छोरा छोरीलाई जिताउन पत्रकारलाइ भोटको चटारो
● सन्तोष न्यौपाने / बेल्जियम
केहि दिन पहिले कतारमा रहेका पत्रकार मित्र कुमार कार्किले आफ्नी छोरी कौशिन कार्किको भोट गर्नको लागि सामाजिक संजाल फेसबुकमा सन्देश प्रेषित गरे । उनको भित्तामा छोरीलाई जिताउनको लागि भोटको आग्रह गरेर लिकं र सन्देश छाडे । त्यसको लगत्तै अर्जुन कुमार खतिवडा जो मोरगंबाट पत्रकारितामा आवद्ध छिन उनले पनि कार्किले झै गरेरनै छोरीको लागि भोट मागे र आफनो भित्ता कार्किले झै गरेर नै संझाए । हेनुहोस तस्विर ।
कुमार र अर्जुन मात्र होइन कान्तिपुरकि बुटवल ब्युरो प्रमुख अमृता अनमोलले पनि आफ्नो छोरा अदिप्सन ज्ञवालीको फोटो बेबि फोटो कन्टेस्टमा सहभागि गराएर एक भोटको लागि आग्रह गरेकि छिन । उता कतारमा रहेका कान्तिपुरका पत्रकार होम कार्कि पनि आफ्नी छोरीलाई प्रतिस्प्रधामा उतारेका छन । र प्रत्येककको म्यासेज बक्समा गएर लिंक प्रेषित गरेर भोट माग्नु यिनिहरुको काम जस्तै भएको छ । यि त राण्ट्रका चौथो अगं मानिने पात्रका उदारहण मात्र हुन । तपाइहरुलाई आफनो बच्चाको फोटोलाई सम्बन्धित लिंकमा गई लाइक गरेर जिताउनकोलागि सामाजिक संजाल फेसबुक तथा टविटरमा धेरै यस्ता अनुरोध आउन सक्छन । दिक्क पनि बनाएका हुनसक्छन ।
तर नझुक्किनुहोस है त । यो बेबि फोटो कन्टेस्ट केवल बेलायतको लागि मात्रै हो । अर्थात यसमा विजयि हुने जुन सुकै बच्चाहरु जो युकेमा छन उनिहरुमात्र पुरस्कारको भागिदार हुन पाउँछन् । अर्थात उनिहरुलाई मात्र पुरस्कार सम्बन्धित संस्थाले प्रेषित गर्न सक्छ ।
के हो बेबि कन्टेस्ट ?
न्यासन अर्थात राण्ट्रिय बेबि फोटो कन्टेस्ट बेलायतबाट संचालित अनलाइन प्रतियोगिता रहेको छ । यो वेव साइट http://www.babyphotocontest.co.uk/ को सुरुमै भनिएको छ – यो राण्ट्रिय अर्थात यु केमा मात्रै हुने बच्चाहरुको फोटो प्रतियोगिता रहेको छ । जसमा १३ वर्ष भन्दा कम उमेर समुहका आफना बच्चाहरुको फोटो उत्त साइटमा अपलोड गनुपर्ने हुन्छ । र जसको फोटोमा सबैभन्दा धेरै लाइक आउँछ उक्त बच्चा नै विजयी घोषित हुन्छ । र विजयी बालबालिकाहरुलाई उनिहरुको ठेगानामा आकर्षक पुरस्कार पठाइनेछ ।
तर यो केवल बेलायतको लागि मात्र सिमित रहनेछ । यसको मलतव जुनसुकै देशबाट बच्चाहरुको फोटो अपलोड गरेर विजयी भएतापनि त्यसले कुनै अर्थनै राख्दैन । यो सबै कुरा साइटको गोप्य नितिमा नै भनिएको छ । यो साइट केवल बेलायतको लागि हो र बेलायत ठेगाना भएका विजयी बच्चाहरुलाई मात्र पुरस्कार प्रेषित गरिनेछ ।
किन मागिदैछ भोट ?
