गोप्यता खोलिदिने भन्दै महामहिमसित बैठकमै चर्काचर्कि
बेल्जियमका नेपाली राजदूत राममणी पोख्रेललाई गोप्यता सार्वजनिक गरिदिने चुनौति दिईएको छ । बेल्जियममका थुप्रै नेपाली संघ संस्था, एन आर एन बेल्जियमका कार्यकारि समितिका मानिस, स्थानिय नेपाली ब्यापारी र अन्य नेपालीका बिचमै उनलाई त्यस्तो चुनौति दिईएको हो । राममणी पोख्रेलले गोप्य रुपमा बनाएको समिति सार्वजनिक गरिदिन्छु भनेर एन आर एन पूर्व अध्यक्ष जानकी गुरुङले दर्जनौं नेपालीहरु राजदूत पोख्रेलसहित बैठक बसिरहेकै बेला गोप्यता खोलिदिने भन्दै चुनौति दिएकि थिईन् । घटना यहि सोमबार भएको हो ।
बेल्जियममा हुन लागेको भनिएको आसेण्टा इन्टरनेशनल ट्रेड फेयर (एसेन्टा) मेलालाई कसरि सफल बनाउने भनेर राजदूतावासमा बिभिन्न ब्यापारि, संघसंस्थाका सदस्य र राजदूतले निम्त्याएका गरि निकै ठूलो जमातको बैठक थियो । त्यो ब्यापारिक भेलाकालागि बोलाइएको बैठकमा खासै केहि विशेष निर्णय भएनन् । सामान्य छलफल भयो । सफल बनाउन दुतावासले के गर्न सक्छ । अन्य संघसंस्था र नेपालीहरुले के गर्नु पर्छ भन्ने छलफल भएर केहिबेरमै टुंगियो । तर हुँदै नभएको एजेण्डामा पो त्यहाँ देखाइदिने, गोप्यता भंग गरिदिने चर्चाचर्कि भयो ।
एसेन्टाका बारेमा छलफल सक्किनासाथ एन आर बेल्जियमकि पूर्व अध्यक्ष जानकी गुरुङले राजदूत पोख्रेल समक्ष एउटा प्रस्ताब राखिन् । त्यो प्रस्ताव थियो, पहिलो र दोस्रो विश्व युद्दमा बेलायती सेनाकालागि भारतीय सैनिक कंपनीका तर्फबाट लड्न आएर यतै मारिएका, बन्दि बनाइएका नेपाली सेनाको स्मरणमा बन्ने भनिएको स्मारक निर्माण समितिलाई मान्यता दिन महामहिमलाई आग्रह । तमु समाज बेल्जियमको तर्फबाट सार्वजनिक रुपमा नेपालीहरुलाई आव्हान गरेर बनाइएको एक समिति छ । अर्कोतिर आफू एन आर एन अध्यक्ष हुँदा जानकी गुरुङले गोप्य रुपमा अर्को समिति बनाएकि थिईन् । त्यो स्मारक एन आर एन बेल्जियमको नेत्रित्वमा बन्नुपर्छ भन्दै । त्यो समितीमा ५५ सदस्या छन् भनियो । केहि मानिसको नाम बाहिर ल्याइयो । अधिकांशको गोप्य राखियो । जसका नाम बाहिर थिए तिनमा राजदूत पोख्रेलकोपनि सहमति र भित्रि समर्थन थियो । किनकि राजदूताबासलाई त्यो समितिमा संरक्षक भन्दै राखेकि थिईन् गुरुङले ।
सोमबार भएको बैठकका दिन जानकी गुरुङले उपस्थित नेपालीहरुका बिचैमा राजदूत पोख्रेललाई आफूले बनाएको इपर स्मारक समितिलाई मान्यता दिन आग्रह गरिन् । तर महामहिम जंगिएर त्यसलाई मान्यता दिन आफूले नसक्ने बताए । उनको तर्क थियो ‘त्यो ५५ सदस्य समितिलाई म मान्यता दिन सक्दिन । मैले १२, १५ स्दस्य समिति बनाउनु भनेको तपाईहरुले ५५ सदस्यिय बनाएपछि कसरि मान्यता दिने ? त्यस समितिमा मलाईपनि मन नपरेका सदस्यहरु छन् । त्यसैले म त्यसलाई मान्यता दिन सक्दिन ।’
उक्त समितिलाई अनुमोदन गरिसकिएको भनेर जानकी गुरुङले डंका पिट्ने गरेकि थिईन् । तर महामहिम पोख्रेलले त्यसलाईपनि झुटो बताएका थिए । ‘त्यो समिति कसले अनुमोदन गर्यो ? भएको छैन अनुमोदन’ उनले भने । ५५ सदस्यिय समिति बनाएपनि ति सबैको दस्तखत नभएकाले ति समितिमा हुन् कि होइनन् र ति नाम भएका सबैले सहमती जनाएका हुन् कि होइनन् भन्ने विश्वास नभएकालेपनि त्यसलाई मान्यता दिन नसकिने पोखरेलले बताएका थिए ।
