अन्तर्राष्ट्रिय अदालत अगाडि देखाए नेपालीले आफ्नै पारा
● सन्तोष न्यौपाने / (हेग, नेदरल्याण्ड पुगेर फर्किएपछि)
अन्तर्राष्ट्रिय न्यायलयमा केहि दिन अगाडि बुद्धको मूर्ती प्रतिस्थापन गरिएको छ । यो सबैको लागि खुशिको कुरा बन्यो । नेपाली संचार माध्यममा यो समाचारले निकै महत्वका साथ स्थान पायो । तर विदेशबाट प्रकाशित समाचारहरुमा भने त्यति स्थान ओगटेको झै लागेन । यो आफैमा दुखको कुरा । बुद्धको प्रतिमा स्थापनामा लागिपरेका संस्थाहरु लुम्बिनि कपिलवस्तु दिवस अभियान र एन आर एन को विषेश भूमिका रहेको छ । जसमा नेपाल सरकारले महत्व दिएकै कारण आज यो सफलता हात परेको छ ।
अर्कोतर्फ सफलता संगै त्यहाँ एन आर एन तथा उपस्थित नेपालीहरुकै बानि व्यवहारका कारण कार्यक्रम केहि मात्रामा खल्लो र निकै लज्जास्पद बनेको छ । बर्मा गए कर्म सगैं नेपाली गए कपाल संगै भन्ने उखानलाई चरितार्थ गरे नेपालीले त्यहाँ । कार्यक्रम सुरुमा १० जना मात्र मुख्य थलो प्रतिमा अनावरण गर्ने ठाउँमा जाने ब्यस्था गरिएको रहेछ । पछि बेल्जियम दुतावासले जानकि गुरुगं सहित दुईजना थपेर १२ जना बनाए । दुतावासको तर्फबाट ३ जना । लुम्बिनि कपिलवस्तु दिवस अभियानको तर्फबाट एक जना । अरु एनआर एनको तर्फबाट । भाग्यवस उपस्थित नेपालीहरु मुख्य थलोमानै जान पाए । तर उपस्थित नेपालीहरुले नै आफनो ब्यवहार काम बाट छर्लङ्ग पारे ।
भित्र प्रवेश गर्न पाए पछि उपस्थित सबै क्रमबद्ध तरिकाले छिरे जहाँ खुटटो टेक्ने ठाउँको समेत अभाव हुन पुग्यो । सबैले मुख्य स्थलनै घेराउ गरे । त्यहाँका बिदेशी न्यायधिसहरु छीर्ने बाटो नै बन्द गरेर भिडभाड भयो । जबकि त्यहाँका कर्मचारिहरुले बाटो छाडन भनेर अनुरोध गरिरहेका थिए । दुतावासका कर्मचारि पनि उपस्थित जमातलाई शिष्ठतापूर्वक हप्काउँदै थिए । तर धेरैले आफ्नो अनुशासन र शिष्ठतालाई भुले । जुन नेपालीको परिचय जस्तो बनिदियो ।
ब्यवस्थापनमा खिचलो
प्रतिमा अनावरणको क्रममा धेरै नेपालीहरु समावेश हुन पाउनु आफैमा खुशिको कुरा थियो । अरु दिनमा ५ युरो टिकट काटेर न्यायालय परिसर घुम्न पाउने ब्यवस्था रहेछ । साप्ताहिक रुपमा सोमबार न्यायालय बन्द हुने र यहि मौका छोपेर प्रतिमा स्थापना गर्ने कार्यक्रम न्यायलयले नेपाल सरकारलाई दिएको रहेछ । कडा सुरक्षा ब्यवस्था रहेको परिसरमा सोमबार पनि अनुमति लिएका भन्दा अरुलाई प्रवेश नदिने रहेछ । तर यहाँको सूरक्षागार्डमा नेपालीहरुले नै काम गर्ने तथा नेपालीहरुको कार्यक्रम भएकोले सबै उपस्थितलाई न्यायालय परिसर भित्र छिर्न दिइएको थियो । उता मुख्य स्थानमा चाहिँ अनुमति लिएकाहरुमात्रै जान पाउने भन्ने रहेछ । पछि सबै जनालाई प्रवेश दिइयो । त्यहाँ कसैलाईअवरोध भएन ।
