सोरोची नदीको तिरतिरै जापानको फुरानोतिर नेपाली चिकित्शक

डा.कृष्ण पौडेल / जापान

dr-krishna-paudel-japan

होक्काइदो जापानको उत्तरी भुखन्ड अथवा समुन्द्री दिप रहेछ । जापान र रूसको युद्द हुँदा यसको नाम कतै सुने जस्तो लग्थ्यो पहिले । यो ठाउँमा बर्षको २-३ महिना गृश्म ऋतु हुने रहेछ । ६ महिना भन्दा बढी समय त हिऊँले ढाकिने । यो गर्मी याममा केहि पानीपनि पर्ने रहेछ । हरियो वनजंगलले ढाकिने, फूलहरु फूल्ने भएकोले होक्काइदो यो पुरा तीन महिना हेर्न र घुम्न लायक हुँदो रहेछ ।  सिँगारिएकि बेहुली जस्ति । म त अझै चेरी फुल्ने याम सकिएर चेरी फल्ने याममा आएछु । नेपालमा गुच्चा भन्दा साना चेरिहरु देखेको मलाई यहाँ डाँठ सहित रङ-रङका चेरी खान पाउँदा रमाइलो लागेको छ । होक्काइदोको चेरी जापान भरिनै प्रसिद्द रहेछ । जापानी र बिदेशिहरुको पनि यस बेला होक्काइदो घुम्न भिड नै लाग्ने रहेछ किनकी जापानको दक्षिण भागहरु अहिले हाम्रोतिर जस्तै गर्मी छ ।

आज अगस्त ४ शनिबारको दिन कतै घुम्न जानैपर्ला भन्ने सोच त हुने नै भयो । होक्काइदो युनिभर्सिटी हस्पिटलमा काम गर्दै गरेका डा ससीम पौडेलले म बिबाइ आउँदा फुरानो भन्ने ठाउँको कुरा गरेका थिए । पुरानोसँग मिल्ने हुँदा मलाई फुरानो शब्द सम्झन गाह्रो भएन । मैले यही कुरा यहाँ डा हरुसँग गरे त्यो पनि पार्टीको बेला परेर । बचनका पक्का उनीहरु मलाई ११ बजे लिन आए । डा फुजिता, डा कुबियोशी र तोमोसँग हामी अब फुरानो घुम्न जाने भयौं मेर्सिडिज्-बेन्ज कार मा ।

यहाँ त मेर्सिडिज कार पनि सधारण डा ले किन्न सक्ने रहेछ्न । नेपालमा जस्तो उपेन्द्र देव्कोटा हुनपर्ने रहेनछ । म निकै मख्ख भएँ किनकी यो ठाउँ राजधानी सापोरो शाहरबाट २०० किमी टाढा रहेछ र म एक्लै जान गाह्रो थियो । त्यो पनि रेल समात्न फेरी सापोरोनै जानुपर्ने । मैले नेपालमा मात्रै पहाड होलान भन्ने सोच्थें पहिला पहिला । तर पहाड त धेरै ठाउँमा हुँदा रहेछन । नेपालको जत्रा ठुला ठुला नभै अलिक साना । पिनेस्वोरी भन्ने पहाड र अर्को चुरे जत्रो घना जंगल भएको पहाड्को बिचबाट हामी उत्तरतिर लाग्दै थियौं । गाडिको स्पीड १५०-१६० मा कुदेको देखेर म द्ङ्ग पर्थें ।

अब आयो सोरोची नदी । कस्तो सफा र सुन्दर देखिने । हाम्रो नेपालको खोला भन्दा फरक चाहिँ यो नदीको वरिपरी एकनासका घना रुखहरु । त्यहाँ कतै मान्छेले दखल गरेजस्तो नदेखिने । मान्छे हरुको संख्या पनि कम देखिने । यसरी ढिकमा भएको जंगलको बिचबाट सलल्ल बगेको सोरोचीको दृस्य निकै मनमोहक थियो । यो १०० कि.मी. को यात्रा भरी यसले हामीलाई साथ दिनेरहेछ ।

krishna-paudel-12

नालिबेली पर्दै, घरी बाटोलाई छोड्दै, घरी जोडिदै यसले हामीलाई पच्छाइरहयो । अन्य सानासाना शहर हुँदै हामी दगुर्दै गर्दा बिच भागतिर एउटा धेरै ठुलो सेतो मूर्ती देखियो । ससIनो पहाड जत्रै । नजिक पुगेर नियाल्दा त त्यो बुद्दको मूर्ती पो रहेछ । यो बिशाल मूर्ती देखेपछी मैले जापानिज साथीहरुलाई बुद्द नेपालमा जन्मेको भनेर सुनाएँ । सायद उनिहरुलाई थाहा पनि थिएन क्यारे । उसो त धेरै जापानिहरु धर्म प्रती खासै चासो नराख्ने रहेछन । धेरै चाहिँ बुद्दमार्गी र केहि क्रीस्चियनहरु जुन दोश्रो बिस्वयुद्द पछी मिशिनरी को रुपमा प्रबेश गरेको रहेछ । यो मूर्ती नजिक गएर खुशी मान्दै मैले फोटो खिचाएँ ।

राजमार्गको दायाँ बायाँ धानका खेतहरु, अनि आलु र फापरका गराहरु देखिन्थ्यो । कतै सूर्यमुखी र अन्य फूलहरुले सडकको यात्रा नै अनन्दादायी लाग्ने । सल्लाका रुखहरु बाहेक अरु रुखहरु त मैले चिनिन । तर रुख र फूलहरुले नै सडकका छेउहरु भरिएको थियो । जंगलकI बिचतिर प्लास्टिकले ढाकेका दृस्यहरु देखेर मैले टोमो लाई सोधें । ति सबै अङ्गुर र चेरिका फार्महरु भएको उसले बतIइ । बाटो कहिँकतै भत्किएको मैले देखिन । कुनै जनावर बाटोमा हिडेको पनि कतै देखा परेन ।

सोरोची नदीलाई बिच भागतिर बाँध बनाएको रहेछ । त्यसले केहि भाग ताल जस्तो बनाएको रहेछ लम्जुङ्को चिती जस्तै । यो सफा बिशाल ताल र त्यसको पारिपट्टिको एकछट्ट फैलिएको घना जंगलले एउटा मादकता प्रदान गरेझै आफुलाई मनमोहक बनाइराखेको थियो । गाडिबाट झरेर हामीले केहिबेर यसको अबलोकन गर्यौ । यो हेरेर सिद्दिने दृस्य नै थिएन । निलो पानी माथि डुङ्गा खेल्दै गरेको दृस्य पनि उस्तै लोभलाग्दो थियो ।

krishna-paudel-13

ओबिहिरो हुँदै आसाहिकावा जाँदै गर्दा बिचमा भेटिने फुरानो शहर यहाँको पुरानो शहर रहेछ । आसाहिकावा होक्काइदोको सापोरो पछिको ठुलो शहर रहेछ । फुरानो शहरको मुख्य विशेषता यहाँको तिमोतो भन्ने फार्म हाउस रहेछ जुन १९५८ देखीनै प्रसिद्द । लाभेन्डर जातका फूलहरुको लागि यो धेरै प्रसिद्द रहेछ । र यहाँको हरेक कुरामा लाभेन्डरको रङ ब्यक्त हुने रहेछ, जस्तै आईसक्रीम । फुरानो मेलोन भन्ने हाम्रो खर्बुजा जस्तो तर खैरो रङ्को फल रहेछ । मलाई भने चेरिका बोटहरु र यहाँबाट देखिने अति मनमोहक साना देखी ठुला आकारका पहाडहरुले बनाएको मादक प्राकृतिक सैन्दर्यले नै भुलायो ।

साथमा फूलहरुको गार्डन पनि राम्रो रहेछ जहाँ बिभिन्न रङ र थरिका फूलहरुको बगैचा । मिलाएर रोपे जस्तो सल्लोका बन र कतै पनि मिलाउन नछुटे जस्तो कान्ला-कान्लीले साधारण भएपनी यो फर्म हाउस राम्रो देखिएको थियो । गहुका पहेंला कान्लाहरु पनि देखापर्थ्यो । फुरानोको अर्को विशेष आकर्षण “अशाही डाके”। होक्काइदोको सबैभन्दा अग्लो पहाड । यसको उचाइ २२९१ मिटर रहेछ । हरियो तह तह परेर बनेका साना देखी अशाही डाकेसम्मका पहाड्हरुले नै यो ठाउँको सैन्दर्यलाई चम्काएको थियो । यसकोलागि धेरै जापानिहरु पनि गर्मी यामको छुट्टीमा यहाँ आउँदा रहेछन ।

फर्किदा फेरी त्यही सोरोची नदीको दृस्यलाई आँखाभरी छोपेर हामी बेलुका बिबाइ फर्कियौ जहाँ होक्काइदो स्पाइनल इन्जुरी सेन्टर थियो । पहाड र नदिनालाको देशको मान्छे भएर पनि मैले आज निक्कै रोमान्चित महशुस गरें । किनकी यहाँ प्रकृती माथि कसैले हमला गरेको थिएन । डाँडाकाँडा कतै खुइलिएका थिएनन । प्रकृती आफ्नै गतिमा र मान्छे आफ्नै गतिमा आ-आफ्नै तालले हिडिराखेको जस्तो जहाँ एकले अर्कोलाई छुन चाहँदैनन ।

(लेखक चितवनको भरतपुर अस्पत्तालका हाडजोर्नी, मेरुदण्ड रोग विशेषज्ञ हुन् । आफ्नो पेशागत कामले जापान पुगेका बेला उनले त्यहिँबाटै यो लेख नेपालप्लसलाई पठाएका हुन् ।)

 

 

 

 

तपाइँको प्रतिक्रिया