राजदूतले यति भनेपछि जानकी गुरुङ तात्तिईन् । त्यसपछि उनले उक्त समितिको माईन्युटनै बाहिर सार्वजनिक गरिदिने चुनौति महामहिमलाई दिईन् । यस्तो धम्कि दिनुको तात्पर्य थियो, महामहिमसित गोप्य रुपमा मिलेर सम्पूर्ण नेपालीको तर्फबाट भन्दै आफ्नो स्वार्थमा इपर स्मारक निर्माण समिति बनाउनु । त्यो माईन्युट सार्वजनिक गरिदिए महामहिमलाई अप्ठेरो पर्छ भन्ने सोचेर गुरुङले त्यस्तो धम्कि दिएकि थिईन् ।
महामहिम न परे । शक्ति र शान दुबै भएका । उनी झन के कम ? चानचुने नेपालीसित झुक्छन् ? त्यसपछि जानकी गुरुङलाई टककर दिँदै महामहिमले पनि अप्ठेरोमा पार्ने चुनौति दिए । त्यो अपूर्ण समितिको नाम बाहिर सार्वजनिक गरिदिने भनेर जवाफ फर्काए । त्यो सुनेपछि त जानकि भईन आगो । किनकि त्यो अपूर्ण समितिक मानिसको न सहि थियो । न सहमतीनै । महामहिमले त्यस्तो जफाव दिएपछि उनी बैठकबाटै बाहिर निस्किईन् । बैठकमा बसिरहेका नेपालीहरुले राजदूत र जानकि गुउर्ङको यो टक्कर हेरिरहे । उनी बाहिरिएपछि के गर्ने भन्ने छलफल भयो । अनि यसलाई फेरि सल्लाह र सहमतीको प्रयास गरौं भनेर सल्लाह गरे ।
चुनाव जिते स्विकार्ने, हारे नस्विकार्ने ?
बैठक भैरहेकै थियो । त्यहि बेला फेरि एन आर एन बेल्जियमको चुनावी प्रक्रिया र नतिजा बारे कुरा चल्यो । त्यसबेला महामहिमले नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष चित्र सुबेदीलाई हप्काउन भ्याइहाले । भने ‘के हो चित्रजी, चुनाव आफूले जिते स्विकार्ने, हार्दा चाहिं नस्विकार्ने ? चुनावमा हारजित हुन्छ । हारेपनि जितेपनि स्विकार्नु पर्यो नी ।’ महामहिमले यस्तो जवाफ दिँदा चित्र सुबेदीले हेहे गर्दै गोलमोडल जवाफ दिएर टारेका थिए ।
दुई महिनादेखि कामरेडसित बोलचाल बन्द
कुराकानीकै क्रममा महामहिमले असान्दर्भिक प्रसंगपनि निकाले । वा माओवादीका तर्फबाट राजदूत बनेकाले माओवादी कार्यकर्तासितै टाढिनुपरेकालेपनि तितो पोख्न मन लागेको हुन सक्छ । बैठकमा नेपाली जनप्रगतिशिल मञ्चका पूर्व अध्यक्ष सुरेन्द्र भुसालको चर्चा चल्यो । त्यसपछि महामहिमले भने ‘मेरो सुरेन्द्र भूसालसित बोलचालनै बन्द छ । बोलचाल नभएको दुई महिना भयो । त्यसपछि बैठकमा रहेका नेपालीले मुख हेराहेर गरे । तर महामहिमले किन बोलचाल बन्द भएको हो भन्ने चाहिँ स्पष्ठसित खोलेनन् । तर बैठक सक्किएपछि बाहिर नेपालीले भने ‘हैन के तालको राजदूत हो यार । के बोल्नुहुन्छ, के बोल्नुहुन्न भन्नेपनि पटक्कै थाह नभएको, निजि बेप्रसंगका कुरापनि बोल्ने’ भनेर आलोचना गरेका थिए ।
बैठकमै भेदभाव
बेल्जियममा आयोजना हुन लागेको ब्यापारिक भेला (एसेन्टा) लाई सफल बनाउन भनेर बिभिन्न संघ संस्थाको प्रतिनिधित्व गराईएको थियो । भएका बैठकमा सदस्यको नाताले निम्ता दिनुपर्ने हो । तर सोमबार दुताबासमा भएको बैठकमा भने पक्षपात गरेर बोलाएको नेपालप्लस स्रोतले जानकारि दियो । जस्तै, नेपाली जनप्रगतिशिल मोर्चा , तमु समाज बेल्जियम र संघिय समाजवादी पार्टीका तर्फबाट दुबै थिए एसेन्टा समितिमा । तर सोमबार भएको बैठकमा मोर्चालाई नबोलाएको स्रोतको भनाई छ । एसेन्टा सफल पार्न भनेर समितिमा राख्ने तर बैठकमा पक्षपात गर्ने देखिएपछि केहि सदस्यले एसेन्टाका मुख्य आयोजक अर्जुन श्रेष्ठ समक्ष आपत्ती प्रकट गर्ने तयारि गरेको बताइएको छ ।