गौतम बुद्ध राखिएको स्थान अर्थात पिस प्यालेसको तेस्रो तल्लाको ठाउँ केहि साँघुरो थियो । तर मिलेर क्रमबद्ध तरिकाले उभिएमा अटाउन मिल्ने । सुरुमा सहभागि कम थिए । फोटो पत्रकारहरुलाई आयोजकलेनै स्थान दिए । झ्यालको पर्दा बन्द गरिदिए । स्थान केहि राखेर खिच्न भने । अरुलाई चाहिँ भिड नगर्न र पछि तस्विर लिन लागि आग्रह गरे । नेपालीहरु त हुन जहाँ गएपनि उहि पारा । सबैले क्यामेरा आइफोन जे छ त्यहि निकालेर सुरु गरे फोटो खिच्न । अघिल्लो पंक्तिमा सबै एन आर एनका विशिण्ठ पदाधिकारिहरु थिए भने पछि पछि अरु । तर फोटो खिच्ने अब्यवस्थित रुपमा नै उनिहरु देखा परे । शुरुमा एन आर एन अध्यक्ष जिवा लामिछानेले आफनो आइ प्याड निकालेर फोटो खिच्न आफ्ना सहकर्मीलाई दिए र राजदुतसंग गएर उभिए ।
कार्यक्रम स्थल यति नाजुक बन्दै गयो कि अगाडि भएका मान्छे पछाडि जानको लागि ठेलमठेल गर्नुपर्थ्यो । न्यायधिसहरुनै आफु बचेर हिँड्नुपर्ने अवस्था थियो । प्रतिमा स्थापना गर्ने स्थलसम्म आइपुग्न दुतावासका कर्मचारि भिडलाई पन्छाउँदै हैरान थिए । बुद्द प्रतिमा स्थापना संगै केहि बेरमा न्यायलयको तर्फबाट ससम्मान जुस वाइन वितरण गरेका थिए । त्यो उपस्थित सबैलाई थियो । तर त्यसको भेउ कसैले पाएन किनकि ब्यवस्थापन एकदमै किचलो बनाएका थिए उपस्थितहरुले । यसैक्रममा तिनै पेय ल्याएका सिसाका वाईन गिलास धेरैनै दूर्घटनामा पारियो । सबैले कुच्दै हिँडे । अगाडिको पंक्तिमा पनि गिलास फुटे जहाँ एन आर एनका ब्यक्ति र राजदूत राममणी पोखरेल उभिएका थिए । अनि अर्को पंक्तिमापनि गिलास झ्र्यामका झ्र्याम बने जहाँ अन्य उपस्थितहरुको भिड थियो । यो नै नेपालीहरुको वास्तविक परिचय बन्यो । र दुखद पक्षपनि ।
किन भयो पक्षपात ?
मूर्ती प्रतिस्थापन कार्यसम्म आइपुग्दा जति योगदान एन आर एनको छ त्यतिनै केहि वर्ष अगाडि सुरु भएको विश्वब्यापि अभियान लुम्बिनी कपिलवस्तु दिवस अभियानको रहेको छ । तर कार्यक्रममा उक्त अभियानको बारेमा न त एन आर एनका पधाधिकारिहरुले बोले न त राजदुतले नै । दुखद पक्ष यहि रहयो । एन आर एनले आर्थिक सहयोग गरेर मुर्ति न्यायालयसम्म ल्याईपुर्यायो । नेपाल सरकारलाई प्रतिस्थापन गर्नुपर्छ भनेर जोड दियो । एनआर एनले भन्दा पहिला उत्त अभियानले अन्तराण्ट्रिय न्यायलयमा बुद्धको मुर्ति राखिनुपर्छ भनेर प्रतिवेदन बुझाएको थियो । उत्त कार्यक्रममा यो कार्यलाई आझेलमा पार्ने काम भयो । लुम्बिनी कपिलवस्तु दिवस अभियानको अन्तराण्ट्रिय कार्यशाला गोण्ठि १ डिसेम्बर २०११ मा काठमाडौमा भएको थियो । उक्त गोण्ठिले नेपाल सरकारलाई हेगमा बुद्धको मूर्ती प्रतिस्थापन गनुपर्छ जसले गर्दा विश्वभर यसको बुद्धको जन्मस्थलबारे उजागर गर्ने काम हुन्छ भनेर कार्यन्यवयनको लागि नेपाल सरकार र वृहत लुम्बिनि राण्ट्रिय निर्देशक समितिलाई प्रतिवेदन बुझाएको थियो । त्यसैले गर्दा एउटा सकारात्मक सफलता हाँसिल भएको छ । यसका साथै एन आर एनले पनि आफ्नो ठाउँबाट गर्नुपर्ने केहि काम गरेतापनि सबैलाई समेटन नसक्नु पक्षपात गरेजस्तै भएको छ ।
त्यतिमात्रै होइन कार्यक्रममा नेपाल सरकारको तर्फबाट राजदुत राममणि पोख्रेल मात्रै बोल्ने भनिए पनि त्यहाँ उनका अलावा एन आर एनका अध्यक्ष जिवा लामिछाने लगायतले बोले । जुन कार्यक्रम पूर्व तयारि भन्दा बाहिरको रहयो । यसतर्फ उनिहरुले कुनै वास्ता नै गरेनन । बोल्नु र नबोल्नु ठूलो कुरो होइन, थिति र संस्कारको हो । बिदेशीले यसैलाई बढि ध्यान दिन्छन् । र त्यो त सामान्य थलो थिएन, अन्तर्राष्ट्रिय केन्द्र थियो । त्यहाँ उपस्थित न्यायामूर्तीपनि त्यहि कोटीका थिए । अर्को तर्फ राजदुतले मन्तब्य राख्दा सानो कागजको पानो कोटको खल्तिबाट झिके । बोल्दाबोल्दै बिच बिचमा केहि शब्दमा अड्के जस्तो गर्नुले पनि नेपाली माझनै खल्लो जस्तो भएको थियो । यस्ता पक्षमा नेपालका कूटनितिज्ञहरुले ध्यान दिनु जरुरि देखिन्छ ।
फोटो खिच्नकै चटारो
प्रतिमा स्थापना पछि बल्ल १२ जनाको उपयोग देखियो । अरु सबै आआफ्नो बाटो लागे । १२ जनालाई त्यहाँका कर्मचारिले न्यायालय परिसरको बारेमा जानकारि दिए । भवनहरु घुमाए । त्यहाँ सबै एन आर एनका पदाधिकारिहरुनै थिए । घुम्दै हेर्दै जाँदा मुख्य स्थल जहाँ न्यायधिसहरु बसेर न्याय दिने गर्दछन अर्थात मुख्य न्यायालय स्थलमा सँगै देखाउदै हिँडेका न्यायधिस पुगे । जहाँ विभिन्न देशहरुले दिएका उपहार सुसज्जित थिए । तर कर्मचारिले त्यो भवनको बारेमा बताउन नभ्याउँदै सबै फोटो खिच्न हतारिए । जसमा पहिलो स्थानमा अध्यक्ष लामिछाने लगायत अरु देखिए । जसले गर्दा जान्ने बुझ्ने, धैर्य बन्ने भन्दापनि सबैमा फोटो मोह देखियो । र कर्मचारिले मुख्य स्थलको बारेृमा फोटो खिचेपछि सार्वजनिक रुपमा प्रयोग गर्न नपाउने तर ब्यत्तिगत रुपमा राख्न भनेर सचेतपनि गराए । अरुपनि बिस्त्रितमा बताइदिए । सोहि क्रममा दुतावासका कर्मचारीहरु एन आर एनका पदाधिकारिहरुको फोटो मोह देखेर मुसुमुसु हाँसिरहेका थिए । यो पंक्तिकारस्वयंले १२ जनाको आई फोनबाट फोटो खिचिदिने काम गरयो । त्यसै गरेर अर्को स्थान जहाँमहात्मा गान्धि र नेल्सन मण्डेलाको मूर्ती राखिएको थियो त्यहाँपनि कर्मचारीले केहि बताउननै नपाउदै लामिछाने सहितको टोलि फोटोकै लागि पुगे । यसले गर्दा कार्यक्रम भन्दापनि फोटोको मोह बढि भएजस्तो देखियो ।
आखिरमा कार्यक्रम सम्पन्न गर्नुभन्दा पनि सबैलाई फेोटोमोह रहेछ झै लाग्यो । महत्वपुर्ण स्थानमा पुगेपछि ब्यत्तिबाट देशको हैसियत थाहा हुन्छ । र विदेशिहरुले सोहि रुपले हेर्ने गर्दछन । विदेशमा देश र संस्थाको प्रतिनिधी ब्यक्तिले गल्ति गर्दा देशको नाममा बेइज्जत जस्तै हुन्छ । नेपालीहरुको ब्यवहार र फोटो मोहले पक्का पनि न्यायलयका न्यायधिस तथा कर्मचारिमा गौतम बुद्ध जन्मेको देश नेपालका जनता नेपालीहरुप्रति हेर्ने दृण्टिकोणमा परिवर्तन भएको हुनुपर्दछ ।








