्रीय बन्ने एक मात्र माध्यम यहि भएको कारण देखाउँदै हाँस्यमूद्रामा कालुरामले डल्लुरामको सुझाबको जवाफ यसरि दिए-“आँखोको तारो नबनेर आँखोको छारो बन्ने सुझाब दिनेलाई धन्यवाद दिंदै आफु पटमुर्ख नभएको प्रष्ट पार्न चाहन्छु ।“
बेल्जियमस्थित सम्पूर्ण मुखिया, जिम्वाल तथा पञ्चायत भने यति खेर मौन छन् ।
बाँकि समाचार एकै छिनको बिश्राम पछि…………………………………