बिगतमा जनजाजाति भनेर महामहिमले हेपेका र आफूलाई मन नपरेका, आफ्नो आलोचना गर्ने गरिएको भनिएका संस्थालाई ट्रेड फेयरका मुख्य संयोजक अर्जुन श्रेष्ठले किन निम्ता दिएनन् ? यता उनले निम्ता नदिने । उता राजदूतावास मा बैठक रखिने भएपछि यसमा राजदूत र अर्जुन श्रेष्ठको मिलोमतो भएको स्रोतले उल्लेख गर्यो । यदि बेल्जियममा भएका नेपालीहरुलाईनै भेदभाव गर्ने हो भने कसरि त्यसले देशको, आम नेपालीको हित गर्न सक्छ ? बेल्जियममा भएकै संघ संस्थालाई पक्षपात गर्नेले कसरि आम रुपमा सबैको भलाइ गर्न सक्छ ? यसरि पक्षपात गरिनुले त राजदूत र एसेन्टा आयोजकको सिमित स्वार्थकालागि भन्ने देखाउँछ ।
स्मारक बनाउन मेयरको निम्तो
यता राजदूत र पहिले छद्म रुपमा निर्माण गरिएको इपर स्मारक निर्माण समितिबिच बाद बिबाद पर्दै गरेपनि तमु समाजको नेत्रित्वमा गठित इपर स्मारक निर्माण समितिलाई इपरका मेयरले निम्तो दिएका छन् । उनले सेप्टेम्बर चारका दिन उक्त समितिलाई बोलाएको तमु समाजको नेत्रित्वमा गठित इपर समितिबाट थाह भएको छ । उक्त दिन इपरका मेयरले कस्तो स्मारक बनाउने, कसरि र कहिले बनाउने लगायतका प्राविशिक, प्रशासनिक र अन्य आवश्यक विषयमा छलफल गर्न खोजेको बताइएको छ । राजदूतावासले आफू खुशि समिति निर्माण गर्ने हल्ला त गर्ने तर पूर्ण समिति गठनसम्म गर्न नसक्ने, तर काम केहि नगर्ने, बिबाद मात्रै झिक्ने, उता अर्को छद्म समितिले भने समितिका सदस्यको नामपनि सार्वजनिक गर्न नसक्ने भएपछि सार्वजनिक रुपमा तमु समाजको नेत्रित्वमा बनेको ईपर समितिलाई मान्यता दिएर इपरका मेयरले निम्त्याएका हुन् ।
झाडापखाला लागेर मर्ने देशको पैसोले स्मारक बनाउने ?
गत साल मात्रै बेल्जियमको फ्री म्युजिक फर लाईफ शिर्षकमा बेल्जियममा म्युजिक कन्सर्ट गरेको थियो । नेपालमा वर्षेनी वालवालिकाहरु झाडापखालाले मर्ने गरेकोले तिनलाई सहयोग गर्न भनेर रकम जम्मा पार्ने उद्देश्यले कन्सर्ट गरिएको थियो । महामहिमले स्मारक बनाउने त होइन । उनले त राष्ट्रिय सम्पत्ती मागेर बनाउने हो । जुन देशका वालवालिका झाडा पखाला लागेर मर्छन् र जिवन जलको अभाव हुन्छ त्यो देशको पैसो ल्याएर स्मारक त महामहिमले बनाउँदैनन् । सरकारको प्राथमिकतापनि पर्दैन । महामहिमका छोरा छोरीको पढाई कह्र्च र पत्नीको भत्ता त सरकारले दिन्छ भने महामहिमले गोर्खाली सेनाको नाममा स्मारक केले बनाउने ? त्यसैले न त उनले बनाउन सक्छन् । न सरकारले रकम दिन्छ । उनले गर्न खोजेका त के हुन् भने स्मरकको ढुंगो आफ्नो नामबाट गाड्ने । तर त्यसकालागि स्मारक त बन्नु पर्यो । समिति बनाउन समेत नसकेपछि ढुंगो कसरि गाड्ने ? अनि ढुंगो गाड्नु प्रमुख कुर अत होइन । आम नेपालीको अलगि आस्था, विश्वास र श्रद्दा हुनुपर्यो । बिबादमा तानिएका महामहिमको तर्फबाट त्यो श्रद्दा हुने कुरो भएन । त्यसकोलागि बिगतदेखि श्रद्दान्जली गर्दै आएको, सार्वजनिक रुपमै स्मारक समिति बनाएको, कानुनी प्रक्रियापनि पुर्याएको र बेल्जियम इपरको मेयर कार्यालयले मागे अनुसारका कामपनि अगादि बढीको तमु समाजकै नेत्रित्व स्विकार गर्नु उपयुक्त देखिएको हो ।
(फोटो ब्रसेल्स नेपालबाट लिईएको हो)





