यसरि भएको हो ममाथि बेल्जियममा हमला

सन्तोष न्यौपाने / बेल्जियम

journalist-santosh-nyaupane-belgiumकेहि दिन अघि मैले कलाकारलाई भएको बिजोगको बारेमा लेखेको ब्लगको कारण धेरै असन्तुस्ट छन भन्ने कुरा मलाई पहिलानै अवगत थियो । कार्यक्रम आयोजना गर्न प्रत्यक्षरुपमा संलग्न ब्यक्तिहरुलेनै त्यो असन्तुस्टि मेरा सामु हाकाहाकी देखाउन नसकेपनि नबोलेपनि दुइकान हुदै मसम्म आइसकेको थियो त्यो असन्तुष्टी । । तर पनि म रत्तिभर डराएको थिईन । जसले समाचारको प्रतिवाद गर्न खोज्छ, आफ्नो बचाउ गर्न खोज्छ तिसित टेबलमै बसेर बहस गर्ने र आफ्नो समाचारको पुष्टि गराइदिने मानसिकता र तयारिमा थिएँ मपनि त्यहि लेखकै कारण आज यो कार्यक्रम भएको भनेर धरेले भनेका थिए ।

यसै सिलसिलामा एभरेष्ट नेपाली समाज ब्रुजले आयोजना गरेको सांगतिक कार्यक्रममा रिपोर्टिंगकोलागि कार्यक्रम स्थल पुगेको थिएँ । कार्यक्रमका संयोजक बासु खडका संग पहिलेदेखि नै फोन सम्पर्कमा कुरा गरेपनि प्रत्यक्ष भेट भने कार्यक्रम स्थलमै भएको थियो । अनि कलाकारहरुसंग पनि सोहि स्थानमै भलाकुसारि गर्ने मौका जुरयो । खडकाले मैले बेल्जियमका नेपालीले आफ्नै कलाकारलाई बाल दिएनन्, तीन नेपाली कलाकारको हरिबिजोग ! शिर्षकमा लेखेको ब्लग प्रति नकारात्मक भन्दा सकारात्मक टिप्पणिनै गरे । उता रिमा गुरुगं पनि ब्लगकै कारण आज यो कार्यक्रम सम्म आएर आफ्नो सो देखाउन पाएको भनेर सुनाउँदै थिईन । सोहि क्रममा गुरुगंसगं मैले रिपोर्टका लागि ५ मिनेट जतिको अन्तर्वार्ता पनि लिइसकेको थिएँ । रिपोर्टको लागि चाहिने केहि महत्वपुर्ण कुराहरु उनले बोलेकि थिइन । 

अर्कोतर्फ जो ब्यत्ति ब्लगबाट अति असन्तुस्ट रहेका थिए उनिहरु पनि हाँसिहाँसिनै बोलेका थिए । पछि सिलवाल थरका एक मित्रले तिनै ब्यत्तिहरु निकै नकारात्मक रहेको जनाउ दिए । तरपनि मलाई कुनै चिन्तानै थिएन । किनकि पर्दा पछाडि टिका टिप्पणि गर्नेहरुको कुनै तुक हुन्न ।

यसैक्रममा कार्यक्रम संचालक अर्थात एभरेष्ट नेपाली समाज ब्रुजका महासचिव कुल बहादुर खत्रिले सबैलाई हलमा आउन आग्रह गरे । कार्यक्रमको शुरुवात भयो । क्यामरा स्तरिय भएकोले मैले उज्यालो अनलाइनको लागि फोटो खिच्ने जिम्मा जितेन्द्र कायस्थ दाइलाइ दिएको थिएँ । उहाँको आफ्नै क्यामरा भएपछि मैले उहाँलाई सिकाइरहनुपर्ने जरुरत थिएन । आफ्नै ढगंले फेटो लिइरहनुभएको थियो । त्यसपछि कलाकारहरु नृत्य गरेको तथा गायिका रिमा गुरुगंको गितहरुको इफेक्ट रेकर्ड गदै थिएँ । म आयोजकको तर्फबाट भनेर राधाकृण्ण अधिकारिको भ्वाइस लिनको लागि गायक मिग्मा शेर्पाको ब्याकग्राउण्ड आवाज आउने गरेर तयारपनि गर्दै थिएँ । सोहि क्रममै पछाडिबाट समाजका सल्लाहाकार जिवन शर्मा आएर मेरो हात छोपे । बाहिर ल्याए । अधिकारि पनि संगै बाहिर आए । बाहिर के निस्कन पाएको थियो शर्माले तथानाम गालि गर्दै म माथि जाइलागे ।

मैले खास कुरा के हो त्यो भन्नुस भन्दै थिएँ । उनि चाहि तथानाम बोल्दै जाइलागे । एक्कासि सोच्दै नसोचेको कुरा हुँदा म त्यसै अचम्ममा परेको थिएँ । अचानक जाइलागेका शर्माले आफ्नो श्रीमती र रिमा गुरुगं नजिकको साथि रहेको बताए । किन त्यस्तो समाचार लेखिस भन्दै लिगल र इलिगल पत्रकारको आरोप लगाएर आक्रमणमा उत्रिए । दाहिने आँखाको छेउमा मुक्का हान्ने तथा घाटि निमोठने गरे । जुन उनको जंगलि ब्यवहार प्रस्टै झल्केको थियो ।

त्यसपछि मलाई कुरा बुझ्न त्यति ग्राहो परेन । मैले लेखेको ब्लगमा कलाकारले बोलेकै कुराहरु समावेश गरेको थिएँ । पहिलो ब्लगमा लेखिएका तर्कमा आपत्ती जनाउने वा कुतर्क गर्न खोज्ने गरिएपछि मैले फेरि दोस्रो ब्लग लेखेर आफ्नो आलेखको पुष्टि गरिदिएको थिएँ भ्वाईस रेकर्डसहितनै । त्यति खेरै आफैले पुलिस बोलाउँछु भनेका उनलाई पुलिस बोलाउने होइन भन्दै अधिकारिले रोके । मलाई तत्काल प्रहरि बोलाउन चुनौति पनि थियो । बेल्जियममा अहिलेसम्म ३ वटा जति नेपाली कार्यक्रमहरुका स्थानिय प्रसासन प्रयोग भइसकेको छ जुन नेपालीहरुकै लागि लाजमर्दो विषय हो । नेपालीहरु कस्तो झगडालु, किच्चक, नमिल्ने रहेछन् भनेर त्यसले बेजियन नागरिक र प्रशासन समक्ष देखाउँछ । । सोहि सोचेरनै मैले आफुलाई संयममा राखे ।

पछि एभरेस्ट नेपाली समाजका महासचिव कुल बहादुर खत्रि, कार्यक्रम आयोजक समाजकै कमल भारती, डिल्लि सुब्बा लगायतकालाई समस्या राखें । तर उनिहरुले कार्यक्रम सिद्दिएपछि होइन कि भोलीपल्ट दिन साँझसम्म न्याय निसाफ हुने आश्वासन दिए । तर कार्यक्रम नबिथोल्न आग्रह गरे । सोहि क्रममा समाजका अध्यक्ष कमल पन्थिले पनि घटनाको केहि हिस्सा चाहि सोहि क्रममै थाहा पाएका थिए । फलस्वरुप आयोजकका केहि ब्यत्ति जसलाई मैले न्याय निसाफको लागि अपिल गरेको थिएँ तिनै ब्यत्तिहरुले आफुलाई घटनाबारे कुनै थाहा नभएको भनेको सुन्दा ति आयोजक प्रति दया जागेर आयो ।

घटना पश्चात मंगलबार सबै साथिहरुले फोन सम्पर्क गरेर सहयोग तथा विभिन्न सहयोगहरुको समर्थन गरेका थिए । तर समाजकै कुनै पदाधिकारिहरुले फोन सम्पर्क समेत गर्न सकेनन् । दोषीलाई कारवाही गराउने, गलत हरकतको बिरोध गर्ने र घटनामा पिडितलाई उचित न्याय दिने तर्फ कोहि लागेको देखिएन । यो निकै दुखद पक्ष रहयो । उता पत्रकार महासंघ युरोप शाखाका साथिहरु र विषेशत पत्रकार मित्र शेर बहादुर छन्त्यालले आफनो तर्फबाट सकदो सहयोग गर्नुभयो जसले गर्दा घटना पश्चात पनि कलमलाई थप शशत्तका साथ अगाडि लैजाने उर्जा मिलेको छ ।

पिडक जिवन शर्मा र कार्यक्रम आयोजकले बुझे हुन्छ, बेल्जियमको कानुनले कुनैपनि नागरिकलाई मौखिक गाली गलौजसम्म गर्न नपाउने ब्यवस्था गरेको छ । उनले गाली त के मुक्याएको प्रस्ट घटना छ । उनले गाली गर्दै बाहिर निकाल्दाको उनको भ्वाईस रेकर्ड म सित सुरक्षित छ । अदालतका अगाडि प्रमाणका रुपमा भ्वाईस रेकर्ड मान्य नभएपनि अपराधिक क्रियाकलापमा भ्वाईस रेकर्ड प्रमाणका रुपमा मानिन्छ । जिवन शर्माले म माथि गरेको हमला र गाली अपराधिक क्रियाकलाप हो । त्यसैले उनले गाली गरेको भ्वाईस रेकर्डनै उनलाई कारवाही गराउन यथेष्ट हुने छ । मसित हुन्नथ्यो भने त उनले मैले केहि गरेकै छैन भन्न सक्थे होलान् । तर मेरो प्रमाणले गर्दा उनी त्यसबाट उम्कन सजिलै नसक्लान् ।

मैलेपनि यस घटनालाइ त्यत्तिकै छोड्ने कुरो भएन । बेल्जियममा यस्ता अपराधिक क्रियाकलापहरु निरन्तर बढिरहेका छन् । कोहि समाजिक संस्थाको नाम र आवरणमा । कोहि राजनितिक पार्टीका भात्री संस्थाको आवरणमा । कोहि अनेक सांस्क्रितिक संस्थाका नाममा ।

चित्त नबुझे कानुनी प्रतिबाद गर्ने र न्याय माग्ने अधिकार बेल्जियमको सरकारले जतिपनि दिएको छ । तर अपराधिक मनोब्रित्तिका र सामाजिक संस्थामा आबद्दता देखाएर समाजमा बिक्रिति फैलाउनेहरुले त्यस्तो बाटो लिन सक्दैनन् । किनकि खराब कर्म गर्नेहरुले कानुनी तरिका अपनाउनेनै गर्दैनन् । यस्ता खराब मानसिकता बोकेका, अपराधिक क्रियाकलाप गरेर पत्रकारिता क्षेत्रलाइ हतोत्साहित पार्ने र आफ्ना कुक्रित्यहरु फैलाउन चाहनेहरुलाई हतोत्साहित गर्नपनि मैले सकेसमम कारवाही गराउने निर्णय लिनु पर्छ भन्ने लागेको छ ।

तपाइँको प्रतिक्रिया