युरोपमा भब्य कार्यक्रम लिएर उत्रियो कलाकार मञ्च

IAFEUनिकै समय सम्म चालचुल केहि थिएन । युरोपका कलाकारहरु मिलेर ताइँझाइँका साथ गठन गरे,  अन्तराष्ट्रिय कलाकार मंच यूरोप । केहि काम पनि गरे । अनि नेपाली संस्था न हुन्, बिचैमा चिरा परे । दुई फ्याक भए । एउटा तामझामले उत्रियो, अर्को शुन्य जस्तो । लौ झन पुरानो चाहिँ सधैंलाई गुप्तावास हुने भो कि भन्ने लागेको थियो । धेरैलाई त्यो परेको हुँदो हो, सुस्तता देखेर । तर होइन रहेछ । अहिले अन्तराष्ट्रिय कलाकार मंच यूरोपले एक्कासि नयाँ कार्यक्रम लिएर उत्रेको छ । वार्षिक कार्यक्रम घोषणा गरेछन् मञ्चका कार्यकारीका सदस्यहरु बसेर ।

उनीहरुले अप्रिल २०१४ का दिन भब्य कार्यक्रम गर्ने घोषणा गरेका छन् ।  यो घोषणा अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाका अध्यक्ष उज्ज्वल केसीले नेपालप्लसलाइ जानकारि दिँदै गरेका हुन् ।

कार्यक्रम कसरि छलफल पार्छन् कुन्नी ! यो सफल पार्ने हो भने ज्यादै आकर्षक कार्यक्रम घोषणा गरेका छन् । सन् २०१४ को मार्च २९ र ३० तारिखका दिन नेपालका चलचित्रकर्मीहरुको बिशिष्ठ संघ संस्था सम्मिलित, विशिष्ट चलचित्रकर्मीहरुको जूरीबाट छनौट भै आएका बिशेष नेपाली चलचित्र मोहत्सव जर्मनीमा गर्ने छन् ।

त्यहाँ समाविष्ट चलचित्र मध्येबाट थप यूरोपियन फिल्मकर्मीहरुको जूरी र अन्य बिबिध प्रक्रिया पुरा गरि नितान्त निष्पक्ष, चलचित्रकर्मी सबैलाई गर्व हुने गरि २३ चैत्र २०७० अर्थात ६ अप्रिल २०१४ मा यूरोपको राजधानी बेल्जियममा अर्को कार्यक्रम गर्ने छ । त्यस कार्यक्रममा हजारौ देशी बिदेशी दर्शकहरुको संलग्नता गराउने घोषणा गरेका छन् । यो कार्यक्रममा अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाको वार्षिक कार्यक्रम गर्ने र मल्टीकल्चरल सोलो सिंगिङ कम्पिटिशन २०१४ गराउने छन् । अर्थात् बिभिन्न संस्क्रिति बोकेकाहरुको न्रित्य र गायन प्रतिस्पर्धा गराउने । त्यसमा विशिष्ट नेपाली चलचित्र अवार्ड घोषणा तथा हस्तान्तरण गर्ने छन् ।

SONY DSC

यत्रो भब्य कार्यक्रम भएपछि सिडी र भिडियोपनि बिक्रि हाल्छ । दाम त निकै उठ्ला यस्तो कार्यक्रममा । त्यो पैसो गर्छन् के ? उनीहरुले ब्यक्तिगत प्रयोजनकालागि खर्च गर्ने छैनन । त्यसबाट उठेको रकम अन्तराष्ट्रिय मंच कलाकार कल्याण अक्षय कोषमा जम्मा गर्नेछन् । त्यो रकम बैंक दाखिला गरेपछि ब्याज आइहाल्छ । हो त्यो ब्याजबाट उठ्ने रकम चाहिँ कला साहित्य र कलाकारको हितमा लगानी गर्ने घोषणा गरेका छन् । यो कार्यक्रम बारे बेला बेला जानकारि लिईराख्न मन लागे मञ्चको यो वेभ साईट www.iafeu.com मा पाइन्छ ।

 

 

तपाइँको प्रतिक्रिया