हामी नेपालीहरुको एउटा बानि निकै प्रचलित छ , अरुले जे गरयो त्यसको देखासिकि गर्ने । हो यहि भएकै कारण धेरै जना आफ्ना बच्चाको फोटो अपलोड गरेर विजयी बनाउन चाहन्छन । यो भनेको ति अभिभावकहरुले सस्तो लोकप्रियता कमाउन खोजेको प्रस्ट हुन्छ । अझ त्यसमा अरु ब्यत्तिको तुलनामा यसरि संचारकर्मीहरुले ध्यान नदिएर लाग्नुले खिन्नता थपेको छ ।
विश्वभर अहिले फेसबुकको प्रयोग बढदो रहेको छ । यस सँगसँगै नेपालममा पनि यसको मात्रा उत्तिकैनै रहेको छ । धेरैले यो प्रतियोगितामा फोटो अपलोड गर्ने र भोट माग्ने गरेको देखिएको छ । तर संगै रहेको नियमहरु नपढि आफनो सहमति जनाएको कारण पनि यो अवस्था आइपरेको हो । खै त यसतर्फ ठुला ठुला मेडियामका पत्रकारहरुले ध्यान दिएको ? तसर्थ जो कोहिले बेलायत बाहिरबाट यो प्रतिस्प्रधामा भाग लिन खोज्दछ भने पनि सबै नियम पढेर मात्र गर्दा राम्रो हुनेछ । नत्र नेपालीहरुको सस्तो लोकप्रियतामा नाक अझै उचो हुन बेर छैन । यसै बारेमा केहि दिन अघि विजेता छोरिकि आमा भएकि एक पत्रकारले यस बारेमा बुझ्न खोज्दा यो पत्तिंकार संगनै झगडा गर्न खोजिन । जुन तस्विरमा हेर्न सक्नुहुनेछ ।
केहि शंकास्पद ?
नेपाल बाटनै यो प्रतिस्प्रधामा भाग लिएर विजयी बनेकाहरुका अनुसार पुरस्कार एक महिना भित्र पठाइदिने संचालकले इमेलबाट जानकारि दिने गरेको छ । तर त्यसको लागि सबै विवरण विजेताले दिनुपर्ने हुन्छ । कतिले दिए भने कतिले नदिएको उनिहरुलेनै बताए । तर पनि पुरस्कार पाउछु भन्नेमा उनिहरु त्यति विशवस्त भने देखिएनन ।
अर्को तर्फ यो साइटको इन्टरनेटमा गएर डाटा हेर्दा आइ पि ठेगाना डलास यु एसको देखाएको छ । छ महिना १६ दिन अगाडि साइट सुरु गरेको देखाएको छ । तर पनि प्राइभेसि पोलिसि मा नै सिमित राखेको यो साइटले फोटो तथा बच्चाको विवरण माग्दा अरु कुनै विवरणनै माग्दैन । यो पनि संकास्पद नै रहेको छ । नियम अनुसार साइटले बेलायत भन्दा बाहिरका प्रयोगकर्तालाई प्रतियोगितामा भाग लिनको लागि बन्देज गर्नुपर्नेहो तर गर्न सकेको देखिदैन । यसको मतलव ब्यापारिक प्रयोजनको लागि पनि साइट खोलिएको आडकल चाहि काटन सकिन्छ ।
के भन्छन संचालक ?
न्यायसन बेबि कन्टेस्टका संचालकलाई ३, ४ पटक इमेल गर्दा पनि जवाफ चाहि फर्काउन सकिरहेका छैनन । एसले गर्दा पनि यो प्रतियोगिता वैधानिकनै हो भनेर भन्न चाहि सकिदैन । यदि वैधानिकनै हो भने पनि जवाफ नदिनुले पनि थप शंका थपेको छ । तसर्थ पत्रकारहरुको तुलनामा जो सुकै नेपालीहरु पनि सजक रहनु जरुरि देखिन्छ । हयाकर हरुको विगविगि बढिरहेको बेलामा कतै यहि फन्दामा जान्ने बुझनेहरु नफसुन । चेतना भया ।








