यसरी कतिदिन कसरी बाँच्ने होला ?
तपाईले अब म बाँच्दिन । कुन दिन होला मेरो अन्तिम दिन भन्ने थाह पाएरपनि बाँच्नु पर्यो भने कस्तो होला ? कति गाह्रो होला ? त्यस्तो क्षण देखेर, बुझेर सामुन्नेमा बस्नु पर्यो भने पत्नी, बालबाच्चालाई कस्तो होला ? आफू बलियो, सक्षम र स्वस्थ हुँदा गाउँ गाउँ डुलेर दिनदुखि, गरिब र असहायको उपचारमा दगुर्ने गरेका एक समाजसेवी चिकित्शक र उनको परिवारले अहिले त्यहि भोगिरहेको छ । डा. चित्रप्रसाद शर्मा वाग्ले ४४ बर्षे उमेरमैं एपेन्डिक्सको क्यान्सरबाट ग्रसित भएर मृत्युको मुखमा पुगेका छन् । आफू सक्रिय र हट्टाकट्ट हुन्जेल थुप्रै दिनदुखिको उपचार गर्दै हिँडेका उनी अहिले एक लाखमा एक जनालाई लाग्ने एपेन्डिक्सको क्यान्सर रोगले थलिएका छन् ।
उनी आफू कार्यक्षेत्रमा हुँदा गाउँ गाउँ डुलेर धेरै गरिब, बिपन्न वर्ग र दिनदुखिको उपचार गरेका रहेछन् । माओवादी जनयुद्दका बेलापनि रगताम्मे भएर ढलेका, औषधी नपाएर छटपटिएका र गोजीमा पैसो नभएर डाक्टरको पहुँचसम्म पुग्नपनि नसक्नेको निशुल्क उपचार गरेका रहेछन् । र उनले त्यसैगरि हिँड्दा हिँड्दै आफ्नै शरिरको अवस्था राम्रोसित जाँच गराउनपनि सकेनछन् । भ्याएनछन् । र उनलाई एपेन्डिक्सको क्यान्सरले गाँज्यो । दिल्लीको राजिव गान्धी अस्पत्तालमा उपचार गराइरहेका बेला पत्रकार देबेन्द्र भट्टराईले फेला पारे । उनको अवस्था सर्वजनिक गरिदिए ।
उनको रोगको उपचारनै नहुने त होइन । अमेरिका वा अन्य त्यस्तै बिकसित मुलुक लगे हुन्छ । तर त्यत्रो रकम कसले ब्यहिरिदिन्छ ? चिकित्शकिय पेशामा हुँदापनि उनले शहर ताकेर, गाउँलाई पिठ्युँ फर्काएर पैसो कमाउनतिर लागेनन् । त्यसैले उनले धनको थुप्रो जम्मा गरेनन् । उनको महँगो देशमा गएर खर्च गर्न सक्ने हैशियत छैन । जमम पारेको केहि रकमपनि उनले दिलीमा उपचार गर्दागर्दै सक्कियो । त्यसैले अब उनी दिल्लीबाट म्रित्युको मुखैमा पुगेर नेपालतिर फर्किने सुरसारमा छन् ।
समस्या भोग्नेले त भोगिरहेकै छ । तर उनको दुखद क्षणले परिवारमा चिन्ता र पीडा थपिएको छ । उनका दुई छोरी र पत्नी छन् । तिनको भरनपोषण र पढाईकालागि के गर्ने ? उनै देबेन्द्र भट्टाराईको पहलमा अहिले उनकालागि आर्थिक सहयोगको अभियान चलेको छ । मनकारि, हितैषी र समाजिक काम गर्नेलाई प्रोत्साहित गर्ने, दुखमा परेका बेला अरुलाई सेवा गर्नेलाई केहि अप्ठेरो पर्दा हेर्नुपर्छ भन्ने मनकारिहरुले अहिले डा वाग्लेका परिवारलाई सहयोग दिन आफूले सकेको आर्थिक सहयोग गरिरहेका छन् ।
नेपालप्लसका तपाई प्रिय पाठकहरुसमक्ष मपनि बिन्ति गर्छु उहाँको लागि केहि आर्थिक सहयोग गरिदिनुस् । एकै जनाले धेरै दिनु पर्दैन । सकिँदैन । यो भनेको अभियान हो । सामाजिक सेवा गर्नेको कदरपनि हो । तपाईले अलिकति सहयोग गर्दापनि ‘ओहो समाज सेवामा लाग्नेको कदर हुने रहेछ’ भन्ने पर्छ । सामाजिक सेवा गर्नेको संकट परिरहेका बेला यस्ता मानिसको कर्मलाई आदर र सममान दिन सकेनौं भने भविष्यमा सामाजिक सेवा गर्नेको मन उत्साहित हुन सक्दैन ।
तपाईले दिएको सहयोग भनेको ‘तपाईका पीडामा, तपाईका परिवारको बेदना र समस्यामा मपनि सँगै छु । मपनि साथमा छु । मेरो मनपनि तपाईहरुको बेदनालाई मेरो मनलेपनि केहि साझेदारी गर्न चहन्छ’ भनेर सहभागिहुनुपनि हो ।
उहाँलाई यो खतामा तपाईले जति सक्नुहुन्छ त्यति रकम जम्मा गरिदिन सक्नुहुन्छ ।
खाता विवरण
राष्ट्रिय बाणिज्य बैंक, भोटाहिटी, काठमाडौं
बचत खाता— १३६००३००५११०
नाम : डा चित्रप्रसाद शर्मा वाग्ले र पुजा पराजुली
कुनै समस्या परे नेपालप्लसको यो ईमेल [email protected] मा लेखिदिनु भो भनेपनि म देबेन्द्र भट्टराईसित सम्पर्कमा रहेर उपाय निकाल्ने कोसिस गर्ने छु । तपाई मनकारि, सहयोगिहरु सबैलाई धेरै धेरै धन्यावाद
डा वाग्लेले आफ्ना छोरीहरुलाई लेखेको पत्र
”प्रिय छोरीहरु
धेरैधेरै माया तथा सम्झना । म बिरामीको बेडबाट यो पत्र लेख्दैछु।
हेर छोरीहरु, माया तौलेर गर्न सकिदो रहेनछ। तिमीहरुलाई म त्यति धेरै माया गर्छु। एउटै कुरा तिमीहरुलाई राम्रो गार्जेनसिप दिएर यो देशको शुशिल र सभ्य नागरिक बनाउने इच्छा यो मनमा थियो। अब तिमीहरु आफैंले पुरा गर्छौ होला भन्ने विश्वास लिएको छु। भविष्यमा डाक्टर, इन्जिनियर जे बने पनि तिमीहरु राम्रो मान्छे बन। मेरो इच्छा सुन्छौ भने तिमीहरु शिक्षक बनेर गाउँमा गैदिए हुन्थ्यो। म आज मेरो आफ्नो वा तिमीहरुकी आमाको भन्दा बढी तिमीहरुको भविष्यमा चिन्तित छु। जीवनका हरेक मोडमा सह्दयी बन्नु, सहयोगी बन्नु। दम्भ, घमण्ड, अहम्ले कहीं पुग्न सकिन्न। सकेसम्म गाउँमा बस्न सिक्यौ भने तिमीहरुले जीवनको अर्थ पनि सिक्नेछौं। यो मेरो अर्न्तइच्छा हो।…”
उनका बारेमा थप जान्न मन लागे यो लेख हेर्नुस्





