एशियाली महासंघको नेत्रित्व गर्ने जिम्मेवारी नेपाली महिलालाई

belgium

बेल्जियममा बसेर राम्रो काम गर्ने मानिसहरुपनि छन् । तर तिनका सत्कर्मका खबर प्राय ओझेलमा पर्छन् । फोटो खिचाउन र भाषण ठोक्नै उफ्रिनेहरु धेरै सक्रिय देखिएपछि खुरुखुरु समाजसेवा गर्ने र देशकालागि गतिलो काम गर्नेहरुका खबरको चर्चा सुनिन्न । मारामार, हानाहान र डाङ्डुङ धेरै हुन थालेपछि कहाँबाट लुकेका अशल कामको चर्चा होस् ? यस्तै खबर हो, बेल्जियमका केहि नेपालीले समग्र एशियालीहरुकै नेत्रित्व गरेको प्रसंग । बेल्जियममा बेल्जियम एशिया फोरम महासंघ गठन भएको छ । त्यस फोरमको नेत्रित्वनै नेपालीले गरेर आफ्नो क्षमता देखाइदिएका छन् । एशियामा भौगोलिक रुपलेपनि फुच्चे मुलुक नेपाल । यहि फुच्चे मुलुकका नेपलीले समग्र एशियालीलाईलाई नेत्रित्व गर्नु !!

यस महासंघ स्थापना गर्न सक्रिय भूमिका निर्वाह गर्ने हुन् लिला शर्मा मानन्धर। उनले यस सस्थाको उद्देश्य र भाबी कार्यक्रमका बारेमा प्रकाश पार्दै भनिन् ‘बिदेशमा बसाईको क्रममा हामी केवल आफु आफुमा मात्र सिमित रहनुहुन्न।  बृहत हित हुने किसिमको सोच राख्नु आजको समयको माग हो ।’

गत हप्ता बेल्जियमको अन्त्वेर्पन शहरमा बेल्जियममा बसोबास गर्ने एसियालिहरुको साझा संगठन बेल्जियम एशिया फोरम गठन हुँदा उदघाटन प्रमुख थुए, यास्मिन केरबाच । उनी बेल्जियमको प्रधानमन्त्रीका क्याबिनेट सेफ तथा अन्त्वेर्पेनका सोसलिस्ट पार्टीका अध्यक्ष हुन् । त्यस्तै सिडिभी पार्टीका सभासद नहिमा लंजरीपनि उपस्थित थिए। संस्थाको उद्घाटननै यि दुई अतिथीले गरेका हुन् । दुबैले यस संस्थाकालागि भविष्यमा सक्दो सहयोग गर्ने बचनपनि दिए ।

हामी आफ्नो समाजमा मात्र सिमित हुदा हामीले हाम्रो पहिचान दिन नसक्ने र त्यसमा पनि हाम्रो एकदमै कम जनसंख्या रहेकोले हाम्रो पहिचानका लागि सम्पूर्ण एसियाली मुलुक एक हुन जरुरी देखिन्छ तब मात्र हामी यस देशका विभिन्न तह र तप्कामा सामबेश हुन् सक्छौ र जसले गर्दा हाम्रो चिनारी पनि प्रबल हुने उहाले बताउनु भयो l

belgium-2

यसरी हामीले हाम्रो समाजलाई अगाडी बढाएको खण्डमा भाबी आउने नया पुस्तालाई चिनारीका साथै अन्य कुरामा सरल हुने  पनि वहाले बताउनु भयो l जुनसुकै योजना तर्जुमा गर्दा दिर्घकालिन प्रतिफलको सोच राख्नु आवस्यक भएकोले यसरी अगाडी बढेको जानकारी दिनु भयो l यस कदमले पक्कै पनि  सकारात्मक मोड लिने कुरामा उहा बिस्वस्त हुनुहुन्छ l

लिला मानन्धरका तर्कसित सहमत हुनै पर्छ । किनकि हामी आफ्नो समाजमा मात्र सिमित हुँदा हामीले हाम्रो पहिचान दिन सक्दैनौं। त्यसमा पनि नेपालीको जनसंख्या सानो छ । त्यहाँको प्रशासनमा प्रबहव अपर्न, आफ्ना समस्या छिटो बोध गराएर सेवा र सुबिध लिन र हाम्रो पहिचानका लागि सम्पूर्ण एसियाली मुलुक एक हुनु जरुरी छ। त्यसो गर्न सके मात्र हामी यस देशका विभिन्न तह र तप्कामा सामबेश हुन् सक्छौं जसले गर्दा हाम्रो चिनारी पनि प्रबल हुने अवशर रहन्छ ।

यसरी त्यहाँका नेपालीले हाम्रो समाजलाई अगाडी बढाएको खण्डमा भाबी पुस्तालाई चिनारीका साथै अन्य कुरामा सरल हुन्छ यो । जुनसुकै योजना तर्जुमा गर्दा दिर्घकालिन प्रतिफलको सोच राख्नु आवस्यक छ । त्यसैले सबै एशियाली एक भएर साझा रुपमा अगाडि बढ्ने हो भने सबैका समस्या हल गर्न सहज हुन्छ । एशियाली मुलुकका दश राष्ट्र अहिले आबद्द भएका छन् । तिनलाई एक ठाउँमा ल्याउन, एशियालीहरुको साझा संगठनको बोध गराउन लिला मानन्धरलाई निकै समय खर्चिनुपरेको थियो । अब भविष्यमा अन्य मुलुकलाईपनि सहभागि गराउने योजना रहेको मानन्धरले सुनाईन् । बेल्जियममा रहेर बिशुद्द रुपमा सामाजिक सेवा गर्दै आएका संघ संस्थासित सहकार्य गर्ने उद्देश्य रहेकोपनि मानन्धरले बताईन् ।

बिभिन्न एशियाली मुलुकहरुबाट आएर बेल्जियममा बसोबास गर्नेहरुको एकता, आपसी सहयोग, उनिहरुको हकहितको संरक्षण र पहिचानको साथै  एशियाली सांस्क्रितिक केन्द्र र एशियाली सूचना केन्द्र स्थापना गर्ने योजना पनि छ ।  त्यसबाहेक सामुहिक चाडपर्वहरु मनाउने,  सांस्कृतिक आदान प्रदानका साथै राज्यका संयन्त्रहरुमा एसियलिमुलका नागरिकहरुको प्रतिनिधित्व लागि पनि पहल गर्ने योजना रहेकोछ ।

हाल यस सस्थाको कार्य समितिमा लिला शर्मा मानन्धर –अध्यक्ष  (नेपाल ) ,  दि कोङ्ग बिंग –उपाध्यक्ष्य ( इन्डोनेसिया ) ,  रेजा गुलाम – महासचिब  (बंगलादेश) – डा. अल्ता ल्कग्वा – कोषाध्यक्ष्य ( मंगोलिया)  रहनु भएको छ ।  साथै अन्य राष्ट्रहरुका सदस्यहरुलाई बिभिन्न बिभागहरुको जिम्मेबारी दिइएको छ ।

कार्यक्रममा   मेडिकल विश्वबिध्यालय का प्राध्यापकहरु, फिल्म प्रोडक्सन प्रबन्धक,  अफ्रिकन महिला संघका प्रतिनिधिहरु, ए आ  एफ संस्थाका प्रतिनिधि, बिभिन्न सामाजिक सघसस्था र क्षेत्रका बुद्धिजिबी वर्गको ठुलो उपस्थिती रहेको थियो  ।  कार्यक्रमको अन्त्यमा आ-आफ्नो देशको कला  संस्कृति झल्कने झाँकी, बिभिन्न हस्तकला समानहरुको प्रदर्शसन र साँस्क्रितिक कार्यक्रमको आयोजना गरिएको थियो ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया